मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
जनकपुरको सडकमा प्रायःजसो पुरुष ट्राफिक प्रहरी मात्रै देखिन्छन् । ट्राफिक व्यवस्थापनदेखि सवारीसाधनलाई कारबाही गर्नका लागि जनकपुरका विभिन्न चोकदेखि राजमार्गसम्म पुरुष ट्राफिक प्रहरी देखिने गर्छन् ।
तर लकडाउनको बेला पुरुष प्रहरीसँगै १ जना महिला ट्राफिक प्रहरी पनि सामूहिक ड्यूटी गर्दैछिन् । ती महिला ट्राफिक प्रहरी हुन् सुष्मा चौधरी ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा ६० जना ट्राफिक प्रहरीको दरबन्दी रहेको अवस्थामा सुष्मा एक्ली महिला ट्राफिक प्रहरीको रुपमा जनकपुरमा कार्यरत छिन् । हालसम्मको इतिहासमा जनकपुरमा कुनै पनि महिला ट्राफिक प्रहरीले काम गरेकी थिइनन् । जनकपुरधाममा सुष्मा नै पहिलो महिला ट्राफिक प्रहरी रहेकी प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि धनुषामा पुरुष ट्राफिक प्रहरी मात्रै काम गर्दै आएकोमा महिला ट्राफिक प्रहरीले पनि ड्यूटी गर्दै गरेको दृश्य जनकपुरवासीका लागि नौलो हो । उनी गत वर्ष फागुन महिनामा नै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा आएकी थिइन् तर उनलाई जनकपुर शहरभर विभिन्न स्थानमा पालैपालो ड्यूटीमा खटाउनुभन्दा पनि उनलाई प्रदेश सरकारका मन्त्रालय रहेको मधेश भवन अगाडि खटाइएको छ ।
‘करीब १ वर्षदेखि मन्त्रालय अगाडि सडकमा ड्यूटी गर्दै आएकी छु,’ सुष्माले भनिन्, ‘तर अहिले लकडाउन भएका कारण एक्लै ड्यूटी गर्दा समस्या हुनसक्ने भनेर इन्सपेक्टर सा’पले समूहमा ड्यूटी गर्न परिचालन गर्नुभएको छ ।’
लकडाउन उल्लंघन गर्दै सडकमा हिँड्ने गरेका व्यक्तिलाई सम्झाइबुझाई घर फिर्ता पठाउने काम गर्दै आएको उनी बताउँछिन् । ‘विना पास नै गुड्ने गरेका सवारीसाधनलाई नियन्त्रणमा लिने, आवश्यक कारबाहीका लागि पठाउने गरेका छौं,’ उनले भनिन्, ‘समस्या हेरर कतिपय मोटरसाइकललाई छोड्ने गरेको भएपनि पछिल्लो समयमा हामीले धेरै नै कडाइ गर्दै आएका छौं ।’
लकडाउनअघि मन्त्रालय अगाडि एक्लै ड्यूटी गर्ने गरेकी सुष्मा प्रत्येक दिन बिहान १० बजेदेखि ५ बजेसम्म ड्यूटी गर्ने गर्थिन् । मोटरसाइकलमा ३ जना हिँडेको, लाइसेन्स नभएको, हेलमेट नलगाएर मोटरसाइकल चलाउने, नो पार्किङमा सवारीसाधन पार्क गरेको अवस्थामा कारवाही गर्ने काममा उनी खट्ने गरेकी थिइन् तर हाल लकडाउनका लागि भने बिहानैदेखि सडकमा परिचालन भएकी छन् । ट्राफिक प्रहरीको आफ्नै ई–रिक्सामा चढेर पूरै जनकपुर घुमेर लकडाउनलाई पालना गराउने काम गर्दै आएकी उनी बताउँछन् ।
तालिममा लभ र पोस्टिङपछि बिहे
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ की सुष्माले प्रहरी सेवामा जागिर खाएको १४ वर्ष भइसक्यो । २०६३ सालमा उनी प्रहरीको जागिर खानका लागि छनोट भएर विराटनगरमा तालिममा हुँदा नै उनको ‘लभ’ परेको थियो । सँगै तालिम गरिरहेका उदयपुरकै नुनुबाबु चौधरीसँग उनको लभ (प्रेम) परेको थियो । जागिर खाने क्रममा नै प्रेम भएपनि २ वर्षपछि २०६५ सालमा प्रेम विवाह गरेका थिए दुवैले ।
हाल दुवैका छोरा छन् । छोरा ऐरोन चौधरी ६ कक्षामा पढिरहेका छन् । ‘हामी दुवै जना प्रहरी नै छौं, नियमित समयमा सरुवा हुने गरेको छ,’ सुष्माले भनिन्, ‘त्यसैले छोरालाई कहाँ–कहाँ लग्ने, पढाइ बिग्रिनसक्ने हुनाले विराटनगरमा नै एउटा बोर्डिङ स्कूलमा भर्ना गरेका छौं ।’ सुष्माकी पति नुनुबाबु जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।
उनी शुरूदेखि नै ट्राफिक प्रहरीमा कार्यरत छिन् भने उनका पति नेपाल प्रहरीमा । जागिर गरेको १४ वर्ष भइसकेपनि बढुवा नहुँदा बढुवाको प्रतीक्षामा दुवै जना रहेको बताउँछन् ।
सप्तरी, उदयपुर, विराटनगर, काठमाडौं लगायत स्थानमा काम गरिसकेकी सुष्मा महिलाले प्रहरीमा काम गर्दा थुप्रै चुनौती भएको बताउँछिन् । प्रहरी सेवामा आउने सबै चुनौतीलाई पार गर्दै काम गर्दा गर्व लागेको उनी बताउँछिन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...