पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारको नेतृत्व गरिहेको संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अंकगणितीय चरणमा प्रवेश गर्न लागेको चर्चा चलिरहेको समयमा ‘तपाईंहरूको पोजिसन कस्तो छ ?’ भनेर सोधिएको प्रश्नमा माधव नेपाल समूहका एक प्रभावशाली नेताको जवाफ थियो, ‘प्रचण्डले आफ्ना मान्छे होल्ड गर्न सक्नुभयो भने संसदीय दलमा हामी बहुमतमै छौं !’
गत साता उत्कर्षमा पुगेको नेकपाभित्रको अन्तरसंघर्षमा एउटा नयाँ कुरा आयो, प्रचण्डको शक्तिबारे । पूर्व माओवादी कित्ताका केही नेताले प्रचण्डको साथ छाडेको हल्लाले राष्ट्रिय राजनीतिलाई नै तरंगित बनायो । प्रचण्डसँगै पार्टी एकतामा आएका पूर्वमाओवादी खेमाका नेताहरूले उनको साथ छाडेको या पूर्वमाओवादी नेतामा प्रचण्डको होल्ड कायम भए/नभएको चर्चा धेरैका लागि चासोको विषय बन्यो ।
पूर्वमाओवादी खेमाका मन्त्रीहरू रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट तथा राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा, टोपबहादुर रायमाझी लगायतले प्रचण्डको साथ छाडेको हल्ला भयो ।
पूर्वसभामुख कृष्णबहादुर महराले समेत प्रचण्डको साथ छाडेको खालका चर्चा चल्यो । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौनदुव्र्यवहारको आरोप लागेर पुर्पक्षका लागि जेल समेत परेका महराले पहिलोपटक विज्ञप्ति नै प्रकाशित गरे, महराको त्यो विज्ञप्ति अर्थपूर्ण थियो ।
स्मरणीय छ, द्वन्द्वकालमा सरकारसँगको वार्ताका लागि प्रचण्डले महरालाई संयोजक बनाएका थिए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछिका सत्ता संघर्षमा महरा प्रचण्डद्वारा प्रयोग गरिएका र प्रचण्डका कारण धेरै लाभ प्राप्त गरेका नेता हुन् ।
प्रचण्ड नेतृत्वको माओवादी विभाजनपछि मोहन वैद्यतिर लागेर पुनः माओवादी हुँदै नेकपा सचिवालय सदस्य तथा गृहमन्त्रालयको जिम्मा पाएका रामबहादुर थापा बादलले पनि प्रचण्ड क्याम्प छाडेको विश्लेषणले नेकपाभित्रको शक्ति समीकरणमा नै फेरबदल ल्याइदियो ।
पढ्नुस् यो पनि:
दुर्लभ 'बाघ' हुन् प्रचण्ड, माछा जस्तो बल्छीमा पर्दैनन् !
माओवादी द्वन्द्कालमा रहेको समयदेखि वैद्य नेतृत्वमा माओवादी विभाजन हुने बेलासम्म पनि थापा निर्णायक थिए । पछिल्लो पटक नेकपा भित्रको विवादको बेलापनि उनी निर्णायक भइदिए । परन्तु, अन्तरमुखी स्वभावका थापाले आफ्नो कित्ता स्पष्ट गरेका छैनन् ।
शनिवारको सचिवालय बैठकअघि नेकपाको विवाद अंकगणितीय चरणमा प्रवेश गरेको र बहुमत सदस्यले ओलीको पक्षमा हस्ताक्षर गरेको प्रचारबाजी भयो । संसदीय दलमा ओलीका ७८, प्रचण्डका ५३ र नेपालका ४३ सांसद रहेकोमा पछिल्लो समय यो समीकरणमा फेरबदल आएको विश्लेषण भयो । दुवै पक्षले आफूसँग बहुमत रहेको दाबी गरेपनि हस्ताक्षर भने कुनै समूहले देखाउन सकेको छैन ।
ओलीसँगको अर्को सम्झौता
वैशाख २० गते शनिवार राति अबेरसम्म चलेको नेकपा बैठकमा नाटकीय समझदारी भयो र नेकपाको विवाद टुंगियो । केपी ओलीसँग आलोपालो प्रधानमन्त्रीको गोप्य सहमति गरेर तत्कालीन एमालेसँग पार्टी एकताको निर्णयमा पुगेका प्रचण्डले शनिवारपनि ओलीसँग केही भद्र सहमति गरेको कुरा भएको बाहिर आएको छ । ओलीले सरकार सञ्चालन गर्ने र आफू पार्टीको एकल अध्यक्ष बन्ने गत मंसिरमा भएको सहमतिअनुसार अगाडि बढ्ने सहमति भएको प्रचण्डले निकटस्थहरूसँग ब्रिफिड गरेका छन् ।
