×

NMB BANK
NIC ASIA

घरमै औषधि पाएपछि गाउँमा खुशी

बैशाख २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फेदीखोला गाउँपालिकाले  नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि आफ्नो स्वास्थ्यप्रति चिन्तित बनेका स्थानीयवासीमा भने यतिबेला खुशी छाएको छ । 

Muktinath Bank

दीर्घरोगी एवं नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले घरघरमै औषधि पुर्‍याउन थालेपछि लकडाउनका कारण अस्पताल जान नपाएर समस्यामा परेका स्थानीयवासी गाउँपालिकाबाट घरमै आएर औषधि दिन थालेपछि खुशी भएका छन् ।
 
मिर्गाैलामा आएको समस्याका कारण नियमितरूपमा औषधि सेवन गर्दै आउनुभएकी फेदीखोला गाउँपालिका–२ का २७ वर्षीया सम्झना केसी लकडउनको शुरुमा समस्यामा परे पनि अहिले भने खुशी भएकी छिन् । केसीले भनिन्, 'मैले मिर्गाैलाको प्रत्यारोपण गरेको हुनाले नियमित औषधि खानुपर्ने हुन्छ । सरकारले लकडाउन घोषणा गरेसँगै औषधि किन्नका लागि समस्या भएको थियो, अहिले गाउँपालिकाले नै स्वास्थ्य परीक्षण र औषधि लिनका लागि काठमाडौँ जानेआउने व्यवस्था मिलाएको छ । गाउँपालिकाको यो कामबाट म निकै खुशी छु ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत चार÷पाँच वर्षदेखि मिर्गाैलाको समस्या झेल्दै आउनुभएकी केसीले भनिन्, 'महिनामा रु २० हजारभन्दा बढीको औषधि खानुपर्छ । काठमाडौँ बाहिर किन्दा १० दिनको औषधिलाई नै रु १४ हजार लिने गरेकाले औषधिका लागि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । गाउँपालिकाले लकडाउनको बेलामा ठूलो सहयोग गरेको बताउँदै नियमित औषधि सेवन गर्नुपर्ने भएकाले औषधिका लागि पनि केही सहयोगको अपेक्षा गरेको बताइन्।
 
यसैगरी नियमित औषधि खाँदै आउनुभएका फेदीखोला–४ का कृष्णप्रसाद पौडेलले गाउँपालिकाले घरमै औषधि ल्याएर दिने गरेकामा खुशी लागेको बताए। कृष्णप्रसादका छोरा प्रदीपले भन्नुभयो, 'बुवालाई नियमित औषधि खानुपर्ने हुन्छ, यस्तो लकडाउनका बेलामा पनि गाउँपालिकाले स्थानीय जनताको समस्या बुझेर घरमै आएर औषधि दिने व्यवस्था मिलाएकामा हामीलाई धेरै खुशी लागेको छ ।' अहिले औषधिको कुनै पनि समस्या झेल्न नपरेको पौडेलले बताए ।


Advertisment
Nabil box
Kumari

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लकडाउनका कारण नियमित औषधि खानुपर्ने बिरामीका लागि समस्या नहोस् भनेर घरघरमा औषधि पुर्‍याउने व्यवस्था मिलाएको बताए। गाउँपालिकाले औषधि व्यवस्थापनका लागि तीन सदस्यीय समिति बनाएर नियमित औषधि सेवन गनुपर्ने बिरामीको तथ्याङ्क सङ्कलन गरेरे आवश्यकताका आधारमा औषधि खरिद गरेर घरघरमा पुर्‍याउने गरेको समितिका सदस्य सुजन पोखरेलले बताए। 
 

Vianet communication
Laxmi Bank

सुन्तला कृषकलाई आधुनिक हातेट्र्याक्टर
 
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङ्जाले भिरकोट नगरपालिकामा सुन्तला खेती गर्दै आएका कृषक समूहलाई आधुनिक हातेट्र्याक्टर प्रदान गरेको छ । हातेट्र्याक्टर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख छायाँराम खनालले औजारको सही सदुपयोग गरेर आफ्नो उत्पादनलाई थप बढवा दिन आग्रह गरे। नगरप्रमुख खनालले भने, 'राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गरी बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्नुस्, नगरपालिकाले पनि किसानका लागि आवश्यक सहयोग गर्छ ।' 

नगरप्रमुख खनालले नगरपालिकाले नगरभित्र रहेको बाँझो जमिनको लगत निकालेर माटो सुहाउँदो खेती लगाउने योजनामा रहेको र सो कार्यका लागि पनि यो हातेट्र्याक्टर महत्वपूर्ण हुने बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले ५० प्रतिशत अनुदानमा कृषकलाई हातेट्र्याक्टर वितरण गरिएको जानकारी दिए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x