काष्ठमण्डप खाद्य स्टोरलाई तीन लाख जरिवाना

सरकारले टेकुस्थित काष्ठमण्डप खाद्य स्टोरलाई तीन लाख रुपैयाँ जरिवाना तिराएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै उक्त स्टोरलाई कारवाही गरेको हो।,


Advertisement

गत सोमबार विभागले टंगालमा रहेको भाटभटेनी सुपरमार्केटलाई मिठाइमा बढी मूल्य लिएको भन्दै कारवाही गरेको थियो । आफ्नो गल्तीका कारण भाटभटेनीलाई कारवाही गरेको भन्दै उक्त स्टोर्सले क्षमायाचनासमेत गरेको थियो।

सार्वजनिक रुपमा नै गल्ती स्वीकार गरेको र  गुणस्तरहीन खाद्य पदार्थको उत्पादन र बिक्री वितरण गरेवापत जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।


Advertisement

बिहीबार नै कोटेश्वरस्थित बिपी स्टोर्सले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख जरिवाना गरिएको छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्