कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
इस्लामिक मुलुक इन्डोनेसियाको बालीमा हिन्दू समुदायका मानिसहरू बस्ने गर्छन् ।
बालीमा नयाँ वर्षको पहिलो दिन न्येपी नामक उत्सव मनाइन्छ ।
यो मौन दिवस हो । यसबेलामा मानिसहरू घरैमा २४ घन्टा बिताउँछन् । उनीहरू बितेको वर्षको मूल्यांकन गर्छन् र आगामी समयका लागि आफूलाई तयार पार्छन् ।
नयाँ वर्षको पहिलो दिन आँधी आएपछिको शान्ति जस्तै हुन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा बालीमा निकै धूमधडाका हुन्छ ।
महिनौं अघिदेखि मानिसहरू बाँस र कागजबाट दानवको विशाल पुत्ला बनाउन थाल्छन् । पुत्लालाई ओगोह ओगोह भनिन्छ ।
नयाँ वर्षको एक दिनअघि भव्य समारोहमा गेमेलन ब्यान्डका साथ ती पुत्लाहरूलाई परेड गराइन्छ ।
बालीका मानिस पेनग्रुपुकन नामक संस्कार पालन गर्छन् । नरिवलका सुक्खा पातको बलिरहेको मुठोलाई मन्दिर र भवनहरूको फेदमा रगडिन्छ अनि बाँसको बेत ठोकेर दानवलाई भाग् भाग् भनिन्छ ।
समय बितेसँगै नयाँ वर्षको पूर्वसन्ध्याको यो समारोह ठूलो सार्वजनिक उत्सव बनेको छ । टोलहरूमा बाँसको मसाल बालेर शहरलाई दानवमुक्त गराउने कामना राखिन्छ ।
बालीमा नयाँ वर्ष शक संवत् अनुसार मनाइन्छ ।
शक राजवंशको स्थापना ईस्वी संवत् ७८ मा राजा कनिष्कले गरेका थिए । हिन्दू प्रचारकहरू यसलाई लिएर जाभा पुगेका थिए र त्यतैबाट बाली पुगे ।
न्येपीको उत्सव नयाँ वर्षभन्दा तीन दिनअघि नै शुरू गरिन्छ । मेलास्तीको संस्कारमा देवताहरूको पवित्र मूर्तिलाई मन्दिरबाट निकालेर समुद्र तट, झर्ना वा नदीतिर लगिन्छ ।
त्यहाँ उनीहरूको शारीरिक तथा आध्यात्मिक अशुद्धि हटाइन्छ र शुद्ध बनाइएका देवताको पूजा गरिन्छ ।
यसपालि कोरोनाभाइरसको प्रकोपका कारण यस उत्सवमा भीडभाड गरिएन ।
त्यसो त कोरोनाभाइरसको संक्रमण रोक्न घरबाट मानिसलाई निस्कन नदिइएको बेलामा बालीमा २४ घन्टाका लागि प्रत्येक वर्ष मौन रहने र घरबाट ननिस्कने परम्परा नै छ ।
मानिसहरूले घरमै समय बिताउनुपर्ने हुन्छ । आगो बालिँदैन, बिजुलीबत्ती पनि बालिँदैन । कुनै काम पनि गरिन्न, मनोरञ्जन पनि गरिन्न ।
सबै व्यापार व्यवसाय बन्द गरिन्छ । विमानस्थल पनि २४ घन्टा बन्द गरिन्छ ।
केही मानिस उपवास समेत बस्छन् । उनीहरू फोन पनि स्विच अफ गर्छन् र एकदमै जरूरी पर्यो भने साउती मार्ने काम मात्र गर्छन् । कुकुर र कुखुराहरू पनि अन्य दिनभन्दा कम आवाज निकाल्छन् ।
स्थानीय प्रहरीले सडक र समुद्र तटमा गश्ती गरेर कुनै पनि व्यक्तिलाई नियम तोड्न दिँदैनन् ।
कुनै दानव आयो भने पनि निर्जन टापु रहेछ भनी बुझेर फर्किनेछ भनी बालीका मानिस विश्वास गर्छन् ।
२४ घन्टाका लागि मात्र भए पनि न्येपीको सकारात्मक असर वातावरणमा पनि देखिन्छ ।
इन्डोनेसियाको मौसमविज्ञान, जलवायु विज्ञान एजेन्सीले सन् २०१५ मा गरेको अध्ययनमा मौन दिवसको दिन बालीको शहरी क्षेत्रमा हावामा फैलिने धूलोका कण ७३ देखि ७८ प्रतिशत कम भएको पाइयो ।
जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानलको विश्लषणमा पनि न्येपी दिवसमा ग्रीनहाउस ग्यासको उत्सर्जन ३३ प्रतिशतले कम भएको पाइयो ।
संसारको आधा जनसंख्या लकडाउनमा हुँदा बालीमा शताब्दियौंदेखि चलिरहेको संस्कृतिबाट पाठ सिक्ने राम्रो अवसर प्राप्त भएको छ ।
बीबीसीबाट
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...