२०७६ मंसिरको पहिलोसाता नेकपा सचिवालय बैठकमा प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने र ओलीले ५ वर्ष नै सरकार सञ्चालन गर्ने सहमति भएको थियो । तर निर्णय भएको केही दिनमै ओलीले आफू नै पहिलो नम्बरको अध्यक्ष भएको र आफैंले मात्र बैठक बोलाउन सक्ने बताएका थिए । त्यसपछि नेकपाभित्र ओली र प्रचण्डको खटपट शुरू भएको थियो । शनिवारको सचिवालय बैठकमार्फत् नेकपामा युद्धविराम भएको छ ।
झण्डै २ दशकदेखि राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रहेका प्रचण्ड एमालेसँग पार्टी एकता गरेपछि छायाँमा परेजस्तो देखिएको छ ।
कांग्रेससँग सत्तासाझेदारी गरिरहेको समयमा एमालेसँग चुनावी तालमेलको निर्णय गरेपछि प्रचण्डको कदमलाई काँग्रेस नेता प्रदीप गिरीले ‘प्रचण्डको आखिरी चमत्कार’ भनेर टिप्पणी गर्दै उनको राजनीतिक यात्रा ओरालो लाग्ने खालको विश्लेषण गरेका थिए । नेकपामा कार्यकारी अध्यक्ष भनिएपनि ओली बिरामी परेको समयमा बाहेक बैठक बोलाउन पाएका छैनन् भने पार्टीमा आफ्नो निर्णय कार्यान्वयन गराउन सकेका छैनन् ।
प्रचण्डको शक्तिमा क्षयीकरणको शुरूआत
शान्ति प्रक्रियामा आएपछि प्रचण्डको पार्टी पटक–पटक टुटफूटको शिकार बन्न पुग्यो । मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजना भएपछि २०७० सालको चुनावमा माओवादी पहिलो दलबाट तेस्रोमा खुम्चिन पुग्यो । २०७२ सालमा संविधान जारी गरेपछि बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरे । त्यहीँदेखि नै प्रचण्डको शक्ति क्षयीकरण शुरू भयो ।
पछिल्लो कालखण्डमा एमालेसँग पार्टी एकता गर्न लागेको भन्दै गोपाल किराँतीले प्रचण्डसँग सम्बन्धविच्छेद गरी माओवादी पार्टी पुनर्गठन गरेका छन् ।
एमालेसँग पार्टी एकता गरेपछिका दिनमा पनि पूर्व माओवादी खेमा एकै ठाउँमा रहेको विश्लेषण भएको थियो । ‘सन्तोषको कुरा प्रचण्डबाट अलग्गिएका समूह ग्रहबाट फुटेका पिण्ड जस्तै बिलाएर गएका छन्, प्रचण्डले आफ्नो हैसियत कायमै राख्नुभएको छ,’ तत्कालीन माओवादीका एक पोलिटब्युरो सदस्यले भने ।
२०७५ जेठ ३ गते आफू नेतृत्वको माओवादी केन्द्रलाई एमालेसँग पार्टी एकीकरण गरेर प्रचण्ड ओलीसँगै नेकपाको अध्यक्ष बनेका थिए । पार्टी एकीकरणको दिन कोटेश्वर र धुम्बराहीमा प्रचण्डलाई पनि ओली समान कुर्सीको व्यवस्था गरिएको थियो । एमालेले बनाएको संगठनमा खेल्नका लागि प्रचण्डले हठात एमालेसँग पार्टी एकताको निर्णय लिएको त्यो बेला विश्लेषण भएको थियो ।
पढ्नुहोस् यो पनि :
पुटिन र मेद्भेदेभको नेपाली संस्करण ओली र प्रचण्ड बन्न सक्लान् ?
यसपटक विवाद चरम उत्कर्षमा पुगेर नेकपा विवाद अंकगणितीय चरणमा प्रवेश गर्न लागेको समयमा प्रचण्ड कित्ताका केही नेताले क्याम्प चेञ्ज भएको चर्चा शुरू भयो । उनीहरूले प्रत्यक्ष रूपमा प्रचण्डको साथ छाडेको नबताएपनि सरकारको नेतृत्व फेरबदलमा लाग्न नहुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
‘उहाँहरूले खाइपाइ आएको पद खोसिन्छ कि भनेर पद जोगाउन कसैको चाकडी गर्नु भएको हो,’ पूर्वमाओवादी कित्ताका एक केन्द्रीय सदस्यले भने, ‘पूर्व एमालेका नेताहरू नै तिरस्कृत भएको समयमा हाम्रा कमरेडहरू भ्रममा हुनुहुन्छ ।’
कुर्सी फाल्ने र ल्याउने काम किन भइरहेको छ ?
