×

NMB BANK
NIC ASIA

यस्तो छ सातै प्रदेशको अर्थतन्त्रको आकार

बैशाख ३०, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मुलुकको सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेश शीर्षस्थानमा रहेको छ । कूल जिडिपीमा सो प्रदेशको योगदान ३५.८४ प्रतिशत रहेको छ । 

Muktinath Bank

 केन्द्रीय तथ्याङ्क विभागले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कूल ग्रार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेश सबल रहेको देखाएको हो । विभागका अनुसार सो प्रदेशको अर्थतन्त्रको आकार रु १३ खर्ब ५० अर्ब हुने अनुमान गरिएको छ । मुलुकको कूल रु ३७ खर्ब ६७ अर्ब बराबरको जिडिपीमा सो प्रदेशको हिस्सा झण्डै एक तिहाइ बराबर रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी कूल जिडिपीमा प्रदेश १ को हिस्सा १५.८२, प्रदेश ५ को हिस्सा १४.१८, प्रदेश २ को हिस्सा १३.७८, गण्डकी प्रदेशको हिस्सा ८.९, सुदूरपश्चिमको हिस्सा ७.२१ र कर्णाली प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहने विभागले अनुमान सार्वजनिक गरेको छ । 


Advertisment
Nabil box
Kumari

विभागका अनुसार प्रदेश १ को रु पाँच खर्ब ९६ अर्ब, प्रदेश २ को रु पाँच  खर्ब १९ अर्ब, वाग्मती प्रदेशको रु १३ खर्ब ५० अर्ब, गण्डकी प्रदेशको रु तीन  खर्ब ३५ अर्ब, प्रदेश ५ को रु पाँच खर्ब ५४ अर्ब, कर्णाली प्रदेशको रु एक खर्ब ६१ अर्ब र सुदूरपश्चिम प्रदेशको रु दुई २ खर्ब ७२ अर्ब बराबरको अर्थतन्त्रको आकार हुने अनुमान गरिएको छ । 

Vianet communication
Laxmi Bank

 यस्तै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा वाग्मती प्रदेश सबैभन्दा कमजोर रहने विभागको अनुमान छ । यस वर्ष सो प्रदेशको आर्थिक वृद्धिदर १.३ प्रतिशतमा सीमित हुने देखिएको छ । प्रदेश १ को ३.४१, प्रदेश २ को २.२८, गण्डकी प्रदेश २.६८,  प्रदेश ५ को दुई र कर्णाली प्रदेशको ३.५६ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान छ । आर्थिक वृद्धिमा सबैभन्दा बलियो सुदूरपश्चिम प्रदेश हुने विभागको दाबी छ । सो प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत हुने अनुमान छ । 

कोरोनाका कारण मुलुकको समग्र अर्थतन्त्रमा ठूलो समस्या पैदा भएकाले सबै प्रदेशमा त्यसको प्रभाव पर्ने देखिएको छ । सरकारले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको भए पनि विभागले केही दिनपहिले सार्वजनिक गरेको तथ्याङ्कमा २.२७ प्रतिशतमा आर्थिक वृद्धि सीमित हुने प्रक्षेपण गरेको छ । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि पूर्णरुपमा ठप्प प्रायः छ । 

विभागले  चालू आवको वस्तु तथा सेवाको उत्पादनको अनुमान तथा सूचकहरु तयार पार्दा होटल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्रमा आवको अन्त्यसम्म नै प्रभावित हुने तथा अन्य क्षेत्रका आर्थिक गतिविधि आगामी जेठबाट क्रमशः नियमति हुने विश्वास गरेको छ । 

औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलाप हेर्दा गत आव र यस आवमा वाग्मती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी रहेको पाइएको छ । सङ्घीय राजधानी रहेको वाग्मती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा व्यापार क्षेत्रको हिस्सा दोस्रोमा रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x