×

NMB BANK
NIC ASIA

स्थानीयतहको कोरोना कोषमा प्याब्सनको सहयोग

बैशाख २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरका विभिन्न समितिले स्थानीय तहलाई खाद्यान्नदेखि नगदसमेत सहयोग गरेका छन् ।
 
प्याब्सन मध्यपुरथिमि नगर कार्यसमितिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) बाट प्रभावित भएका गरिब, असाहय, विपन्न र मजदुर वर्गलाई दैनिक बिहान, बेलुका निःशुल्क खाना खुवाउँदै आएको मध्यपुरथिमि नगरपालिकालाई खाद्यान्न सहयोग गरिएको छ । समितिले मध्यपुरथिमि नगरपालिकाको कोभिड–१९ विपद् व्यावस्थापन कोषमार्फत वितरण गर्ने गरी रु दुई लाख एक हजार ५०० बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
 
मध्यपुरथिमि नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरुको तर्फबाट प्याब्सन मध्यपुरथिमि नगर कार्यसमितिका अध्यक्ष निलेश आचार्यको नेतृत्वमा गएको टोलीले नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई १०० बोरा चामल, १०० किलो दाल र तेल २० कार्टुन हस्तान्तरण गरेका हुन् । 

Muktinath Bank

    सो अवसरमा नगरप्रमुख श्रेष्ठले थिमि नगरभित्र रहेका नगदेश, बोडे, पुरानो थिमि, गठ्ठाघरलगायत विभिन्न स्थानका विपन्न परिवारका नौदेखि १० हजार जनालाई १६ दिनदेखि दैनिक दुई छाक खाना खुवाउँदै आएको बताउँदै प्याब्सनको सहयोगले निःशुल्क खाना खुवाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    प्याब्सन मध्यपुरथिमि अध्यक्ष आचार्यले नगरपालिकाले गरेको उदाहरणीय कार्य र कोरोना नियन्त्रणमा निजी विद्यालयहरुको पनि दायित्ववोध गर्दै नगरपालिकालाई खाद्यान्न सहयोग गरेको बताए ।
 
    प्याब्सन भक्तपुर अध्यक्ष चन्द्र अधिकारीले विद्यालय सञ्चालनदेखि विद्यालयको भविष्यका बारेमा समेत चिन्तित बनेको प्याब्सन कोरोना सङ्क्रमणको.जोखिम न्यूनीकरणमा समेत सरकारसँग हातेमालो गर्न अग्रसर रहेको बताए ।


Advertisment
Nabil box
Kumari

    त्यसैगरी प्याब्सन सूर्यविनायक नगरसमितिले सूर्यविनायक नगरपालिकाको कोरोना विपद् कोषमा जम्मा हुनेगरी रु तीन लाख पाँच हजार सहयोग गरेको छ ।  नगरपालिकाका प्रमुख वासुदेव थापालाई समितिका अध्यक्ष सानुराजा कार्की नेतृत्वमा गएको प्याब्सन भक्तपुरका सल्लाहकार भुवनलाल श्रेष्ठ, समितिका उपाध्यक्ष दिनेश मैनाली, सचिव विनोद काफ्ले, कोषाध्यक्ष भोला चौधरीसहितको टोलीले सो रकम हस्तान्तरण गरेका हुन् ।

Vianet communication
Laxmi Bank

    सूर्यविनायक नगरपालिका क्षेत्रभित्र रहेका ३२ संस्थागत विद्यालयबाट सङ्कलन गरिएको कूल रु चार लाख ७५ हजारमध्ये रु तीन लाख पाँच हजार सूर्यविनायकको कोभिड–१९ विपद् व्यवस्थापन कोषका लागि हस्तान्तरण गरेको कोषाध्यक्ष भोला चौधरीले जानकारी दिए । सङ्कलित रकममध्ये बाँकी रहेको रु ७० हजार प्याब्सन केन्द्रीय कमिटीमार्फत राष्ट्रिय कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गरिने उहाँले जानकारी दिए ।

    त्यसैगरी चाँगुनारायण प्याब्सन नगर कार्यसमितिले चाँगुनारायण नगरपालिका कोरोना विपद् व्यवस्थापन कोषका लागि रु एक लाख एक हजार सहयोग गरेको छ । समितिका अध्यक्ष राममणि न्यौपाने नेतृत्वसहित पदाधिकारी टोलीले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
 
सो अवसरमा नगरप्रमुख मिश्रले प्याब्सनको सहयोगले कोष अझै मजबुद भएको बताउँदै नगरपालिकाले अप्ठ्यारोमा परेका नागरिकलाई राहत सामग्रीदेखि दैनिक ज्यालामा कामसमेत दिन थालेको जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x