२६ जेठ २०८३, मंगलबार

अमेजनको जंगलबाट अर्को महाव्याधि आउन सक्ने चेतावनी

जेठ १, २०७७
अमेजनको जंगलबाट अर्को महाव्याधि आउन सक्ने चेतावनी

अर्को महाव्याधि अमेजनको वर्षावनबाट आउन सक्ने चेतावनी ब्राजिलका पर्यावरणविद् डेभिड लापोलाले दिएका छन् । वन्यजन्तुको वासस्थानमा मानिसले अतिक्रमण गर्दा कोरोनाभाइरस फैलिएजस्तै अमेजनमा तीव्र गतिको

वनफँडानीका कारण महाव्याधि आउने सम्भावना रहेको उनको भनाइ छ । 

अनुसन्धाताहरूले जंगल क्षेत्रलाई शहरीकरण गर्दा पशुबाट मानिसमा सर्ने रोगहरू उत्पन्न हुने बताएका छन् । 

अहिलेको कोरोनाभाइरस पनि चमेरोमा उत्पन्न भएर अर्का प्रजाति हुँदै मानिसमा सरेको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् ।

लापोला भविष्यमा उष्ण क्षेत्रका जंगलको पारिस्थितिकीय प्रणालीमा मानिसको कस्तो प्रभाव पर्छ भन्ने विषयको अध्ययन गरिरहेका छन् । अमेजन जंगलमा चीनको हुबेई प्रान्तकै जस्तो प्रक्रिया हुने देखिएको उनको मत छ । 

‘अमेजनमा भाइरसको विशाल भण्डार छ,’ उनले एएफपीसँगको अन्तर्वार्तामा भने । ‘हामीले अब अत्याचार गर्नुहुँदैन ।’

संसारको सबभन्दा विशाल वर्षावन डरलाग्दो गतिमा विनाश भइरहेको छ । 

पोहोर साल उग्रदक्षिणपन्थी राष्ट्रपति जाइर बोल्जोनारोको नेतृत्वमा ब्राजिलमा रहेको अमेजनको वनविनाश ८५ प्रतिशतले बढेको छ । दश हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र वनविनाश गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्