×

NMB BANK
NIC ASIA

सचिवालय बैठकको पूर्वसन्ध्यामा नेपाल समूहका ११ स्थायी कमिटी सदस्यद्वारा प्रचण्डसँग वार्ता

बैशाख १९, २०७७

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

शनिवारका लागि तय भएको सचिवालय बैठकको पूर्वसन्ध्यामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् । बैठकको रणनीति बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ११ जना स्थायी कमिटी सदस्यले शुक्रवार छलफल गरेका हुन । 

Sagarmatha Cement
Muktinath Bank

स्थायी कमिटीका सदस्यको आग्रह अनुसार नेता नेपालले आफ्नै निवास कोटेश्वरमा प्रचण्डसँग स्थायी कमिटीका सदस्यहरुसँग छलफल गराएका हुन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बुधवार बसेको सचिवालय बैठकको यथार्थता माग गरेका थिए ।


Advertisment
Nabil box
Kumari

‘अस्तिको बैठकमा केके भएको हो हामीलाई यथार्थ चाहियो भनेर हामीले दुवै नेताहरूसँग माग गर्यौं,’ छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले लोकान्तरसँग भने, ‘उहाँहरूले प्रधानमन्त्री ओलीबाट आएको प्रस्तावका बारेमा जानकारी गराउनु भयो ।’ 

Vianet communication
Laxmi Bank

सदस्यहरुले भोलिको बैठकबाट कुनैपनि हालतमा स्थायी कमिटीको मिति तोक्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिन आग्रह गरेका थिए ।

स्थाथी कमिटीको बैठकको मिति नतोकी हामी अरु विषयमा छलफल नै गर्दैनौ भन्ने अडान राख्न सुझाव दिएका छौैं छलफलमा सहभागि एक सदस्यले भने । 

स्थायी कमिटी बैठक माग गर्दै नेकपाका २० जना स्थायी कमिटी सदस्यहरूले हस्ताक्षरसमेत बुझाइसकेका छन् ।

छलफलमा सबै उपस्थित स्थायी कमिटी सदस्यहरूको एउटै स्वर थियो - स्थायी कमिटी बैठक बस्न पाउने अधिकार हामीलाई पार्टीको विधानले नै दिएको छ, यससम्बन्धमा प्रधानमन्त्री तथा अध्यक्षको धारणा के हो ? हामीले थाहा पाउनुपर्यो । 

प्रधामन्त्री ओलीको प्रस्तावअनुसार उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने विश्वसनीय आधार के हो भनेर खोज्न उनीहरूले नेताद्वयलाई सुझावसमेत दिएका छन् । 

गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय प्रधानमन्त्री स्वयंले कार्यान्वयन गर्न नमानेको अवस्थामा प्रधानमन्त्री नै बनाइदिने विश्वसनीय आधार चाहिने उनीहरूको एकमत थियो । 

छलफलपछि दुवै नेताले प्रधानमन्त्री केपी शर्मा ओली नै एकताविरोधी क्रियाकलापमा लागेको निष्कर्ष निकालेका छन् । ओलीलाई जसरी पनि राजीनामा गराएर अघि बढ्ने सहमति भएको नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई बताए । 

बुधवारको सचिवालय बैठकमा ओलीले नेपाललाई तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए भने उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बताएका थिए । 

‘प्रधानमन्त्री ओलीको प्रस्ताव रणनीतिक भएको र आफूइतरका नेताहरूलाई फुटाउने आशयस्वरूप आएको हो भन्नेमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल सहमत हुनुहुन्छ,’ नेपालनिकट ती नेताले लोकान्तरसँग भने । 
अध्यक्ष प्रचण्ड र नेता नेपाल दुवै जना ओलीको प्रस्ताव कार्यान्वयनका लागि नभएकोमा स्पष्ट भएका छन् । 

उनीहरूबीच सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको थियो । ‘अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने बटमलाइनबाट नेताहरू पछि हट्नुभएको छैन,’ ती नेताले भने । 

छलफलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँगै स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल, शाक्य, रघुजी पन्त, युवराज ज्ञवालीलगायतका नेताहरू सहभागी थिए ।  

सरकारका गलत कामका कारण जनताबीच पार्टीको बदनाम भएको भन्दै प्रचण्ड नेपाल समूह ओलीलाई दुवैपदबाट राजीनामा गर्न दवाव दिएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x