कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालकै प्रसिद्ध मानिने सप्तरीको बरमझियास्थित पेडा व्यवसाय यतिबेला सङ्कटमा परेको छ । नेपालमै पेडाका लागि प्रसिद्ध सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा छन् ।
लकडाउनका कारण पेडा बनाउनका लागि आवश्यक पर्ने भैँसीको दूध र चिनी तथा दाउरा मागबमोजिमको आपूर्ति हुन नसक्दा व्यवसाय सञ्चालन गर्न समस्या भएको पेडा व्यापारीको गुनासो छ । लगातारको लकडाउनले पेडाको व्यापार गर्नेहरुको पेशा मात्रै सङ्कटमा परेको छैन, पेडा व्यवसाय नै सङ्कटमा परेको माँ कंकालिनी पेडा भण्डारका पेडा व्यवसायी राजकुमार गुप्ताले बताए । उनले भने, “दूध, दाउरा र चिनीको कमीका साथै पसलमा काम गर्ने कर्मचारीसमेत अभाव भएको छ ।”
उनले आफनो पसलमा काम गर्ने तीन कर्मचारी रहेको र लकडाउनले गर्दा डेढ महिनादेखि पेडा पसल बन्द हुँदा उनीहरुलाई खाना खुवाउने पैसासमेत सकिएको गुनासो गरे। त्यस्तै विगत १३ वर्षदेखि बरमझियामा पेडाको पसल सञ्चालन गरेर बस्नुभएका पुरानो बूढोबाजे पेडा पसल सञ्चालक राजेन्द्र साहले रु छ लाख ऋण काढेर पसल सञ्चालन गरेकामा पहिला दैनिक तीन÷चार हजारको व्यापार हुन्थ्यो, लकडाउनपछि पेडाको व्यापार चौपट भएको बताए ।
लकडाउनले अहिले प्रतिकेजी रु १०० चिनीको मूल्य रहेको महङ्गीमा पनि पेडा बनाए पनि बिक्री नै रोकिएपछि लिजमा लिएको घरभाडा तिर्नसमेत धौधौ भएको गुनासो साहले गरे। उनले दूधको उत्पादन र आपूर्तिको अवस्थामा सुधार नआए देश विदेशमा नाम कमाएको पेडाको गुणस्तरमा समेत ह्रास आउन सक्ने बताए ।
चार दशकअघि वैधनाथ साहले सर्वप्रथम बरमझियामा पेडा पसल शुरुआत गरेका थिए । अहिले बरमिझयामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा रहका छन् । श्री बाबा वैद्यनाथ पेडा भण्डारका सञ्चालक जगदीश शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाइसकेको बरमझियाको पेडा व्यवसाय लकडाउनका कारण पूर्णरूपमा बन्द छन् । यही पसलको सहारामा दुई छोरा र दुई छोरीको पढाइदेखि लिएर परिवारको गुजारा चल्ने गरेको थियो ।
यस्तै ओम बाबा वैद्यनाथ पेडा भण्डारका वीरेन्द्र चौधरीले पाँच वर्ष अगाडि बरमझियामा बैंकबाट ऋण लिएर करिब रु १० लाखको लागतमा पेडा पसल सञ्चालन गरेको बताए । उनले गाउँघरबाट सयकडा तीनमा लिएको ऋणबाट पेडा पसल थालिएको तर अहिले लकडाउनले गर्दा डेढ महिनादेखि पसल बन्द भएका कारण नौ जनाको परिवार पाल्न समस्या परेको गुनासो गरे। उनले रु १२ हजारमा मासिक कोठाभाडा लिएर यहाँ पेडा पसल सञ्चालन गर्दै आएका छन् ।
सप्तरीकै पुरानो बाजेको पेडा पसल सञ्चालक गङ्गा पञ्जियारले पनि आफू पेडा पसलबाट कोठाभाडा, कर्मचारी खर्च सबै कटाएर मासिक रु २५ हजार आम्दनी गर्दै आएको बताए । लकडाउनपछि पसल बन्द हुँदा आफनो घर चलाउन समस्या भइरहेको बताए । यसैगरी नारायण पेडा भण्डारका सञ्चालक नारायण मण्डलले दुई कर्मचारीलाई बसाएर खुवाउँदै छु, कहिले लकडाउन खुल्छ र हाम्रो पसल चल्छ अनि पसल सञ्चालनका लागि लिएको कर्जा चुक्ता गर्न सकिन्छ चिन्ताले सताएको बताए । उनले भने, “पेडाको माग दिन प्रतिदिन बढ्दै गए पनि लकडाउनका कारणले दूधको आपूर्ति भने घट्दै गएको पाइएको छ । बरमझियास्थित विभिन्न पेडा पसलमा दैनिक रु १७ लाख मूल्य बराबरको ८० मन दूध खपत हुने गरेको व्यवसायीको भनाइ छ । कर्मचारीसहित करिब १८ जनाले यही पसलबाट पेट पालेको उनको भनाइ छ ।
पेडा व्यवसायका कारण दैनिक एक हजार किसान दूध बेचेर आर्थिक लाभसमेत लिने गरेको थियो । करिब ८० वर्षको लामो इतिहास बोकेको पेडा व्यवसायको शुरुआत वैद्यनाथ साहले गर्नुभएको थियो । अहिले देखासिखी गर्दै सोही मिल्दोजुल्दो नामका करिब ४० देखि ५० पेडा पसल सञ्चालनमा रहेको कञ्चनरुप नगरपालिका–१० का स्थानीयवासी नारायण खड्काले बताए । त्यसपछि सबै पेडा पसलको नाममा ‘असली’, ‘पुरानो’, ‘बूढा’ र ‘वैजनाथ’ जोडिएका छन् ।
यस पसल पछि ब्राण्डकै रूपमा स्थापित भएका सबै पसलको नाममा ती शब्दसँग जोड्नुपर्ने बाध्यता बनेको स्थानीय बताउँछन् । बरमझियामा असली, पुरानो, बूढा र वैद्यनाथ नजोडी नाम राखिएका पसलले ग्राहक नपाउने भएकाले उनीहरूले त्यही ब्राण्डमा पेडा पसल चलाइरहेका छन् । यहाँका हरेक घरको रोजगारी पेडा व्यवसाय नै बनेको छ । दशैँदेखि छठसम्म पेडाको माग अत्यधिक हुने र यो समयमा व्यापार पनि राम्रो हुने गरेको व्यवसायीहरुले बताएका छन् ।
यहाँको पेडा अहिले प्रतिकिलो रु ७०० देखि ८५० सम्म पर्छ । प्रतिस्पर्धा बढिरहे पनि बरमझियाको पेडाको आकर्षण घटेको छैन । हरेक वर्ष बजार बढ्दै गएको अवस्थामा पेडा व्यवसायले बरमझियालाई काम, दाम र नाम सबै दिएको स्थानीयवासीको भनाइ छ । राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रिय रहेको बरमझियाको पेडाको गुणस्तर र तौलमा शुद्धता प्रमुख चुनौती रहेकाले पेडा व्यवसायीको समस्या समाधान हुनुपर्ने व्यवसायीले माग गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको बरमझियाको पेडा पसलमा चाडपर्वका बेला राजमार्गमा सवारी साधन र मानिसको आवतजावत बढी हुन्छ । यात्रीसमेत पेडा चाख्न र कोसेलीका रुपमा आफन्तलाई पेडा नै लगिदिन चाहन्छन् । त्यही भएर चाडपर्वका बेला पेडाको माग अत्यधिक हुने गर्छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...