×

NMB BANK
NIC ASIA

कपिलवस्तुमा स्वास्थ्यकर्मी सङ्क्रमितः स्वास्थ्य सामग्री अभावले जोखिम

बैशाख ३०, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

कपिलवस्तुमा मंगलबार थप भएका आठमध्ये एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण  देखिएकोछ । यससँगै जिल्लामा २९ सङ्क्रमित पुगेका छन्। थपिएका सबै कपिलवस्तु नगरपालिकाका हुन्। उनीहरु २० देखि ३२ वर्ष उमेर समूह र  एक महिला छन्।

Muktinath Bank

जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्वास्थ्यकर्मीमा भाइरसको सङ्क्रमण  देखिएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। कपिलवस्तुका १० पालिकामा स्वास्थ्यकर्मी खटिएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तौलिहवास्थित क्वारेन्टाइनमा रहेका सात जना भारतका विभिन्न स्थानबाट बन्दाबन्दीका बेला  वैशाखको तेस्रो साता फर्केको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए। सङ्क्रमित सबैको कन्ट्रयाक्ट हिस्ट्री पत्ता लागाउने कार्य अघि बढाइएको छ। 


Advertisment
Nabil box
Kumari

कपिलवस्तु नगरपालिका, वडा नम्बर २ तौलिहवाको बुद्धपद्म माविमा ६ र महेन्द्र प्रावि क्वारेन्टाइनमा एक जना बसेका थिए। जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगत भगतका अनुसार अहिले जिल्लाभरि ६१४ स्वास्थ्यकर्मी कार्यरत छन्।

Vianet communication
Laxmi Bank

 स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, सङ्क्रमित ओसारपसार, बिरामी परीक्षण र औषधोपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पिपिइलगायत स्वास्थ्य सामग्री उपलब्ध नगराउँदा आपूmहरु जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वडा नं १, ३, ४, ५, ६, ७ र ८ का एक महिला र सात पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनीहरु सबैको तौलिहवामा रहेको क्वारेण्टाइनवाट लिइएको स्वाबको परीक्षणवाट नतिजा पोजेटिभ देखिएको हो।

यसअघि कपिलवस्तुमा वैशाख २५ गते  मायादेवी गाउँपालिकामा दुई, वैशाख २७ गते मायादेवीमै दुई, शुद्धोधन गाउँपालिकामा एक, वैशाख २९ गते यशोधरा गाँउपालिकामा १२, वुद्धभूमि नगरपालिकामा चार र वैशाख ३० मा कपिलवस्तु नगरपालिकामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यससँगै जिल्लाका १० पालिकामध्ये पाँचमा कोरोना सङ्क्रमण देखिएको छ। कपिलवस्तुमा कोभिड–१९ संक्रमण वढेपछि प्रशासनले सोमबारदेखि एक साताका लागि जिल्ला बन्द गर्ने निर्णय गरेको थियो।

सङ्क्रमित स्वास्थ्यकर्मीसहित सात जनालाई  बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ भने स्टाफ नर्ससँग सम्पर्कमा आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। सङ्क्रमित नर्स क्वारेन्टाइनमा नबसेको र आफ्नै घरमा जाने आउने गरेको बताइएको  छ।

अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकामा उनमा संक्रमण पुष्टि भएको हो। सङ्क्रमण देखिएसँगै अस्पतालका अन्य कर्मचारीको परीक्षण गर्ने तयारी भएको छ। कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन्। संङक्रमित वडा नम्बर ३ का दुई तथा वडा नम्बर १, ४, ५, ६ र ८ का एक एक छन्।  –शेरिफ केसी र माधव बेल्बासे/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x