ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

 ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ । 

बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त ट्राफिक पोलहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त  गरे। 


Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ढकालले बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्‍याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने बताए। 

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ ।
उक्त अवसरमा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक जितेश दाहाल र बैंक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्