नेप्सेमा ‘हेल्प डेस्क’ स्थापना

धितोपत्रको दोस्रो बजार कारोबारमा आउन सक्ने सम्भावित गुनासो समाधानका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।

धितोपत्र बोर्डमा वैशाख २६ गते भएको सरोकारवालाको बैठकमा लगानीकर्ताको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्ने विषयमा सहमति भएको थियो । 


Advertisement

कारोबारका क्रममा कुनै पनि समस्या वा गुनासा आएमा हेल्प डेस्कमा सम्पर्क गर्न सकिने स्टकका सहायक प्रवक्ता आकृति दङ्गालले जानकारी दिइन् ।

नेप्सेले कुनै समस्या भएमा टोल फ्री १६६००१२५०२५ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 


Advertisement

लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मंगलवारदेखि नियमित सञ्चालनमा आउँदैछ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलवारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औं दिनमा खुल्न लागेको हो ।

दोस्रो बजार कारोबार तत्कालका लागि दैनिक २ घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालन हुनेछ । 

कमेन्ट गर्नुहोस्