×

NMB BANK
NIC ASIA

राष्ट्रिय गौरवका आयोजना पुनः सञ्चालन गर्ने वातावरण बनाइयोस्– समिति

बैशाख १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई पुनः सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले विकासका आयोजना अघि बढाउने सन्दर्भमा त्यहाँ खटिने मजदूरको स्वास्थ्यलाई हेक्का राखी आवश्यकताअनुसार क्वारेन्टाइनको समेत व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । 

Muktinath Bank

     त्यस्ता आयोजना अघि बढाउन आवश्यक निर्माण सामग्रीको सहज उपलब्ध हुने व्यवस्थाको सुनिश्चित गर्न पनि समितिले ध्यानाकर्षण गराएको छ । कोरोनाको जोखिम नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित भइरहेको अवस्थामा संसदीय समितिले उक्त निर्देश जारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    लामो समयको लकडाउनले दैनिक काम गरेर परिवार धान्न श्रमिकको अवस्था अप्ठेरोमा परेकाले उनीहरुको नियमित रोजगार र रोजीरोटीका लागि विकासका ठूला आयोजना सञ्चालनको विकल्प नरहेको समितिको ठहर छ । मुलुकका रणनीतिक सडक अघि बढाउने सन्दर्भमा कसको जिम्मेवारीभित्र पर्ने हो भन्नेमा द्वीविधा देखिएकाले तीनै तहका सरकारबीच समन्वय गर्न तथा भैपरी आउने व्यवस्थाले श्रमिकलाई अप्ठेरो पर्ने भएकाले दीर्घकालीन सोच अघि सार्न पनि समितिले सुझाव दिएको छ ।
 
रोजगारी गुमेर विदेशबाट फर्कने श्रमिकलाई कृषिमार्फत आर्थिक उत्पादनमा लगाउन उपयुक्त वातावरण बनाउन सुझाव दिँदै समितिले मुलुकको दिगो विकासका लागि पूर्वाधार र उत्पादनलाई जोडेर अघि आवश्यक रहेको समितिको निष्कर्ष रहेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यस्ता कार्यक्रमबाट राज्यलाई आर्थिक सङ्कट हुनबाट जोगाउँछ ।’’ लकडाउनका बारे पनि आधिकारिक सूचना प्रवाह हुन नसक्दा आमनागरिक अन्योलमा परेको अवस्था अन्त्य गर्न पनि समितिले सरकारलाई सल्लाह दिएको छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x