फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
एक अध्ययनको शिलशिलामा देशका विभिन्न जिल्ला घुमेर फर्केपछि ७ वर्षअघि एक दैनिक पत्रिकामा देखेको कुरा लेखेको थिएँ, ‘ग्रामीण अर्थतन्त्रको उल्टो क्रान्ति’ शीर्षकमा ।
अर्थतन्त्र रेमिट्यान्सको टेकोमा भर परेपछि नेपालका गाउँबस्ती कसरी परनिर्भर भइरहेका छन् र त्यसले नेपालको अर्थतन्त्रमा कसरी उल्टो क्रान्ति भइरहेको छ भनेर खोतल्न प्रयत्न गरेको थिएँ ।
मैले लेखेको थिएँ– ‘मोटर साइकलमा मैनावारी पाउरोटी आउन थालेपछि गाउँमा किसानलाई गहुँ छर्ने टन्टा छैन । मकै भटमास खाजा हुन छाडे, चाउचाउ र चाउमिनले विस्थापित गरे ।'
दूध, दही र मोहीलाई कोक तथा पेप्सीले विस्थापित गर्यो । यतिसम्म कि नेपालका अर्बपतिलाई झन् धनी बनाउन रेमिट्यान्सवाला लाहुरेको छोराले चाउचाउको झोलविना भात नखाने । बाउआमा खाली खुट्टा घाँस काट्न हिँड्ने तर छोराले महंगो मोटरसाइकल चलाउनै पर्ने । गाउँगाउँमा ब्यूटीपार्लर । गाउँमा मौलाएको यो संस्कारले नेपालको ग्रामीण अर्थतन्त्र शिथिल बन्न पुगेको थियो ।
कुनै बेला आत्मनिर्भर ग्रामीण अर्थतन्त्रमाथि लागेको यो नक्कली जालो च्यातिनु अवश्यम्भावी थियो । कोरोना संकटका कारण परम्परागत अर्थतन्त्र थलापर्ने र नयाँ अर्थतन्त्रको विकास हुने अर्थशास्त्रीहरूको विश्लेषण भइरहेको समयमा यो अप्ठ्यारो समयमा नेपालले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि जग हाल्ने समय भएको छ ।
कृषि क्षेत्रमा नेपालको परनिर्भरता यति बढेको थियो कि निवर्तमान अर्थमन्त्रीको जिल्लामा राजनीतिक दलका नेता पुग्दा चीनबाट आयातित प्लास्टिकका माला लगाउनु पर्ने अवस्था अर्थात् फूलमा समेत हाम्रो लाजमर्दो परनिर्भरता ।
कुनै बेला कोरियालाई धान बेच्ने मुलुक कालान्तरमा चामल मात्र होइन कोदो, मकै र फापरजस्ता आधारभूत खाद्यान्न समेत आयात गर्ने अवस्थामा पुग्यो । कुनै बेला नून, मट्टीतेल र लुगाबाहेक अन्य कुरामा हाम्रो ग्रामीण अर्थतन्त्र आत्मनिर्भर थियो । विकासका नाममा खेतीयोग्य खेत बारीमा जोडर चलाएर खेतीयोग्य जमिन छियाछिया बनाउने मात्र काम भयो ।
फलस्वरूप नेपालका गाउँबस्तीमा समेत सुन्तला–कागतीदेखि लिएर तरकारी र खुर्सानीसम्म भारतीय उत्पादनको हालीमुहाली भयो । खुलाबजार अर्थतन्त्रको नाममा भारतीय कृषि उत्पादनलाई खुलमखुला नेपालमा प्रवेश दिँदा नेपाली कृषकको उत्पादनले प्रतिस्पर्धा गर्न सकेन, नेपाली किसानका छोराहरू खाडीमा जान बाध्य भए ।
खेती किसानी छाडेर विदेश गएका युवाले सस्तो श्रम बेचेर नेपालमा रेमिट्यान्स त पठाए, त्यसले नेपालमा धेरैखाले समस्या सिर्जना गर्यो । विदेशमा युवाले पैसा कमाउन थालेपछि स्वदेशमा उनका परिवार विलाशी जीवनमा रमाउन थाले । एक जनाको कमाइमा ५ जना आश्रित हुने पराधीन अर्थतन्त्रको विकास भयो । खेती किसानी छाड्दै गएर खेतबारी बाँझो भयो ।
रेमिट्यान्सको स्वामित्वलाई लिएर पारिवारिक विवाद शुरू भयो । रेमिट्यान्सको हकदार बुवा कि बुहारी भन्ने हानथापले कयौंका परिवारमा समस्या निम्त्यायो ।
रेमिट्यान्सको बाइप्रडक्ट भन्नुपर्छ, प्राइमरी स्कूलमा पढ्ने बालबच्चालाई लिएर बुहारीहरू शहर पसे । गुणस्तरीय शिक्षाका नाममा शहरको एउटा कोठामा बन्धक बनाइएका बालबालिकाले संयुक्त परिवारको संस्कार अर्थात् हजुरबुवा हजुरआमाको माया, ममता र स्याहार पाएनन् भने अर्कोतर्फ कृषि उत्पादनमा यसको प्रत्यक्ष प्रभाव पार्यो ।
