×

NMB BANK
NIC ASIA

कृषि उपजलाई बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले सहयोग गर्ने

बैशाख २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं उपत्यकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणका लागि कृषि ज्ञान केन्द्र ललितपुरले स्थानीय तहसँग समन्वय गर्ने भएको छ । 

Muktinath Bank

ललितपुरमा आइतबार आयोजित ‘कृषि बजार र उपत्यकामा यसको बैकल्पिक सम्भावना’ विषय कृषि उद्यमीसँगको अन्तक्र्रियामा कृषि बजारीकरणका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तक्र्रियामा बैकल्पिक बजारहरु मार्फत कृषकका समस्या सम्बोधन गर्न प्रयास गर्ने समेत निर्णय भएको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमख निर्मल गदालले कृषि ज्ञान केन्द्रले आगामी दिनमा प्रदेश अन्तर्गतका उत्पादन क्षेत्रबीच समन्वय गरी विविधायुक्त तरकारी उपजको बजारीकरणका लागि कृषकलाई सघाउने बताए । 


Advertisment
Nabil box
Kumari

उनले कृषि उद्यमी परिचयपत्रलाई निरन्तरता दिइने, कृषि उपजका ढुवानीमा परेका बाधा व्यवधानलाई ज्ञान केन्द्रले आवश्यक सहजिकरण गर्ने समेत बताए । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘कोभिड –१९ ले कृषिमा पारेको प्रभावबारे अध्ययान गर्न, नीतिगत तहमा पारेको प्रभावबारेमा पनि कृषि ज्ञान केन्द्रले अध्ययन गर्नेछ ।’

यस्तै विषादी परीक्षणलाई बिस्तार गर्दै ज्ञान केन्द्रले थप कार्यक्रम अगाडी बढाउने, कृषि उद्यमीहरु(बजार लगायत अन्यकर्ताहरु) लाई सूचिकृत गरी तथ्यांक आवधिक गर्ने समेत प्रमुख गदालले बताए । उनले कृषि ऋण र अनुदानमा नयाँ प्याकेज ल्याउन लागिएको समेत जानकारी गराए । 

८४ हजार मेट्रिक टन बर्खे तरकारी उपत्यकामा 
कृषि ज्ञान केन्द्रले आगामी चार महिनाको अवधिमा ८४ हजार मेट्रिक टन तरकारी बजारमा आउने बताएको छ । 

उक्त तरकारी काठमाडौं, ललितपुर र भक्तपुरमा उत्पादन हुनेछ । ज्ञान केन्द्रका प्रमुख गदालले जेठ, असार, साउन र भदा गरी चार महिनाको अवधिमा ६३ करोड बराबरको ८४ हजार १ सय ६८ टन तरकारी बजारमा आउने बताए । 
यी तरकारी खपतका लागि बैकल्पिक बजारको आवश्यक रहेको भन्दै उनले त्यसतर्फ किसानले ध्यान दिनुपर्ने र ज्ञान केन्द्रले पनि समन्वय गर्ने बताए । 
 

‘किसानलाई बजारसम्म पुग्नै समस्या’

अन्तक्र्रियामा सहभागि कृषि उद्यमीहरुले किसानलाई बजारसम्म पुग्नै समस्या हुने गरेको बताएका छन् । 

कृषि उद्यमी मनोज आचार्यले किसानलाई भएका बजारमा पनि लकडाउनका कारण पुग्न समस्या भएको गुनासो गरे । 

उनले भने, ‘कृषि उपज लिएर डोर टु डोर पुग्न समस्या छ । पास, परिचयपत्र छैन । ढुवानीमा समस्या भएको छ ।’ उनले आगामी  दिनमा अनलाईन मार्केटिङको क्षेत्र बढाउनुपर्ने बताए । 

कृषि उद्यमी एवं अर्गानिक ट्रेड सेन्टर प्रालिका प्रवन्ध निर्देशक कृष्ण न्यौपानेले उपत्यकामा नै तरकारी उत्पादन हुँदा पनि प्रशासनकै सुरक्षामा भारतबाट तरकारी आयत हुने गरेको बताए । 

मेट्रो तरकारी अनलाईनका सञ्चालक अनिल बस्नेतले लकडाउनका समयमा  १४ गुणा बढी अनलाईन मार्फत तरकारी विक्रि हुने गरेको बताए । 

उनले कृषि बजारीकरणका लागि तरकारी बेच्ने ठेलागाडा, किनारा पसलसँग पनि समन्वय गर्नुपर्ने बताए । 

कृषि उद्यमी रामकृष्ण भण्डारीले पछिल्लो समय बजारीकरणको समस्या भएको भन्दै राज्यले कृषि अनुदान भन्दा सहज रुपमा कृषि ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x