पार्टी एकीकरणपछि प्रचण्ड पूर्व माओवादीलाईभन्दा पूर्व एमाले नेताहरूसँग सम्बन्ध विस्तार गर्ने र पार्टीमा पकड जमाउने रणनीतिमा लागेको उनी निकटस्थहरू बताउँछन् ।
नेकपा स्थायी कमिटी सदस्य गणेश साह भने एमालेसँग पार्टी एकीकरण गर्दाको सहमतिबाट पछि हट्दा प्रचण्डले पूर्व माओवादी या उनीसँग आएका नेताको विश्वास गुमाउने खतरा औल्याउँछन् ।
‘पार्टी एकता गर्दाको सहमति बिर्सेर परिवारका सदस्य र आफ्ना मान्छेको मन्त्री पद टिकाउन प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको टिप्पणी पनि भयो,’ साहले लोकान्तरसँग भने, ‘पार्टीका नेता कार्यकर्ताभन्दा बाहिरी व्यक्तिसँगको घुलमेल भयो । आफ्ना नेता कार्यकर्तासँग सम्पर्क टुट्दा माथिल्लो पदमा बसेको नेता स्वतः कमजोर हुन्छ ।’
पूर्व माओवादी खेमाका नेताहरू भने प्रचण्ड ‘फरक धातु’ले बनेको नेता भएकाले सामान्य उतारचढावले उनको शक्ति क्षयीकरण नहुने दाबी गर्छन् ।
पढ्नुहोस् यो पनि :
प्रचण्ड अर्थात् प्रधानमन्त्री बनाउने 'कारखाना' !
भर्खरै राष्ट्रिय सभाको २ वर्षे कार्यकाल पूरा गरेका नेकपा केन्द्रीय सदस्य कालीबहादुर मल्ल ‘प्रचण्ड’ कहिलै घिसेपिठेमा अल्झिने मान्छे नभएको दाबी गर्छन् ।
‘माओत्सेतुङ पनि पार्टीमा अल्पमतमा परेका हुन्, तर उनको नाममा विचारधारा नै बन्यो,’ मल्लले लोकान्तरसँग भने, ‘आजको दिनमा क्षय हो कि, प्लस हो कि माइनस हो विश्लेषण हुँदै गर्ला तर प्रचण्डचाहिँ नेकपालाई मजबुत बनाउन र कम्युनिस्ट आन्दोललाई अगाडि बढाउन लागि पर्नुभएको छ ।’
केन्द्रीय सदस्य मल्ल प्रचण्ड मात्र नभई सबै कम्युनिस्ट नेताहरू हिजोको कम्युनिस्ट मूल्य मान्यताबाट विचलित भएको टिप्पणी गर्छन् । ‘हिजोको मूल्य मान्यतामा केही स्खलित भएका छौं, पश्चिमा संस्कारको भद्दा नक्कल, केक काटेर जन्मदिन मनाउने जस्ता कुराबाट हिजो जसको धज्जी उडाइयो त्यो ठीक होइन भन्यौं, त्यही बाटोमा हामी हिँडिरहेका छौं, सच्चिनुपर्छ,’ उनले भने ।
माओवादी आन्दोलनमा सामेल भएका अर्का एक नेता एमालेमा बिलयपछि प्रचण्डको सौर्य कम भएको विश्लेषण गर्छन् । ‘उहाँको कुर्सी कहिले फाल्ने र कहिले ल्याउने काम किन भइरहेको छ ? कारण खोज्नुपर्दैन ?’ उनले प्रश्न गरे ।
तर पनि केन्द्रीय सदस्य मल्ल प्रचण्डको शक्तिमा ह्रास आएको मान्न तयार छैनन् । ‘दुःखको कुरा के भयो भने केन्द्रीय समिति बैठकबाट प्रस्ताव पास हुने कुरा नै दुर्भाग्य भयो । नेताहरूलाई आशंका कोरल्ने ओथारो बनेछ, केन्द्रीय कमिटी बैठकदेखिको परिणाम अहिले देखिएको छ ।’
'प्रचण्डको हात नै माथि ?'
नेकपाभित्रको पछिल्लो अन्तरसंघर्षमा फेरि पनि प्रचण्डको हात माथि परेको पूर्व माओवादीको विश्लेषण छ । सरकार र पार्टीमा एकलौटी ढंगले अगाडि बढिरहेका ओलीले पहिलोपटक सचिवालय बैठकमा आत्मआलोचना गर्ने अवस्थाको सिर्जना हुनु आफूहरूको उपलब्धि भएको पूर्वमाओवादी खेमाको विश्लेषण छ ।
‘ओलीले स्थायी कमिटी बोलाउन चाहनुभएको थिएन, प्रचण्डको दबाबपछि स्थायी कमिटीको बैठक तय भयो, यो पनि उपलब्धि हो,’ नेता हरिबोल गजुरेलले लोकान्तरसँग भने ।
शनिवार सचिवालय बैठकमा भएको सहमति कार्यान्वयन कसरी अगाडि बढ्छ र स्थायी कमिटी बैठकले के निष्कर्ष निकाल्छ यसले पनि नेकपाभित्र प्रचण्डको प्रभावको निर्धारण गर्नेछ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...