पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
बैशाख २२, २०७७
नागरिको सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन गठित स्वतन्त्र राष्ट्रिय सूचना आयोग १२ वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । २०६५ वैशाख २२ गते मन्त्रिपरिषद्ले विनयकुमार कसजूलाई प्रमुख सूचना आयुक्तमा र सविता भण्डारी बराल तथा श्री आचार्यलाई सूचना आयुक्तमा नियुक्त गरेर आयोग गठन गरेको थियो ।
उहाँहरूको ५ वर्षे कार्यकाल पूरा भएपछि करीब पौने २ वर्ष आयोग पदाधिकारीविहीन भयो । २०७१ पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयले कृष्णहरि बास्कोटालाई प्रमुख सूचना आयुक्तमा र किरणकुमार पोखरेल तथा यशोदादेवी तिम्सिनालाई सूचना आयुक्तमा नियुक्त गरी आयोगको दोस्रो कार्यकाल आरम्भ भयो ।
उहाँहरूको पनि ५ वर्षे कार्यकाल पूर्ण भएपछि २०७१ पुष २४ गतेदेखि वर्तमान पदाधिकारीहरू महेन्द्रमान गुरुङ प्रमुख सूचना आयुक्तमा र कमला ओली थापा तथा रत्नप्रसाद मैनाली सूचना आयुक्त पदमा तेस्रो कार्यकालका लागि कार्यरत हुनुहुन्छ ।
यो आलेखमा विगत १२ वर्षमा आयोगबाट जारी भएका महत्त्वपूर्ण फैसलाहरूलाई छोटकरीमा प्रस्तुत गर्ने ध्येय लिएको छु । विनयकुमार कसजूको नेतृत्वमा गठित आयोगले स्कूल र कलेजका आमविद्यार्थीले आफ्नो परीक्षण गरिएको उत्तरपुस्तिका हेर्न पाउने फैसला गर्यो । यसबाट साविकमा विद्यार्थीले आफ्नो परीक्षाफलमा चित्त नबुझेमा रिटोटलिङ गर्न पाइन्थ्यो । उत्तरपुस्तिका नै हेर्न पाउने भएपछि रिचेकिङ समेतको अभ्यास आरम्भ भएको छ ।
यस फैसलाको प्रभावस्वरूप विद्यार्थी र शिक्षक दुवै आ–आफ्नो स्थानमा बढी जिम्मेवार हुन बाध्य भए । अब, उत्तरपुस्तिकामा लेख्दै नलेखी मलाई पक्षपात गरी अंक नदिएकाले अनुत्तिर्ण भएको हुँ भनी कुनैपनि विद्यार्थीले आफ्ना अभिभावकलाई ढाँट्न नमिल्ने भयो । यसैगरी उत्तरपुस्तिका जाँच्ने शिक्षकले पनि खेताला लगाएर उत्तरपुस्तिका जँचाइ त्यसको गुणस्तरमा प्रश्न उठेमा आफू कालोसूचीमा पर्ने खतरा बढेर गयो । यसरी परीक्षा प्रणालीमा गुणस्तर वृद्धि गर्न आयोगको फैसला कोशेढुंगा सावित भयो ।
यसैगरी सो बखतको आयोगमा कृषि मन्त्रालय, नेपाल टेलिकम र नेपाल प्रहरीका कर्मचारीबाट आफूले कार्य सम्पादन मूल्यांकनमा हासिल गरेको अंक पाइनँ भनी पुनरावेदन पर्यो । यसमा आयोगले यो नागरिकको सूचनाको हकभित्र पर्ने विषय नै हो भनी फैसला गरेकाले सूचना मागकर्ता कर्मचारीले अंक जान्न पाए । यसबाट कर्मचारीको पदोन्नतिका क्रममा हाकिमसँग रहेको अंक दिने स्वविवेकी अधिकारको दुरूपयोगमा लगाम लाग्यो ।
