नेकपा स्थायी कमिटी बैठक – यी दुई एजेण्डामा हुनेछ छलफल

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

फाइल तस्वीर

बुधवारका लागि बोलाइएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई सुझाव दिने र सीमासम्बन्धी विवादका बारेमा छलफल गरिने एजेण्डा तय भएको छ ।

बैठकमा अन्य एजेण्डा तय नगरिएको महासचिव विष्णु पौडेलले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

‘नीति तथा कार्यक्रममा सरकारलाई सुझाव दिने र लिपुलेकमा देखिएको समस्या हल गर्ने विषयलाई एजेण्डा बनाइएको छ,’ पौडेलले भने, ‘अन्य विषयमा पछि बस्ने बैठकमा छलफल हुन्छ ।’

महासचिव पौडेलले भोलि एक दिनमात्र बैठक बस्ने बताए ।


Advertisement

यसअघि बैठकमा पेश गर्ने गरी दस्तावेज निर्माणको काम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव पौडेललाई दिइएको थियो । तर दस्तावेज अहिलेसम्म बनेको छैन ।

‘समग्र विषयमा प्रस्ताव तयार भएपछि पेश हुन्छ, अहिले दस्तावेज भन्ने छैन,’ पौडेलले भने ।

यसअघि वैशाख २५ गतेका लागि बोलाएको स्थायी कमिटी बैठक त्यसको अघिल्लो दिन बसेको सचिवालय बैठकपछि अनिश्चित बनेको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेर स्थायी कमिटी बैठक बोलाइएको हो ।

बैठक बोलाउन हस्ताक्षर गरेरै दबाब दिएका २० स्थायी कमिटी सदस्यमध्ये एकजना हरिबोल गजुरेलले लोकान्तरलाई आफूहरू सफल भएको प्रतिक्रिया दिए ।

‘अब धेरै विषयमा बैठकमै छलफल हुने वातावरण बनेको छ,’ गजुरेलले भने । नेकपाभित्र अन्तरविरोध चर्किदै गएपछि स्थायी कमिटी बैठकको माग भएको थियो ।

 

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्