×

NMB BANK
NIC ASIA

नेपालमा असार-साउनमा कोरोनाका संक्रमित बढ्न सक्छन् : डा. पाण्डे

'डर नमानौं, भौतिक र मानसिक रुपमा तयार बनौं'

जेठ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ८१ पुगिसकेको छ। एक महिलाकाे त ज्यान नै गइसकेकाे छ।

Muktinath Bank

 संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला त्रास पनि छाएको छ। यस सन्दर्भमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले डर नमान्न र भौतिक तथा मानसिक रुपमा तयार हुन अपील गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनकै शव्दमा


Advertisment
Nabil box
Kumari

मैले पहिलेदेखि भन्दै आएको छु, नेपालमा असार र साउनमा कोरोना संक्रमण धेरै बढ्नेछ। यो अवधिमा हजारौं जनालाई संक्रमण हुनेछ। तीमध्ये ८५ प्रतिशतलाई सामान्य लक्षण देखिएर आफै निको हुनेछ। बाँकी १५ प्रतिशतमध्ये आधालाई अस्पतालको सामान्य उपचारले निको हुनेछ। बाँकी ७/८ प्रतिशतलाई आइसीयु र भेन्टिलेटर आवश्यक पर्नेछ।  त्यसको आधाभन्दा कम अर्थात ३ प्रतिशतको मृत्यु हुनसक्छ।

Vianet communication
Laxmi Bank

मृत्यु हुनेमा जोखिम वर्ग जस्तै जेष्ठ नागरिक, दीर्घ मुटु/फोक्सो/मृगौलाका बिरामी, क्यान्सरका तेस्रो तथा चौंथो स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, गर्भवती तथा सुत्केरी र इम्युनिटी सप्रेस भएका बिरामी हुनेछन्।

अहिलेसम्म नेपालमा सक्रिय उमेरका व्यक्तिमा संक्रमण धेरै देखिएको छ। संक्रमण कम भएकोले भाइरसको लोड थोरै छ। तर संक्रमण बढ्दै जाँदा जोखिम वर्गका संक्रमितलाई आइसीयु÷ भेन्टिलेटर आवश्यक हुनेछ। करिब २–३.५ प्रतिशतको मृत्यु हुन सक्छ।

सीमा नाका पूर्णरुपमा सील गर्ने, संक्रमित क्षेत्र सिल गर्ने, आवतजावत बन्द गर्ने, सुरक्षाका सम्पूर्ण उपाय अबल्मबन गर्ने, डर÷त्रास नमान्ने एवम् आफ्नो इम्युनिटी पावर बढाउने गर्दा यो रोगसँग लड्न सकिन्छ।

यसको लागि हामी मानसिक तथा भौतिक रुपमा तयार हुनु पर्दछ। भ्रम र हल्लाको भरमा त्रस्त हुनु हुँदैन। आधिकारिक सूचना लिने र विज्ञका सल्लाह अनुशरण गर्नु उपयुक्त हुन्छ।।

एउटा कुरा हामीले आत्मसात गर्नुपर्छ कि कोरोना संक्रमण समुदायमा हल्का रुपमा फैलिएको छ। त्यसैले फाट्टफुट्ट रुपमा धेरै जिल्लामा देखिएको छ। नेपालमा सक्रिय उमेरका व्यक्ति तथा बालबालिकामा संक्रमण देखिएको हुँदा घर बाहिर नजाने, अत्यावश्यक काम परे मास्क, चस्मा तथा पञ्जा लगाएर जाने, भौतिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, सरसफाईमा ध्यान दिने गर्नु आवश्यक छ।

जीवन रह्यो भने कमाउन सकिन्छ। जीवन नै नरहे कमाएको के अर्थ रह्यो र ? त्यसैले घरमै बसौं, सुरक्षित बनौं। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x