×

NMB BANK
NIC ASIA

धरहरा ३८ र रानीपोखरी ८८ प्रतिशत सम्पन्न, काम सुचारु

बैशाख २५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः शुरू भएको छ ।

Muktinath Bank

लकडाउनका कराण रोकिएको धरहराको निर्माण गत शनिबार र रानीपोखरीको पुनःनिर्माण आइतबारदेखि शुरू गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार सामाजिक दूरी र स्वास्थ्यलाई ध्यानमा राख्दै निर्माण पुनःसञ्चालन गरिएको हो ।


Advertisment
Nabil box
Kumari

लकडाउनका कारण काठमाडौंमा नै रोकिएका पुराना कामदारबाट काम शुरू भएको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

धरहरा निर्माणको काम लकडाउनमा पनि केही हदसम्म भएकै थिए । पानी फाल्ने  ढुङ्गा फाल्ने काम मजदूरले जारी नै राखेका थिए ।

'लकडाउनमा धरहरा निर्माणका साना कामहरु भइरहेका थिए तर हामीले गत शनिबारदेखि निर्माणको कार्य शुरू गरेका हौँ, लकडाउनका अवधिमा सबै कामदारहरु एकै ठाउँमा सुरक्षित रुपमा बसेका थिए', उनले भने, 'काम शुरू हुनुभन्दा अगाडि र पछाडि दैनिक थर्मल गनले शरीरको तापक्रम नाप्ने, कामदारलाई मास्क, पञ्जा, स्यानिटाइजर र ढोकामा साबुनपानी राखिएको छ । बाहिरका मान्छेहरु भित्र आउन दिइएको छैन भने भित्रका कामदारहरु बाहिर निस्किएका छैनन् ।'

हाल धरहरा पुनःनिर्माणमा हालसम्म रु ९० करोड खर्च भई ३८ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । 

हाल दैनिक ४५ कामदारले धरहरा पार्किङको तेस्रो बेसमेन्टको बाल्टा बनाउने कार्य गरिरहेका छन् । टावर बनाउने अरु कामदार सप्तरीमा रोकिँदा पुनः निर्माण गर्न नसकिएको उनले जानकारी दिए ।

रानीपोखरी र मन्दिरमा २० कामदार

लकडाउनका कारण रोकिएको पुरातात्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण गत आइतबारदेखि पुनः शुरू भएको छ ।

काठमाडौंमा रोकिएका कामदारबाट पोखरी र मन्दिर निर्माण शुरू गरिएको उनले जानकारी दिए ।

उनका अनुसार हाल १९ जना कीर्तिपुर र काठमाडौंका स्थानीयवासीले पोखरीमा माटो  राख्ने काम गरेका छन् भने सात कामदारले मन्दिर र पुलको काम शुरू गरेका छन् ।

उनका अनुसार पोखरीको ८८ तथा पुल र मन्दिरको ४२ प्रतिशत निर्माण सम्पन्न भएको छ । हाल मन्दिरको दोस्रो तलामा काठका खाम राख्ने र पुलमा गुम्बज बनाउने कार्य भएको छ ।

सौन्दर्यका लागि भक्तपुरका कामदार ल्याउन नसक्दा काम रोकिएको उनले जानकारी दिए ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो ।

मन्दिर, मन्दिरसम्म जाने पुल र वरपरको बगैँचा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएरतुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो ।

प्राधिकरणले मन्दिर निर्माणका लागि रु चौध करोड २७ हजार ५५७ मा ठेक्का र उपभोक्ता समितिमार्फत रानीपोखरीको पीँधमा कालो माटो राख्ने र वरपरका क्षेत्रमा पर्खाल लगाउने कार्यका लागि रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनःनिर्माणको शुरूआत रानीपोखरीबाट गरिएको थियो ।

भूकम्प गएको १० महिनापछि अर्थात् माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गरेकी थिइन् । समुन्द्रा घिमिरे/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x