सो बखत, न्यायाधीश चित्रदेव जोशीले आफूले नखाएको बिष लागेको अनुभूति गर्नुभयो । आफूले बोल्दै नबोलेको विषयमा आरोप लगाएर कारवाहीमा पर्नुभयो । उहाँले सूचनाको हक प्रयोग गरेर मैले के आरोपमा सजाय पाएँ र सो आरोप पुष्टि गर्ने प्रमाण के छ भनी सूचना माग गर्नुभयो । माग गरिएको सूचना नपाएपछि उहाँ राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गर्न आइपुग्नु भयो र आयोगको फैसलापछि सूचना प्राप्त भयो । यसरी प्राप्त सूचनाका आधारमा जोशीको कथित आरोप प्रमाणित हुने अवस्था रहेन । यसरी स्वयं अन्यायमा परेका न्यायाधीशलाई न्याय दिलाउन आयोग सफल भयो ।
कसजू नेतृत्वको आयोग क्रियाशील भएका बखत ५१८ वटा मूअकर छलिको काण्ड मच्चियो । आन्तरिक राजस्व विभागले कसले कसरी कर छली गरेको रहेछ भनीे आन्तरिकरूपमा कार्यदल गठन गरी आन्तरिक प्रयोजनका लागि प्रतिवेदन तयार गरेको थियो । नागरिक समाजका तर्फबाट सो प्रतिवेदन माग भयो । प्राप्त नभएपछि आयोगमा पुनरावेदन पर्यो ।
आयोगले सो प्रतिवेदनका केही अंशबाहेक सूचना मागकर्तालाई उपलब्ध गराउन आदेश जारी गर्यो । जसअनुसार प्रतिवेदन मागकर्ताले पाए । नागरिक समाजका अगुवाले पाएको सो सूचना सार्वजनिक भयो । जसमा निजी क्षेत्रबाट कर छली गर्नेको नामनामेसी थियो । यसरी राष्ट्रिय ढुकुटीमा दाखिल हुनुपर्ने रकम निजी क्षेत्रबाट भ्रष्टाचार भएको सूचना आयोगको फैसलाबाट सार्वजनिक भयो ।
सो बखत, कैलालीकी एक शिक्षिकाले स्कूलका केही सूचना सार्वजनिक गरेबापत दण्डित हुनुपर्यो । यसका विरुद्ध आयोगमा उजुरी पर्यो । आयोगले सूचना प्रवाह गरेकै आधारमा दण्ड गर्ने निर्णय रद्द गरिदियो । साथै सूचनादाताको संरक्षण स्वरूप दण्ड दिने पदाधिकारी नै आयोगबाट दण्डित हुन पुगे ।
सोही बखत, अर्को केसमा सूचना मागकर्ताले विद्युत विकास विभागसँग केही सूचना माग गरे । तर, सो विभागले माग भएका कागजात स्वयं मागकर्तासँग पनि छ, यसर्थ दिन नपर्ने निर्णय गर्यो । तर, आयोग यो निर्णयसँग सहमत भएन । कुनै नागरिकसँग कुनै कागजात भएपनि नभएपनि सार्वजनिक निकायको कर्तव्य मागकर्तालाई सूचना दिने हो भनी फैसला गर्यो । यसैगरी पत्रकार जेपी जोशी हत्याको सम्बन्धमा गठित आयोगको खर्च विवरण सार्वजनिक गर्न आयोगले आदेश जारी गर्यो । यसरी सो बखतको आयोगका फैसलाहरू सूचनाको हकको आधारशीला निर्माण गर्न सफल रहे ।
दोस्रो कार्यकालका लागि बास्कोटाको नेतृत्वमा गठित आयोगले लोकसेवा आयोग, शिक्षक सेवा आयोग, पुरातत्व विभाग, नेपाल बैंक लि. जस्ता निकायलाई प्रतिस्पर्धात्मक परीक्षामा सम्मिलित उम्मेदवारहरूलाई उनीहरूको प्राप्तांक दिनू भन्ने आदेश जारी गर्यो । यसबाट प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन विधिमा सुधार, निष्पक्षता र विश्वसनीयतामा अभिवृद्धि तथा प्रतियोगीले भविष्यमा गर्नुपर्ने अतिरिक्त तयारी एवं लगनशीलताका लागि मार्गप्रशस्त गर्न आयोग सफल भयो ।
