फागुन २१, २०७९
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
नेपाली भूमि अतिक्रमण गरेर भारतले कालापानी–लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोलेपछि नेपाल–भारत सम्बन्धमा फेरि एकपटक चिसोपना आएको छ ।
विश्व समुदाय कोरोनाको महामारी नियन्त्रणमा केन्द्रित रहेको समयमा भारतले नेपाली भूमि अतिक्रमण गरेर बनाएको बाटो उद्घाटन गर्न देखाएको हतारोले उसको मिचाहा चरित्रलाई उजागर गरेको छ । असल छिमेकीबाट अपेक्षा नगरिने व्यवहार भारतले गरेको छ ।
गत वर्षको नोभेम्बरमा नेपाली भूमिलाई आफ्नो भागमा पार्ने गरी भारतले नयाँ नक्सा जारी गरेपछि शुरू भएको विवाद साम्य नहुँदै वैशाख २६ गते लिपुलेक क्षेत्रमा बाटो उद्घाटन गरेपछि विवाद झनै पेचिलो बनेको छ । विगतमा पनि नेपाल भूकम्पको चपेटामा परेको समयमा लिपुलेकमा व्यापारिक मार्ग बनाउने भनेर भारत र चीनले सहमति गरेका थिए । भारत र चीनबीच भएको त्यो सहमतिको नेपालले विरोध गर्दै आएको छ ।
नेपालको कालापानी–लिपुलेक क्षेत्रमा भारतले बाटो बनाएको घटनाप्रति सरकारले असहमति जनाउँदै भारतलाई विरोधपत्र (कूटनीतिक नोट) जारी गरिसकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर सरकारको धारणा सार्वजनिक गरेको छ भने सत्तारुढ दलका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त विज्ञप्ति जारी गरेर नेपाली भूमि अतिक्रमणको विरोध जनाएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मिचिएको भूमि फिर्ता ल्याउने काममा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली भूमि मिचिएको विरोधमा काठमाडौंका सडकमा दैनिकजसो विरोधका कार्यक्रम भइरहेका छन् । नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ, सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । भारतीय हस्तक्षेपको विरोधमा नेपालभित्र एक स्वर छ तर आफ्नो भूमिमा विदेशी सेना लगाएर बाटो बनाएकोबारे बेखबर रहनु नेपाल सरकारको चरम अकर्मण्यता हो ।
नेपालले कूटनीतिक नोट जारी गरेर विरोध जनाउँदा समेत भारतले गल्ती सच्चाएको छैन, बरु कोरोनाको संकट सकिएपछि छलफल गर्ने भनेर बलमिच्याइँ गर्दैछ ।
यति जटिल विषयलाई भारतले हलुका ढंगले कोरोनापछि छलफल गर्ने भनेर प्रतिक्रिया दिनु समस्या समाधानमा उसको उदासिनता हो । सीमा विवाद समाधानमा भारत लचक नबने यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने आवाजहरू पनि उठिरहेका छन् ।
नेपाली भूमिलाई आफ्नो नक्सामा पारेर भारतले बाटोसमेत बनाइसकेको अवस्थामा नेपालले पनि नेपालको नक्सामा समेटेर नयाँ नक्सा जारी गर्न धेरै ढिलाइ भइसकेको छ । हामीले यसअघि कात्तिक २२ गते नै नेपालले नयाँ नक्सा जारी गर्नुपर्छ भनेर सम्पादकीय लेखेका थियौं । पछि संसदको राज्य व्यवस्था समितिले नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो ।
संसदीय समितिले निर्देशन दिएको ६ महिनासम्म सरकार कानमा तेल हालेर बस्यो, हालसम्म नयाँ नक्सा जारी भएको छैन । सोमवार पनि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मिचिएको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई पुनः निर्देशन दिएको छ ।
भारतले नयाँ नक्सा जारी गरेपछि प्रधामनन्त्री केपी शर्मा ओलीले ‘नक्सा होइन जमिन नै फिर्ता ल्याउने’ भनेर अडान लिँदा उनको प्रशंसा भएको थियो । अब वचनमा होइन, कर्मले नै गर्ने बेला भएको छ । नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाइसकेको अवस्थामा औपचारिकताका लागि भन्दा स्वयं प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पहलकदमी लिनु वान्छनीय हुनेछ ।
प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय तहमा द्विपक्षीय वार्ता गरेर जतिसक्दो छिटो विवाद सल्टाउनुपर्छ ।
भारतीय पक्षसँग वार्ता गर्नुअघि नेपालले लिम्पियाधुरासहित मिचिएका नेपाली भूमि समेटेर नयाँ नक्सा प्रकाशित गरी आफ्नो अडान बलियो बनाउनुपर्छ । नेपालसँग रहेका बलिया तथ्य र प्रमाणसहित भारतसँग वार्ता गरेर नेपाली भूमि फिर्ता लिनुपर्छ । लिपुलेक हुँदै बनेको सडक नेपाली भूमिमा ल्याउने काममा ढिलो गर्नु हुँदैन ।
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...