२६ जेठ २०८३, मंगलबार

कोरोना अपडेट : विश्वभर ४६ लाख २१ हजारमा संक्रमण, ३ लाख ८ हजारभन्दा बढीको मृत्यु

कोरोना अपडेट :  विश्वभर ४६ लाख २१ हजारमा संक्रमण, ३ लाख ८ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४६ लाख २१ हजार ८२ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार १ सय ३१ पुगेको छ । यस्तै १७ लाख ५५ हजार १२ जना उपचारपछि भाइरसमुक्त भएका छन् । 

वर्ल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा ८८ हजार ४ सय ८४ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या १४ लाख ८३ हजार ९ सय ६१  पुगेको छ । 

यस्तै स्पेनमा  २ लाख ७४ हजार ३ सय ६७ जनामा संक्रमण देखिएको छ भने २७ हजार ४ सय ५९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

रसियामा २ लाख ६२ हजार ८ सय ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने २ हजार ४ सय १८ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । 

बेलायतमा २ लाख ३६ हजार ७ सय ११ जनामा भाइरस देखिएको बताउँदै वर्ल्डोमिटरले हालसम्म बेलायतमा ३३ हजार ९ सय ९८ जनाको मृत्यु जनाएको छ । 

इटालीमा २ लाख २३ हजार ८ सय ८५ जनामा भाइरस संक्रमण देखिएको छ भने ३१ हजार ६ सय १० जनाको मृत्यु भएको छ  । 

यस्तै ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जनामा भाइरस संक्रमण देखिएको छ भने १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्