त्यो दुर्भाग्य स्थितिको परिकल्पना नगरौं, किन्तु विदेशमा काम गर्ने युवाहरू नेपाल फर्किनुपर्ने अवस्था आयो भने गाउँमा खेती किशानीमा फर्किनुको कुनै विकल्प रहने छैन । रेमिट्यान्सको पैसाले चामलको बोरा र प्याकेटको दूध किन्न बानी परेकाहरूको आम्दानीको मुहान नै सुक्यो भने आफ्नै खेतबारी कोतर्नुको विकल्प हुने छैन ।
कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्था शिथिल र परम्परागत व्यवस्थामा खैलाबैला आएको छ । रेमिट्यान्समा आधारित हाम्रो अर्थतन्त्रमा यसको नराम्रो प्रभाव पर्ने खतरा छ । नेपालको कुनै गाउँ छैन जहाँबाट कोही न कोही विदेश नगएको होस् । वैदेशिक रोजगारीको शिलशिलामा भारत र तेस्रो देशमा गएका युवाहरू गाउँ फर्किनुपर्ने अवस्था आयो भने त्यसले नेपालको आर्थिक सामाजिक क्षेत्रमा पार्ने प्रभाव निकै ठूलो हुनेछ ।
कोरोना त्रास र लकडाउनका कारण कृषकहरू समेत कृषि पेशामा निर्धक्कसँग लाग्न नपाउँदा भोलिको दिनमा खाद्यसंकट र अनिकाल लाग्ने खतरालाई नजरअन्दाज गर्न मिल्दैन । यसतर्फ सांसदहरूले समेत सरकारको ध्यानाकर्षण गराइसकेका थिए ।
गगन थापा संसद्को कृषि समितिको सभापति रहेको समयमा एक दिन सो समितिले मलाई पनि आमन्त्रण गरेको थियो, समाचार संकलनभन्दा पनि सुझाव दिनका लागि । यस विषयको विज्ञ नभएपनि मैले समितिमा केही सुझाव राखेको थिए, ग्रामीण भेगमा निम्तिएको बाँदर आतंकको बारेमा । पछि मैले गोरखापत्रमा एउटा लेख लेखेको थिएँ, राज्यले नदेखेको बाँदर आतंक शीर्षकमा ।
यदाकदा सांसदहरूले बोल्ने गरेको भएपनि यो विषयलाई अझैपनि नीति निर्माताले गम्भीर रूपमा लिएका छैनन्, किसानहरू किन कृषि पेशातर्फ विकर्षित भइरहेका छन् भनेर । नेपालको मध्यपहाडी भेगमा बढेको बाँदरका कारण किसानहरू कृषि पेशा छाड्न मात्र होइन बसाइँसराइको अवस्थामा समेत पुगिसकेका छन् ।
गत आइवार संसद्मा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषिमा टुटेको कडीलाई फेरि गाँस्ने बताएका छन् । राज्य संयन्त्रप्रति कसैको विश्वास छैन । कृषि अनुदानको कुरा आयो भने त्यो सिधै दुरुपयोग मात्र हुनेछ ।
अनुदानका नाममा बालुवामा पानी हाल्ने कार्यक्रम सरकारले ल्यायो भने त्यो पनि नेपालमा गरीबी निवारणमा गरेको लगानीभन्दा निरर्थक केही हुने छैन । बरु सरकारले आमनागरिकलाई कृषिमा आकर्षित गर्न बिउ, मल र कृषि औजारमा अधिकतम अनुदान दिन सक्छ । कृषकले उत्पादन गरेको कृषि उपजको न्युनतम समर्थन मूल्य तोकेर बारीमा किसानको बाली नोक्सानी नहुने कुराको ग्यारेन्टी गरेमा निरर्थक अनुदान उनीहरूले खोज्ने छैनन् ।
यसरी मात्र नेपालीको जीवनस्तरमा सुधार आउने छ । गरीबी निवारणका नाममा गाउँमा च्याउसरी फैलिएको माइक्रो फाइनान्सको ऋण या गरीबी निवारण कोषको नामबाट भइरहेका कामले गरीबी निवारण हुनेछ ।
सरकारले कृषिमा लागेका समुदायलाई प्रोत्साहन गर्ने नीति लिएमा नर्सरी–यूकेजीमा बच्चा पढाउने नाममा शहरमा बसेर युट्यब हेर्दै हाइ काडेर दिन गुजारिरहेका वर्ग समेत गाउँमा फर्किन आकर्षित हुनेछन् । कोरोना महामारीले दिएको चोटलाई नेपालले अवसरमा बदलेर ग्रामीण अर्थतन्त्रको जरा गाड्ने समय भएको छ ।
कमसेकम कोदो, मकै, फापर, कागती र सुन्तला जस्ता स्वदेशमा सहजै उत्पादन गर्न सकिने आधारभूत वस्तुमा हामी आत्मनिर्भर बन्न सक्यौं भने हाम्रा युवाहरूले दुःख गरेर कमाएको विदेशी मुद्रा सञ्चित हुनेछ । देशको अर्थतन्त्र मजबुत हुनेछ । शायद यति सामान्य कुरा त हाम्रा विद्वान कृषिमन्त्रीले सोचिसकेका होलान् कि !
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...