×

NMB BANK
NIC ASIA

इलेक्ट्रिकल सुपरभाइजर र पशु चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

जेठ १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा काममा आलटाल गरी सेवाग्राहीसँग  २० हजार घुस लिएको आरोपमा पक्राउ परेका उनीविरुद्ध मुद्दा चलाइएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी आयोगले भ्रष्टाचारसम्बन्धी मुद्धामा प्रतिकूल बकपत्र गरी आयोगलाई असहयोग गरेको अभियोगमा बल्थली खानेपानी उपभोक्ता समितिका तत्कालीन अध्यक्ष चेतनाथ भारतीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । 


Advertisment
Nabil box
Kumari

उनले समितिको अध्यक्ष हुँदा समितिको नाममा निकास भएको रकमको काम सम्पन्न भई बिल पास गरिदिएबापत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई घुस दिएको उजुरी आफैँले दिएको र सोही प्रकरणको सुनुवाइका क्रममा उनै भारतीले उजुरी व्यहोराविपरित बकपत्र दिएको आयोगले जनाएको छ। उक्त अनियमितताको मुख्य अभियुक्त इन्जिनिर खनाललाई निजले घुस लिई भ्रष्टाचार गरेको अभियोगबाट छुटकारा गराउने उद्देश्यले प्रतिकूल बकपत्र गरी असहयोग गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।

Vianet communication
Laxmi Bank

 आयोगले नेपालमा दर्ता नै नभएका भारतीय कम्पनीबाट उत्पादित औषधि र औषधिजन्य पदार्थको आयातका लागि सिफारिस गरी आयातसमेत गराई भ्रष्टाचार गरेको आरोपमा पशु स्वास्थ्य चिकित्सालय त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा बलराम थापाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। निजले आफू तथा औषधि व्यवसायीलाई अनुचित लाभ लिन आफ्नो ओहदा, अधिकार र हैसियत दाबी गर्दै नेपालमा दर्ता नभएको कम्पनीबाट ती औषधि आयातका लागि सिफारिस गरेको आयोगले आरोप लगाएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x