×

NMB BANK
NIC ASIA

विपत्तिमा पिशाब खाएर बाँच्यो ज्यान, भूकम्पले चुडिदिएको ऋषिको त्यो सपना

बैशाख २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले नेपालका धेरै नागरिकलाई कहिल्यै नमेटिने चोट दिएको छ । ५ वर्षअघिको भूूकम्पमा परी झण्डै १० हजार नेपालीले अकालमै ज्यान गुमाए, हजारौं अंगभंग भए, केही बेपत्ता पनि ।

Sagarmatha Cement
Muktinath Bank

त्यही विनाशकारी भूकम्पले सपना चुडाइदिएका एक व्यक्ति हुन् ऋषिराम खनाल । खनालको चाहना थियो – वैदेशिक रोजगारमा गएर परिवारको आर्थिक अवस्था सुधार गर्दै छोरोलाई राम्रो विद्यालयमा पढाउने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख ८ गते यूएई (दुबई) जान भनेर अर्घाखाँची भूमिकास्थान–१ साम्नेगाउँबाट खनालले काठमाडौंको यात्रा तय गरे । वैशाख १४ गते उनको ‘फ्लाइट’ थियो । उनी काठमाडौं नयाँ बसपार्कस्थित सयपत्री गेस्ट हाउसमा वैशाख ९ गतेदेखि बस्दै आएका थिए । वैशाख १२ गते खाना खाएर होटलको कोठामा के पुगेका थिए, उनी बसेको होटल एकाएक हल्लिन थाल्यो । 


Advertisment
Nabil box
Kumari

उनी कोठाबाट भाग्न खोज्दाखोज्दै होटल गर्ल्याम्मै झल्यो । ७ तले होटलमा उनी रुमबाट निस्केर सिँढीमा आउन नपाउँदै माथिबाट ‘प्लाइउड’ खसेर उनको बायाँ खुट्टामाथि बजारियो, प्लाइउडमाथि घरको पिल्लर पनि ।

Vianet communication
Laxmi Bank

उनी त्यहीँ चिच्चाए, बचाउ, बचाउ भने । रोए । कराए । फेरि चिच्चाए । अहँ कसैले सुन्ने अवस्था थिएन । न यता, न उता । उनी चल्न समेत सकेनन् । भाग्दै गर्दा उनको मोबाइल कोठामै छुटेको थियो ।

गत हप्ता भूकप्प गएको ५ वर्ष पुगेको सन्दर्भमा खनालसँग सम्पर्क गर्दा उनले त्यो २०७२ वैशाख १२ गतेको कालो दिन सम्झे । घण्टा बित्यो, दिन बित्यो । चिच्चाउँदा–चिच्चाउँदै उनको शक्ति सकिएको थियो । उनको बायाँ खुट्टामाथि परेको घरको पिल्लरले खट्टा चुडिने अवस्थामा थियो । शरीर पूरै निलो भयो । झण्डै ४ दिन (८२ घण्टा) सम्म उनी बेहोस भएनन् । उनी सम्झन्छन्, ‘म बेहोस चाहिँ भइनँ । भोक लाग्दा रुमालमा आफ्नै पिसाब भिजाएर खाएँ अनि परान धानें,’ उनले भने ।

८२ घण्टापछि जर्मनी उद्धार टोली र नेपाली सेनाले होटलको भत्किएको घरमाथि आएर यहाँ कुनै जीवित व्यक्ति पुरिएको छ कि छैन भन्ने मशिनले जाँच गर्दा भित्र जीवित व्यक्ति छ भन्ने पत्ता लगायो । नेपाली सेना र जर्मनी टोलीले १० घण्टा लगाएर खनालको जीवितै उद्धार गर्‍यो । उनलाई त्यहाँबाट उद्धार गरी शिक्षण अस्पताल अस्पताल लग्यो । ‘बाँच्छु र फेरि संसार देख्छु भन्ने लागेकै थिएन तर स्वास रहँदासम्म बाँच्न प्रयास सबैले गर्दाे रहेछ । त्यहीँ प्रयास मैले पनि गरेर । बाँचे पनि,’ खनाल भन्छन् । त्यो ५ वर्ष अगाडिको घटना सम्झिँदा अझै उनको मुटु काप्छ ।