दोस्रो कार्यकालका लागि गठित आयोगले नेपाल र चीनबीचको हवाई खरिदको सम्झांता, नेपाल र भारत बीचको सम्झौताअनुसारको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विधान, लगानी बोर्ड र जीएमआरबीच भएको अपर कर्णालीको पीडीए सम्झौता तथा नलसिङगाड जलविद्युत् आयोजनाको परामर्शदाता नियुक्तिसम्बन्धी सम्झौताहरू सूचना मागकर्तालाई उपलब्ध गराउन आदेश जारी गर्यो ।
अधिकांश केसमा आयोगको आदेशपछि सूचना मागकर्ताले सूचना पाए । चिनियाँ हवाइजहाज खरिदको केसमा भने सर्वोच्च अदालतले पनि आयोगको आदेश सदर गरेपछि मात्र सूचनामागकर्ताले सूचना पाए । जे होस्, यसबाट कुनैपनि सन्धि सम्झौतामा नागरिकको सूचनाको हक स्थापित हुने मान्यता उजागर गर्न आयोग सफल भयो ।
त्यसबखतको आयोगले सिंहदरबारभित्र रहेका सार्वजनिक निकायमा सूचना मागकर्तालाई कुनै बाधाअवरोध विना सूचना माग्ने र पाउने हक सुनिश्चित गर्न मुख्य सचिबव र महासचिवको नाममा आदेश जारी गर्यो । यसबाट नागरिकलाई सूचना दिने पदाधिकारीहरू सुरक्षा निकायको सुरक्षा कबचभित्र बसेपछि सूचना दिनुनपर्ने हो कि ? भन्ने भ्रम हटाउन आयोग सफल भयो ।
यसैगरी आयोगले संघीय संसद्का सांसदहरूको हाजिरी, घरभाडा र मर्मत खर्चसम्बन्धी सूचना दिन आदेश जारी गर्यो । यसबाट सार्वजनिक पदमा रहेका जो कोही जिम्मेवार पदाधिकारीहरू नागरिकको सूचनाको हकको दायराभित्र रहेको सन्देश प्रवाह भयो ।
बास्कोटा नेतृत्वको आयोगले सोबखत निर्वाचन आयोगमा दर्ता भएका १८० वटा राजनैतिक दलका प्रमुख, सबै संघीय मन्त्रालय र केन्द्रीय निकायका ५३ जना सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र २३७ वटा बैंक तथा वित्तिय संस्था, बीमा समितिका अध्यक्ष र ४० वटा बीमा कम्पनीका कार्यकारी प्रमुख, ६२ वटा सार्वजनिक संस्थानका महाप्रबन्धक र समाज कल्याण परिषदका सदस्य सचिव एवं २५७ वटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रमुखका नाममा स्वतः प्रकाशन गर्नु, सूचना अधिकारी तोक्नू र यसको छुट्टै अभिलेख राख्नु भनी ३ बुँदे आदेश जारी गर्यो ।
यसैगरी सातैवटा प्रदेशका ४९ वटा मन्त्रालयका सचिव र ७५३ वटा पलिकाका प्रमुख प्रशासकीय अधिकृतको नाममा विद्युतीय सूचना प्रणाली अवलम्बन गर्नू र नयाँ कानून निर्माणमा सूचनाको हकको सुनिश्चितता गर्नू भन्ने २ बुँदा थप गरी ५ बुँदे आदेश जारी गरेपछि नागरिकको सूचनाको हकको प्रचलन सिंहदरवार, प्रदेश हुँदै नगर र गाउँसम्म पुग्यो ।
बास्कोटा नेतृत्वको आयोग स्कूलको कक्षा ६, ७, ९ र ११ को पाठ्यक्रममा सूचनाको हकको विषय समावेश गर्न सफल भयो ।
