२.२७ प्रतिशतमै खुम्चियो नेपालको आर्थिक वृद्धिदर

कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असर र धान उत्पादनमा आएको कमीका कारण चालू आर्थिक २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमै खुम्चिने देखिएको छ। 

केन्द्रीय तथांक विभागले बुधबार राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन जारी गरेर कारोना महामारीको प्रभाव कहिलेसम्म हुने भन्ने यकिन गर्न नसकिएको अवस्थामा यो प्रक्षेपण गरेको हो। 
जबकि, सरकारले चालु आवमा ८.५ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो। 


Advertisement

विभागले होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र कहिले सुचारु हुन्छन् भनेर अनुमान गर्न नसकेको जनाएको छ। तर, अन्य क्षेत्र भने जेठबाट क्रमशः सञ्‍चालन हुने अनुमानसहित यो प्रक्षेपण गरिएको जनाएको छ।
विश्व बैंकले वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ को हाराहारीमा हुने अनुमान यसअघि गरिसकेको थियो।

चालु आवमा खानी तथा उत्खनन्, उद्योग, निर्माण, होटल तथा रेस्टुरेन्ट र यातायात क्षेत्रको वृद्धिदर ऋणात्मक(अघिल्लो आवभन्दा कम)  हुने विभागले आकलन गरेको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्