विषालु च्याउ खाँदा सात जना बिरामी, अस्पताल भर्ना

प्रतिकार्यात्मक तस्वीर।

रुपन्देहीमा विषालु च्याउ खाँदा  सात जना बिरामी भएका छन्।  

गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिलवाका एकै परिवारका सदस्य  बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षीया अनिषा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन  छन्।


Advertisement

भैँसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन्। शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि  राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना गराइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए। बिरामीको स्वास्थ्यावस्था अहिले सामान्य रहेको जनाइएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्