अस्पतालमा ५ महिना बसेपछि खनाललाई निको त भयो तर उनको बायाँ खुट्टा रहेन । उनी बैशाखीको सहाराले हिँडडुल गर्छन् । ५ महिना अस्पताल र ५ महिना बाहिर अन्य अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थासँग बसेर खनाल घर फर्किए ।

७ महिनाको छोरा छोडेर विदेश जान घरबाट हिँडेका खनालको सपना भूकम्पले चक्नाचुर बनायो । ‘झण्डै १ वर्षपछि गाउँ आएँ । केही गर्ने वातावरण पनि छैन । संघीयतासँगै प्रदेश र स्थानीय सरकार घरघरमा आए तर मजस्ता पीडितलाई कुनै रोजगार उपलब्ध गराएनन्,’ उनी भन्छन्, ‘छोरो अहिले ६ वर्षको लाग्यो । गाउँमा रोजगारी छैन । म त भाग्य नै फुटेको मान्छे । श्रीमती (कविता) लाई एउटा रोजगारी राज्यले दिएमा छोरोलाई राम्रो शिक्षा दिने धोको छ  । भूकम्पबाट बाँच्न त बाँचे, अहिले बाँच्नु र मर्नु भएको छ ।’

वैदेशिक रोजगारीमा जान भनेर घरमा आउनुअघि उनले भारतको देहरादुनमा ३ वर्ष काम गरेका थिए । ‘अहिले घरमा यताउता गरेर दिन कटाउँछु । कहाँ जाउँ के गरौं हुन्छ । न कतै जान सक्छु । अरु साथीहरूले काम गरेको देख्दा पहिलाका दिन सम्झिन्छु । रुन मन लाग्छ,’ ३३ वर्षीया खनाल भन्छन्, ‘अनि फेरि मनलाई सम्हाल्छु । कतिले भूकम्पमा परी ज्यान गुमाए । म त भाग्यमानी रहेछु । बाँचेर अहिले पनि संसार देख्न पाएको छु । परिवारसँग बसेको छु ।’

आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई राज्यले आर्थिक उपार्जनका लागि विभिन्न खालको सीप प्रदान गरेर रोजगार बनाउनुपर्ने खनाल बताउँछन । विभिन्न क्षेत्रमा अपाङ्गता भएको व्यक्तिलाई विभिन्न प्रकारका तालिम दिएर रोजगारीका अवसरहरू पनि सिर्जना गराइएको छ । उनी अहिले परिवार र छोरोको भविष्यबारे चिन्तित छन् । 

उनले सामान्य लेखपढ गर्न मात्र जानेका छन् । ८ कक्षामा पढ्दा–पढ्दै उनी रोजगारीका लागि भारत गएका थिए । पैसा कमाइ घर–व्यवहार चलाउन उनले बुनेको सपना भूकम्पसँगै भत्किएपछि नयाँ जीवन तय गरेका उनले नयाँ सपना पहिल्याउन सकेका छैनन् । राज्यले भूकम्पमा परी अंगभंग भएकाहरूलाई रोजगारमूलक तालिम दिएर स्वावलम्बन बनाउनुपर्ने उनको सुझाव छ ।

खनाल अहिले घरमा बसेर दिन कटाइरहेका छन् । केही गरौ भन्ने उर्जाशील समयमा अपाङ्ग भएर घरमा बस्नुपर्दा उनलाई धेरै पीडा छ । त्यो पीडा भुलाउन सक्ने काम भए उनीसँगै परिवारको व्यवहार धान्न सजिलो हुने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x