यसैगरी सरकारका सबै २२ वटा तालिम केन्द्रको पाठ्यक्रममा सूचनाको हकको विषय समावेश गर्न आयोगले अर्को आदेश जारी गर्यो । आयोगले चिकित्सक, इञ्जिनियर, वकिल, पत्रकार, उद्योगी, व्यापारी, सञ्चारकर्मी, सहकारीकर्मी, शिक्षक, राजनीतिकर्मी, हवाई सञ्चालक, पञ्चाङ्ग निर्णयक समिति, स्कूल र कलेजका विद्यार्थी, महिला, न्यायाधीश लगायतसँग छुट्टाछुट्टै छलफल गर्यो ।
यस अतिरिक्त दोस्रो कार्यकालको आयोगले नेपालमा क्रियाशील दातृ निकायसमेतको भेला गराई नागरिकको सूचनाको हकको सम्मान गर्न आग्रह गर्यो । साथै सातैवटा प्रदेशमा ७५३ पालिकाका राजनैतिक र प्रशासनिक नेतृत्वलाई भेला गराई सूचनाको हकको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्यो । यसपटकको आयोगले आरटीआई अडिटको थालनी गर्यो । सूचनाको हकको प्रभावकारी प्रचलनका लागि ५ वर्षे गुरुयोजना अघि बढायो ।
आयोगको स्वतन्त्रता झल्किने लोगो प्रचलनमा ल्यायो । खुला सरकारी तथ्याङ्क, डेंगु रोगको रोकथाम, भूकम्पपीडितको राहत योजना लगायतमा नेपाल सरकारलाई समसामयिक सुझाव दियो । नागरिकलाई सूचना माग्न र पाउन उत्प्रेरित गर्यो । सूचना दिन अटेरी गर्नेलाई दण्ड गर्यो । विश्वव्यापी आरटीआई इन्डेक्समा नेपाललाई विश्वकै उत्कृष्ट एक्काइसौं मुलुकको पंक्तिमा पुर्याउन सफलता हात पार्यो ।
तेस्रो कार्यकालका लागि गठिग गुरुङ नेतृत्वको आयोगले नोभेल कोरोनाभाइरसबाट बच्न आमनागरिकलाई उपयुक्त माध्यमहरूबाट व्यापकरूपमा तत्काल सूचना प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको नाममा आदेश जारी गरेको छ । आपूmसमक्ष परेका सबै पुनरावेदनमा सूचना दिनू भन्ने आदेश जारी गरेको छ । सूचना संरक्षण गर्नू भनी त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयका नाममा आदेश जारी भएको छ ।
आयोगबाट सूचना दिन अटेरी गर्नेलाई सजाय गरेको छ । साथै, सबै सार्वजनिक निकायलाई नागरिकको सूचनाको हकको प्रचलनमा खरो उत्रिन ध्यानाकर्षण गरिएको छ । सूचनाको हकको प्रचलनको अनुगनको जिम्मेवारी पाएका निकायसँग प्रगति माग गरिएको छ । आयोगको इजलास सञ्चालनको निर्देशिका जारी गरेको छ । यसैगरी आयोगका पदाधिकारीको आचारसंहिता जारी गरिएको छ ।
आयोगबाट संघीय संसद्का समितिहरूलाई र प्रदेशसभालाई नयाँ कानून निर्माण गर्दा नागरिकको सूचनाको हकको सुनिश्चित गर्ने व्यवस्थाका लागि ध्यानकर्षण गराइएको छ । आयोगबाट प्रदान गरिने पुरस्कारलाई ‘विनय कसजू पुरस्कार’ नामकरण गरी प्रथम प्रमुख सूचना आयुक्तप्रति सम्मान प्रकट गरिएको छ ।
आयोगबाट महिला सशक्तिकरण विषयक गोष्ठी गर्नुका साथै संखुवासभामा जिल्लास्तरीय सूचनाको हकको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । यसरी छोटो अवधिमै तेस्रो कार्यकालका लागि गठित आयोगले देखाएको सक्रियता प्रशंसनीय छ । आगामी दिनमा पनि आयोगलाई पूर्ण सफलता प्राप्त होस्, यही शुभकामना छ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...