×

NMB BANK
NIC ASIA

व्यवसायिक कृषिमा लागिन् विद्यार्थी नेत्री

बैशाख १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एक दशकभन्दा बढीदेखि विद्यार्थी राजनीतिमा सक्रिय निशा अधिकारीलाई आजभोलि कृषि फार्ममा पनि भेट्न भेटिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

विसं २०६५ मा मैयादेवी कन्या कलेजको स्ववियु सभापति भएपछि विद्यार्थी राजनीतिमा उदाएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय नेत्री अधिकारी यसअघि सचिवालय सदस्य, तत्कालीन नारायणी अञ्चल इन्चार्ज भएकी थिइन् । उनी पार्टी एकीकरणअघि सो अनेरास्ववियुको अनुशासन आयोगको अध्यक्ष थिइन् र अहिले पनि केन्द्रीय सदस्य हुन् । नेकपाको क्षेत्रीय कमिटीमा पनि आबद्ध छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजसेवीका रुपमा पनि परिचित अधिकारी यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्यसमेत पनि हुनुहन्छ तर उनी आजभोलि मूलत आफ्नो कृषि फार्ममा भेटिन्छिन्। कृषि क्षेत्रका अग्रज, पूर्वप्रशासक, विदेशबाट फर्किएका मेहेनती युवा र स्थानीयसँग सहकार्य थरी यो फार्म खोलिएको हो । 


Advertisment
Nabil box
Kumari

सो समूहले भरतपुर महानगरपालिका–२४ को नयाँबस्तीमा केरुङ्गा सामूहिक तरकारी कृषि फार्म सञ्चालनमा ल्याएको छ । ६२ बिघा जमिनमा सिँचाइको व्यवस्था गरेर यसै आवबाट तरकारी खेती गर्न शुरु गरिएको हो । अधिकारीको सो समूहमा अरुको जस्तै शेयर छ । उनको कुनै पद छैन, यद्यपि बिहानदेखि बेलुकासम्म फार्ममै व्यस्त छिन्। तरकारी लगाउनेदेखि बजारीकरणसम्म उनले सक्रिय भूमिका खेल्दै आएकी छिन् । 

Vianet communication
Laxmi Bank

स्थानीय ९६ शेयरधनीले रु २० हजारदेखि रु एक लाखसम्म लगानी गरेर फार्म सञ्चालन गरिएको हो । वार्षिक प्रतिकठ्ठा रु दुई हजार भाडामा ७२ जनाको जग्गा भाडामा लिएर तरकारी खेती गरिएको छ ।  

हाल यहाँबाट गोलभँेडा, खुर्सानी, भेन्टा, फ्यूसिमी, बन्दा, तनेबोडी, करेला, काँक्रो, लौका बिक्री वितरण भइरहेको छ । समूहका अध्यक्ष हरिबाबु ढकाल स्थानीयवासीलाई रोजगारी दिँदै युवा जनशक्तिलाई आकर्षण गर्न आफूहरु लागिपरेको बताउनुहुन्छ । विद्यार्थी राजनीतिमा सक्रिय अधिकारीजस्ता व्यक्ति कृषिकर्ममा लाग्दा समूहको विकाससँगै अन्यलाई नयाँ सन्देश दिइरहेको ढकालले बताउनुभयो । युवा जनशक्ति कृषि कर्ममा लाग्यो भने देशले समृद्धि पाउने भन्दै उहाँले अधिकारीजस्ता युवा सक्रियरूपमा कृषि कर्ममा लाग्नुपर्नेमा उनले जोड दिए। 

स्थानीयदेखि माथिल्लो तहसम्म समन्वय गरिएकाले बजारीकरणमा सहयोग पुगेको ढकाल बताउनुहुन्छ । सो समूहले वाग्मती प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडासँग सहकार्य गरेर एकीकृत नमूना कृषि कार्यक्रमअन्तर्गत अनुदान लिएर फार्मलाई विस्तार गर्ने तयारी गरेको  छ । अध्यक्ष ढकालका अनुसार थोपा सिँचाइ, ग्रिनहाउस, सिकाइ केन्द्र, विभिन्न औजार उपकरण खरिद, पाइपलाइन विस्तार, गोदामघर निर्माण, एक हजार टन क्षमताको कुलबोट (चिसो घर) जस्ता संरचना निर्माण गरिँदै छ । 

सो वडाका अध्यक्ष कान्छा मल्ल समूहका संरक्षक हुन् । सो क्षेत्रलाई कृषि पर्यटन वडाका रुपमा विकास गर्न अधिकारीले उत्प्रेरित गरेको उहाँले बताउनुभयो । मल्लको वडामा मात्रै ३०० हेक्टरभन्दा बढीमा तरकारी खेती गरिएको छ । मल्लले विद्यार्थी राजनीतिसँगै कृषि कार्यमा अधिकारी सक्रिय हुँदा अरुलाई पनि प्रेरणा मिलेको बताए । उनले भने, “अब युवाले जाँगर चलाउनुपर्छ, निशाजी यसको नमूना हुनुपर्छ ।” 

फार्मलाई १२ वर्ष कोरियामा काम गरेर फर्किएका अनुभवी रनु भुजेलले व्यवस्थापन गर्दै आएका छन्। सबैको तारतम्य मिलेसँगै फार्म राम्रोसँग अगाडि बढिरहेको जनाइएको छ । नेत्री अधिकारी अग्रज कृषकको उत्प्रेरणाले आफूलाई कृषि क्षेत्रमा आकर्षित गरेको बताउँछन् ।

मल्ल, ढकाल, भुजेलजस्ता कृषिलाई माया गर्नेहरुको समिपमा रहेर काम गर्ने अवसर पाउँदा निकै खुशी भएको जनाउँदै अधिकारीले भनिन्, “बिचौलियाको अन्त्य गर्दै बारीबाट सिधैँ तरकारी भान्सासम्म पुर्‍याउनुपर्छ । अनि मात्रै कृषकले उचित मूल्य पाउँछन् ।” बिचौलियाले कृषकको श्रम शोषण गरिरहेको आफूले अनुभव गरेको उनले बताइन् । अधिकारीले भनिन्, “हेटौँडाबाट बसाईँ सरेर आएका यहाँका ७५ प्रतिशतभन्दा नागरिकको हातमा जग्गा धनीपूर्जा छैन । धेरै दलित बस्ती छ । यहाँ तरकारी खेतीको राम्रो वातावरण छ । हामीले पनि सामूहिकरुपमा खेतीमा हालत हालेका हौँ । गर्‍यो भने हुन्छ भन्ने आत्मविश्वास भएको छ ।” 

लकडाउनको समयमा समेत बारीको तरकारी कुहिन र सर्वसाधारणको भान्सामा अभाव हुन नदिन जनप्रतिनिधिको समन्वयमा काठमाडौँ, पोखरासम्म तरकारी पुर्‍याउँदै आइएको अधिकारी बताउँछिन्। उनकै सक्रियतामा बजारीकरणको काम भइरहेको छ । समूहले घरमा आवश्यक पर्ने सबै खालका तरकारीलाई एउटै पोको पारेर सस्तो मूल्यमा घरघरमा पुर्‍याउने काम गरिरहेको छ । नारायण अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x