कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
लकडाउन र कोरोना भाइरस संक्रमणका कारण अबरुद्ध भएका विकास योजनालाई बाग्लुङमा निरन्तरता दिइएको छ ।
विशेषगरी राष्ट्रिय गौरवका आयोना तथा नगर विकास कोषको अनुदानमा गरिने काम थालिएको हो ।
दुई महिनादेखि अवरुद्ध भएपछि तोकिएको समयमा सक्नैपर्ने बाध्यताका योजनामा काम थालिएको बाग्लुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दण्डपाणि शर्माले बताए ।
नेपाल सरकारको गृहमन्त्रालयले जारी गरेको सात बुँदे निर्देशन पालना गर्ने गरी स्थानीय मजदुरबाट सामाजिक दूरी कायम गरेर गर्न सकिने काम मात्रै थालिएको हो ।
'हामीले नयाँ सम्झौता गरिएको छैन, पुराना सक्नैपर्ने काममा हात हालेका हौं', शर्माले भने, “असार मसान्तसम्म नसक्दा अनुदान गुम्ने आयोजनामा स्थानीय मजदुर प्रयोग गरेर सक्न निर्देशन दिएका हौं ।'
बाग्लुङ बसपार्कको काम पनि थालिएको छ । वैशाख २५ गते म्याद सकिनै लागेको बसपार्कको कामलाई लकडाउनकै समस्या देखाएर असार मसान्तसम्म लम्ब्याउन पाइने भएपछि काम थालिएको हो ।
तर बसपार्कको सबै काम सकिनेमा भने नगरपालिका पनि विश्वस्त छैन ।
ठेकेदार कम्पनीले स्थानीय मजदुर खोजेर काम गर्न थालेको बताएको छ । तर कामदार अभावले समयमा नसकेमा म्याद थप्न आग्रह पनि गरेको छ ।
नगर विकास कोषको अनुदानमा गत भदौमै बसपार्क निर्माण सकिने गरी निर्माण थालिएको थियो । करोडौं रकम फ्रिज गर्नुभन्दा तीन महिनामा धेरै काम सकिएला भनेर लगाएका हौं', शर्माले भने, 'काम नसकिएमा नगर विकास कोषमा थप अनुरोध गरेर काम सक्न पहल हुनेछ ।'
नगरपालिकाले बलेवातर्फ कुश्मीसेरा जाने सडक, भीरलाँकुरीमा निर्माण गर्न लागिएको खानेपानीट्याङ्की बनाउने तथा खानेपानी विस्तार योजना र प्रदेश सरकारको अनुदानबाट गरिने काममा शर्तसहित थालिएको हो ।
यसअघि अन्य पालिकाले पनि लकडाउनको समयमा बसेका मजदुर प्रयोग गरेर विकास निर्माण थाल्ने तयारी गरेका थिए । तीमध्ये बरेङ गाउँपालिकाले मजदुर खोजेर काम थाल्ने बताएको थियो । जैमिनी, गलकोटलगायतका नगरपालिकाले भएकै मजदुर प्रयोग गरेर सडक, पुल र खानेपानी आयोजना निर्माणमा तीव्रता दिएको बताएका छन् ।
अधिकांश विकास योजनामा बाहिरी जिल्लाका मजदुर आउने चलनले धेरैजसो विकास प्रभावितसमेत भएका छन् । बाग्लुङभित्रैका मजदुरबाट सदरमुकामको ढल निकासलगायतका अन्य काम पनि गर्ने तयारी छ । नगरपालिकाले झण्डै एक हजार १०० जनालाई राहत वितरण गर्दा अधिकांशले मजदुरी गर्ने भन्ने बताएका थिए ।
उनीहरूमध्ये धेरैजसो नगरभित्रै अस्थायी बसोबास भए पनि चाडपर्वबाहेकका समयमा घर नजानेहरु भेटिएकाले काममा लगाउन सकिने नगरप्रमुख जनकराज पौडेलले बताए ।
नगरभित्रका साना आयोजना भने चालू वर्ष शुरू गर्ने/नगर्ने अझै स्पष्ट भएको छैन । 'कतिपय बजेटलाई स्वास्थ्य र उद्धारका क्षेत्रमा लगाउनुपर्नेछ, असारमा सक्नैपर्ने ठूला आयोजना थाल्ने, अन्यलाई पछि गर्ने कुरा छ', उनले भने, 'केही आयोजना सकेर तयारी हालतमा पनि पुगिसकेका छन् ।'
रामरेखादेखि पाङ जोड्ने झोलुङ्गेपुल तयार भएको उनले बताए । औपचारिक उद्घाटन गर्न मात्र बाँकी रहेको यो पुल संसारकै लामो झोलुङ्गेपुल भएको अनुमान छ ।
नगरपालिकाले उक्त पुललाई गिनिजबुकमा नाम लेखाउन प्रयास पनि थालेको छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...