×

NMB BANK
NIC ASIA

प्रदेश २ मा कोरोनाको सन्त्रास

बैशाख २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश  २ को वीरगञ्ज–३ स्थित छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सर्वसाधारणमा रोगको सन्त्रास बढेको छ। राष्ट्रिय सङ्क्रमण जनस्वास्थ्य प्रयोगशाला टेकुले सो व्यक्तिमा कोरोनाको पुष्टि गरेपछि अन्य व्यक्तिमा पनि रोगको सङ्क्रमण रहेको हुनसक्ने त्रास भएको छ। 

Muktinath Bank

ती व्यक्तिले बसोबास गरेको क्षेत्रलाई ‘सिल’ गरी उनले सम्पर्क गरेका व्यक्तिहरुको खोजबिन गरी स्वाबको नमूना सङ्कलन गरिने समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए। उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ।
कोरोना सङ्क्रमणबाट निको भएर ‘डिस्चार्ज’ भएका रौतहट जिल्लाको ईश्वरनाथ नगरपालिका–८ बस्ने १९ वर्षीय एक युवकमा कोरोनासँग मिल्ने खालको सामान्य लक्षण देखिएपछि उनलाई नारायणी अस्पतालमा पुनः भर्ना गरिएको छ। उनको स्वाब सङ्कलन गरिएको तर परीक्षणको रिपोर्ट नआएकाले अहिले नै कोरोना दोहरियो भन्न नमिल्ने स्पष्ट पार्दै उनले सो युवकसँगै डिस्चार्ज भएका एक ५५ वर्षीय भारतीय नागरिकको स्वास्थ्यमा केही समस्या देखिएपछि निजलाई पनि भर्ना जानकारी गराए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच महोत्तरी जिल्लाको भङ्गहार बर्दिवास नगरपालिकामा केही समयको अन्तरालमा १२ जनाको मृत्यु भएको सन्दर्भमा सचिव डा घिमिरेले अहिलेसम्म कोरोनाकै कारण मृत्यु भएको पुष्टि नभएको बताए। भङ्गहा नगरपालिका–७ मा मृत्यु भएका ४० र ६० वर्षीय पुरुषको स्वाबको नमूनाको परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो। 


Advertisment
Nabil box
Kumari

दुवै जनाको मृत्यु कोरोनाको सङ्क्रमणबाट नभई अन्य कारणले भएको उनले जानकारी गराए। चालीस वर्षीय व्यक्तिले अत्यधिक मदिरा सेवन गरेपछि उनलाई गम्भीर अवस्था स्थानीय स्वास्थ्य संंस्थामा वैशाख १८ गते भर्ना गरिएको थियो। सोही दिन उनको उपचारका क्रममा मृत्यु भएको थियो। उनको स्वाबको परीक्षणको नतिजा नेगेटिभ आएको छ।  

Vianet communication
Laxmi Bank

त्यस्तै सोही वडाका ६० वर्षीय पुरुषको अत्यधिक पेट दुखेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। उनको स्वाबको नतिजा नेगेटिभ आएको छ।

यस्तै सोही वडाका ५५ वर्षीया महिला र ५८ वर्षीय पुरुषको परीक्षणको रिपोर्ट आउन बाँकी छ तर हालसम्मको वस्तुस्थितिले हेर्दा उनीहरुको मृत्यु कोरोनाको कारणले भएको नदेखिएको उनले बताए। सो नगरपालिका–७ का ४६ वर्षीय पुरुषले अत्यधिक मदिरा सेवन गरेपछि उनको अत्यधिक टाउको दुखेको थियो। मृत्युको सम्बन्धमा जानकारी नगराई परिवारका सदस्यहरुले दाहसंस्कार गरेको थियो। 

सोही वडाका ५० वर्षीय ग्याष्ट्रिक र अल्सरबाट पीडित भई बिरामी भएको कारणले मृत्यु भएको थियो भने अर्का ५० वर्षीय अर्का एक व्यक्ति एक महिनाअगाडि विषादी सेवन गरेको थियो। सोही कारणले बिरामी रहेको कारण उनको मृत्यु भएको थियो। बर्दिवास नगरपालिका–१२ मा भारत उत्तर प्रदेशका लखिमपुर बस्ने ५५ वर्षीय मृत्यु भएका व्यक्ति स्थानीय इँटाभट्टाको कामदार थिए। 

यस्तै सोही वडाको २६ वर्षीय एक युवक मिर्गौलाको बिरामी रहेको र उनको उपचारका क्रममा मृत्यु भएको थियो। सोही वडाकी  ५५ वर्षीय महिला उच्च रक्तचाप कारण मस्तिस्कघातबाट मृत्यु भएको थियो भने अर्का ५६ वर्षीय पुरुषको पनि मृत्यु कोरोनाका कारण नभएको प्रारम्भिक रिपोर्टबाट देखिएको प्रदेश सचिव डा घिमिरेले बताए। 

महोत्तरी भङ्गहा नगरपालिका–७ मा विशेष स्वास्थ्य सङ्गठनका प्रतिनिधि, स्वास्थ्य विभाग काठमाडौँका प्रतिनिधिका साथै प्रदेशका समाजिक विकास मन्त्रालयका प्रतिनिधि तथ्याङ्क सङ्कलन लगायतका कार्य गरिरहेका छन्। उक्त स्थलमा स्वाब सङ्कलनका साथै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यस प्रदेशमा आजसम्ममा दुई हजार ४३३ जनाको स्वाबको नमूना सङ्कलन भएको छ। सोमध्ये दुई हजार ९० जनाको रिपोर्ट नेगेटिभ र ३३० जनाको रिपोर्ट आउन बाँकी छ। – प्रभाषचन्द्र झा/ रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x