×

NMB BANK
NIC ASIA

लामो समय रोकिएपछि आफ्नै भूमिमा फर्किने तयारीमा नेपाली तथा भारतीय

जेठ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लामो लकडाउनपछि भारतमा रहेका नेपाली र नेपालमा रहेका भारतीयहरूलाई फर्काउने तयारी भएको छ ।

Muktinath Bank

कोरोनाको महामारीपछि जारी लकडाउनका कारण जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने नेपाल र भारत सरकारबीच भएको सहमतिपछि लामो समयसम्म सीमा वारिपारि फसेका नागरिकहरू आ–आफ्नै देश फर्किने तयारीमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको सरकारको आग्रहमा कैलालीमा रहेका भारतीय नागरिकहरूलाई भारत पठाउने तयारी थालिएको हो ।


Advertisment
Nabil box
Kumari

काठमाडौंस्थित भारतीय दूतावासको आग्रहमा कैलालीका विभिन्न स्थानमा रहेका भारतीय नागरिकहरूको नामावाली संकलन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरूलाई भारत पठाउने प्रक्रिया थालिएको बताएको छ ।

Vianet communication
Laxmi Bank

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता तथा प्रशासकीय अधिकृत शिवराज जोशीले आजसम्म विभिन्न स्थानीय तहमा रहेका ८ सय बढी भारतीयको नामावली संकलन भइसकेको र आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरूलाई भारत पठाइने बताए ।

टीकापुरमा रहेका २६ र जोशीपुरमा रहेका ४ जना भारतीय नागरिकलाई शुक्रबार धनगढी ल्याइएको छ ।  

उनीहरूलाई धनगढीको त्रिनगर माध्यामिक विद्यालयमा राखिएको छ । त्रिनगरमा १०३ जना भारतीय नागरिक पहिलेदेखि नै क्वारेन्टाइनमा छन् ।

जिल्लाभरिका नामावली संकलन पूरा भइसकेपछि भारतीय नागरिकहरूलाई भारत पठाइने जोशीले बताए ।

१८० जना नेपाली पलियाबाट फर्किँदै

यसैबीच सीमावर्ति भारतीय बजार पलियामा ४९ देखि क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई पनि शुक्रबार नेपाल प्रवेश गराउने पहल भएको छ ।

पलियामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८ बझाङका ३, डोटीका ३, दैलेखका २ जना, कास्की, सिन्धुली, रौतहटका एक/एक गरी एक सय ८० जना रहेका छन्, जसमध्ये ४ जना महिला र ३ जना बालबालिका रहेका छन् ।

उनीहरूले उद्धारका लागि आग्रह गर्दै आएपनि गृहमन्त्रालयको अनुमति नपाउँदा उद्धार हुन  सकेको थिएन । स्थानीय प्रशासनको लामो समयको प्रयासपछि उनीहरूको शुक्रबार उद्धार हुन लागेको हो ।

उनीहरूको उद्धारको विषयमा बिहीवार मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका बीचमा छलफल भएको थियो ।

उनीहरूको साँझसम्म उद्धारका लागि पहल भइरहेको प्रशासनले जनाएको छ । त्यसका लागि भारतको खिरी जिल्लाका अधिकारीसँग छलफल भइरहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x