×

NMB BANK
NIC ASIA

कोरोनाका कारण बेरोजगारी बढ्दै, अबको प्राथामिकता स्वदेशमै रोजगारी सिर्जना

बैशाख १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै श्रम तथा रोजगारका क्षेत्र पनि प्रभावित भएका छन् । महामारीले स्वास्थ्य सङ्कट सिर्जना गर्नुका साथै विश्व श्रम बजारलाई पनि गहिरो प्रभाव पारेको छ। कोभिड–१९ का कारण हजारौँ उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन्। लाखौँ श्रमिक कामबाट वञ्चित छन् । 

Muktinath Bank

आइएलओले कोभिड–१९ का कारण विश्वभरबाट करिब १० करोडले रोजगारी गुमाउने प्रक्षेपण गरिसकेको छ। आइएलओका अनुसार सबैभन्दा बढी खाडी क्षेत्रमा रोजगारी गुम्ने खतरा छ  नेपालको प्रमुख श्रम गन्तव्य खाडीका मुलुक नै भएकाले त्यसको सबैभन्दा ठूलो मार नेपालले खेप्नु पर्नेछ। कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाले रोजगारी गुमाउने आशङ्का गरिएको छ। कोभिड–१९ को प्रभाव बढ्दै गएमा वैदेशिक रोजगारीमा ठूलो गिरावट आउने आँकलन गरिएको छ। 
 
नेपालमा वार्षिक करिब पाँच लाख नयाँ जनशक्ति श्रम बजारमा भित्रने गरेको सरकारी तथ्याङ्क छ। तीमध्ये अन्यन्त सानो सङ्ख्याले मात्र स्वदेशमै रोजगारीको अवसर पाउने गरेको छ। अधिकांश वैदेशिक रोजगारीको खोजीमा मातृभूमि छाड्न बाध्य छन्। 
 
कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा सङ्कुचन आउने प्रबल सम्भावना देखिएसँगै सरकारले स्वरोजगारी र आन्तरिक रोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउने तयारी गरेको छ। श्रम रोजगार पत्रकार समूहले बिहीबार यहाँ आयोजना गरेको ‘कोभिड–१९ पश्चात रोजगारका क्षेत्रमा पर्ने दबाब र आन्तरिक रोजगारी वृद्धिका क्षेत्रहरु’ विषयको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले वैदेशिक रोजगारीबाट फर्केका र आन्तरिक श्रम बजारमा भित्रिएका जनशक्तिलाई सम्बोधन गर्ने गरी सरकारले रोजगार कार्यक्रम ल्याउने बताए।
 
 कोभिड १९ को सङ्क्रमण र लकडाउनका कारण देशमा आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिमा सङ्कुचन मात्रै होइन, रोजगारी गुम्ने चिन्ता पनि उत्तिकै बढेको भन्दै उनले यस्तो अवस्थामा सरकारले रोजगारीलाई प्राथमिकतामा दिने गरी योजना बनाइरहेको बताए 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अहिले विदेशबाट वा कोरोनाले अस्तव्यस्त बनाएका देशबाट नेपाल आउन चाहनेको सङ्ख्या बढीरहेको र उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता सरकारलाई भएको उल्लेख गर्दै सदस्य फुयाँलले भने, ‘अहिले करिब ६५ लाख मानिसहरु विदेशमा हुनुहुन्छ, अलिकति खुकुलो हुने बित्तिकै उहाँहरु नेपाल आउने अवस्थामा हुनुहुन्छ, उहाँहरुलाई एकैपटक ल्याउनु पर्यो भने त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या पनि निम्तन सक्छ, त्यसको चुनौती सबैभन्दा ठूलो हो, सरकारले यसको व्यवस्थापनका लागि काम गरिरहेको छ ।’

 रोजगारदाता परिषद्का अध्यक्ष एवं नेपाल उद्योग वणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई रोजगारीको अवसर सिर्जना गर्नेगरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए।
        
उनले वैदेशिक रोजगारीबाट फर्केका तथा आन्तरिक रुपमा रोजगारी गुमाएका व्यक्तिलाई आधुनिक कृषि पेशामा लगाउन सकिए बेरोजगारी समस्या केही हदसम्म समाधान हुने बताए।  सरकार नयाँ बजेट ल्याउने तयारीमा रहेको भन्दै उनले स्वरोजगारी र रोजगारी बढाउने खालका नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। 


Advertisment
Nabil box
Kumari

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसिसी) का अध्यक्ष पुष्कर आचार्यले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारणका दैनिक काम गरेर खाने ७६ प्रतिशत असंगठित क्षेत्रका श्रमिक प्रभावित भएको बताए। 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x