कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
कञ्चनपुरबाट काठमाडौं उपत्यका पुगेकी ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको अत्तरिया क्षेत्र सील गरिएको छ।
कञ्नपुरबाट अत्तरिया हुँदै काठमाडौँ गएपछि उनी बसेको अत्तरियाको विजयनगर टोललाई सील गरिएको हो। गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टका अनुसार उनी वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौँ जाँदा अत्तरियामा बसेको थिइन्। गोदावरी नगरपालिका १ अत्तरियास्थित सशस्त्र बाहिनी अगाडिको घरमा करिब २ घण्टा बसेको उनको ट्राभल हिस्ट्री (यात्रा विवरण) बाट खुलेको हो।
प्रवक्ता भट्टका अनुसार ती महिलाले मेडिकल टीम धनगढी पुगाउन आएको सशस्त्र प्रहरीकै भ्यानमा काठमाडौँ फर्कने योजना बनाएकी थिइन्। सोही बमोजिम उनी अत्तरियामा रहेको सशस्त्र बाहिनी अगाडि आएकी थिएन्।
सशस्त्र प्रहरीबाट अवकास पाइसकेकी ती महिला यसअघि अत्तरियामै रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीमा समेत काम गरेकी थिइन्। उनी बाहिनीमा काम गर्दा स्थानीयसँग भएको परिचयका कारण उनी काठमाडौँ जानु अघि भेटघाट गर्ने भनेर बाहिनी अगाडि रहेको घरमा पसेकी थिइन्। स्थानीयका अनुसार उनी त्यहाँ २ घण्टा बस्दा चाउचाउ र नजिकैको डेरीबाट लस्सी समेत खाएकी खुलेको हो।
कञ्चनपुरबाट काठमाडौं गएकी ती महिलामा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो। काठमाडौँ बस्दै आएकी उनी चैत ६ गते काठमाडौंबाट कञ्चनपुर पुगेकी थिइन्। त्यसपछि वैशाख २८ गते एक छोरा र एक छोरीसँगै सशस्त्र प्रहरीकै भ्यानमा काठमा डौँ फर्किएको भए पनि अरुमा भने कोरोना संक्रमण देखिएको छैन।
उनीसहित छोराछोरी गरी ३ जना र भ्यानमा रहेका अन्य २ जना गरी सोहि साँझ कोहलपुर बसेका उनीहरु वैशाख २९ गते काठमाडौं गएका थिए।
त्यस्तै, संक्रमित महिला बसेको घर लगायत उनको घरवरिपरिका ७० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने भएको छ। गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वीर बहादुर कुँवरले सबै घरहरुलाई सील गरेर बिहीबारसम्ममा स्वाब संकलन गरिने बताए।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...