मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उपप्रधान तथा रक्षामन्त्री एवं सरकारबाट गठित कोरोना रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि (संयोजक) भायालेरि जुलियड तथा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा जोस भान्देलयरले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन्।
उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमणलाई नेपालमा फैलन नदिन नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यस विषयमा विभिन्न तहमा समिति बनाई गम्भीरताका साथ कार्य गरिरहेको बताए।
सरकारले गरिरहेका कार्यहरूको सराहना तथा यससम्बन्धी विषयमा दिनुभएका सुझावलाई धन्यवाद व्यक्त गर्दै उनले सरकारले गरेको लकडाउन, सीमा नियन्त्रण, विभिन्न प्रदेशबाट कोरोनाको जाँच र परीक्षणको अवस्था, कोरोना रोगको उपचारका लागि निश्चित अस्पतालको व्यवस्थाबारे जानकारी गराए।
उपप्रधानमन्त्री पोखरेलले विदेशबाट आएका र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने जस्ता कार्यले मुलुकमा कोरोनाको सङ्क्रमणलाई हालसम्म नियन्त्रणमा राख्न सफलता मिलेको बताए। उनले लकडाउनको अवधिमा जनतालाई अत्यावश्यक वस्तु तथा सेवाको उचित वितरण मिलाउन र अभावको महसुस हुन नदिन सरकारले प्रदेश तथा स्थानीय सरकारसँग समेत समन्वय गरिरहेको बताए।
उनले सरकारले सीमित साधन स्रोतको बाबजुद विभिन्न तहमा समन्वय मिलाई कोरोना रोगको रोकथामका लागि सक्दो प्रयास गरिरहेको र नेपालमा मानवीय सहायतालगायत विभिन्न वस्तुको ढुवानी गर्ने हवाई साधनलाई आवश्यक प्रक्रिया पूरा गरी सहमति दिने गरिएको जानकारी गराए।
उपप्रधानमन्त्री पोखरेलले मानवीय सहायताअन्तर्गत प्राप्त औषधि, स्वास्थ्योपकरण लगायतका वस्तुलाई प्राथमिकता साथ भन्सार जाँचपास हुने व्यवस्था मिलाइएको बताए। उनले सरकारले तत्काललाई कृषि उत्पादनसँग जोडिएको उद्योग, साना तथा मझौला व्यवसाय, जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेर आवश्यक सहजीकरण गर्न सकिने स्पष्ट पारे।
संयुक्त राष्ट्रसङ्घ एवं विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल सरकारले चालेको लकडाउन, सीमा नाकाबाट हुने मानिसको आवतजावतमा नियन्त्रण, सङ्क्रमणको आशङ्का भएका मानिसलाई परीक्षण गरी निश्चित अवधिसम्म क्वारेन्टाइनमा राख्नेलगायतका उपायहरूको सराहना गर्दै यसबाट कोरोना रोगलाई नियन्त्रणमा राख्न सफलता मिलेकोप्रति प्रशंसा गरे।
प्रतिनिधिले लकडाउनको अवधिमा बालबच्चाको पठनपाठनलाई अवरुद्ध हुन नदिन उपयुक्त उपाय अवलम्बन गर्न पनि आवश्यक रहेको र लकडाउनको अवधिमा सरकारले वितरण प्रणालीलाई सुचारु राख्न अवलम्बन गरेका उपायहरूको प्रशंसा गरे। साथै, भौतिक र सामाजिक दूरी कायम राख्ने विषयलाई अझ कडाइका साथ पालन गर्न आवश्यक रहेको उनीहरुले सुझाव दिएका थिए।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...