मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै आइरहनुभएको छ होला । तर गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ ।
सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ ।
के-के छन प्याजका बोक्राका फाइदा ?
हेयर कन्डिसनरको रुपमा प्रयोगः
नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ ।
कोलेस्ट्रोल कम गर्न सहयोगीः
प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई पनि कम गर्न सहयोग गर्दछ । यसका लागि पनि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् ।
पेटको संक्रमणबाट बचाउः
प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।
क्यान्सरबाट बचाउः
प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं यी प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।
एन्टी इन्फ्लामेटरी गुणः
यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।
किरा, लामखुट्टेबाट राहतः
यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ र यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...