फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कोरोनाभाइरसले आफ्नो परपीडक फैलावटका साथसाथै विश्वलाई आफ्नै रेखामा विभाजित गरिदिएको छ । कोरोनाको बेग थामिन नसक्दा अहिलेको विश्वले हरेक आर्थिक क्रियाकलापदेखि सम्पूर्ण अवस्थालाई कोरोनापूर्व र पश्चात अर्थात प्रि–कोरोना र पोस्ट–कोरोनाका रूपमा छुट्याउने निश्चितप्रायः छ ।
विगत केही महिनादेखि कोरोनाले विश्वको आर्थिक यात्रालाई मात्र ठप्प गरेको छैन, सम्पूर्ण मानवजातिलाई चार पर्खालभित्र कैद अवस्थामा बस्न बाध्य बनाएको छ । धनी भनाउँदादेखि गरीब देशहरूको अवस्था दयनीय छ । वैज्ञानिक आविष्कारमा जुटेको मानव सभ्यतालाई एकटक वास्तविक मानवसभ्यता के हो भनेर सोच्न बाध्य तुल्याइदिएको छ ।
‘ग्लोबल भिलेज’ जस्तो कृृत्रिम अवधारणमाथि वास्तविक धावा बोलेको छ कोरोनाले । जसको प्रस्ट व्याख्या यो हो कि अब स्थानीयताको संसारमा फर्क । वैज्ञानिक आविष्कारभन्दा पनि साविक जीवनका परम तत्वलाई आत्मसात गर । परमाणु र बन्दुक उत्पादनलाई गर्वको व्यपार ठान्ने देशहरूले के गर्लान् थाहा भएन, तर नेपालजस्ता गरीब देशले आफ्नो अवस्थाको उचित मूल्यांकन गरी कोरोनापश्चातको समयको मागअनुसार अगाडि बढ्नुको विकल्प छैन ।
हरियो वन नेपालको धन र नेपाल कृषि प्रधान देश हो भनी हामीले स्कूले जीवनदेखि पढ्दै र सुन्दै आएका छौं । यो यस्तो भाष्य हो जुन हरेक पुस्ताको कानमा गुञ्जयमान हुँदै आएको छ । राजनीतिक भाषणमा पनि नेपाल एक कृषि प्रधान देश हो तसर्थ फलानो दलको सरकार बन्यो भने किसानको कायापलट हुन्छ ।
कम्युनिस्टहरूले त कृषि क्रान्ति गरेर आमनेपाली गरीब किसानका लागि कल्पवृक्ष समेत उत्पादन गरिसके । तर, नेपालमा कृषि क्षेत्र कहिल उभो लागेन । अहिले आएर फेरि कृषि क्षेत्रबारे चर्चाको थालनी भएको छ । वास्तवमा नेपालको अति खस्किँदो अर्थतन्त्र र चरम बेरोजगारीको अवस्थामा कृषिलाई प्रधानता नदिने हो भने समाजमा चोरीजन्य विभिन्न खाले अपराधले स्थान पाउने निश्चि छ । यसै सन्दर्भमा एउटा महत्त्वपूर्ण अपाख्यान (एनेकडट) साझा गर्न उचित ठान्दै छु ।
केही हप्ता पहिलाको कुरा हो, मेरो बुवा (पेसाले शिक्षक) पल्लो गाउँबाट हरियो तरकारी किनेर आउँदै हुनुहुन्थ्यो । आउँदै गर्दा गाउँमा एकजनाले बुवालाई भन्नुभएछ, ‘अंकल अहिलेको अवस्थामा कतिले एकछाक भात खान चामल पाइरहेका छैनन्, अनि तपाईं चाहिँ हरियो तरकारी यसरी देखाएर लग्दै हुनुहुन्छ, सही भएन यो ।’ घर आएपछि बुवाले यो कुरा सुनाउनुभयो ।
गाउँका उक्त मानिसले बुवालाई सौहार्द भावले भनेको अभिव्यक्तिभित्र समाजमा गरीबी र बेहालीको अवस्था लुकेको प्रस्ट बुझ्यौं हामी । यो अवस्था नेपालका सम्पूर्ण गरीबको क्रन्दनलाई प्रतिनिधित्व गरेको हुनुपर्छ ।
कोरोनाको कहरले गर्दा अहिले रोजगारमा रहेका युवाहरू पनि आफ्नो ऊर्जा घरमै बसी नष्ट गर्न बाध्य रहेका छन् ।
नेपालमा मजदुरी गरेर जीवनरथ चलाइरहेको वर्ग धनी कहलाउँदाहरूको चौखटमा माग्न बाध्य छन् । उच्च व्याजमा भएपनि सबैले दुईछाक खानका निमित्त ऋण समेत नपाएका घटनाहरू बाहिर आएकै छन् । विदेशमा श्रम गरी परिवार चलाउन र रंगिन टेलिभिजन, स्मार्ट फोन र छोराछोरीलाई सहरको कथित अंग्रेजी स्कूलमा भर्ना गराउनुलाई आर्थिक सम्पन्नता ठान्ने नेपाली युवाहरू खाडीमै जीवनसँग लडिरहेका छन् ।
सोच्नुस त, अहिलेको असक्षम सरकारले ती विदेशिएका युवाहरूलाई कथमकदाचित नेपाल ल्याउन सफल भयो भने हाम्रो समाजको अवस्था झन के होला ? ती लाखौं युवा र देशमा बस्दै आएका युवाको संख्या जोड्ने हो भने कि त देशमा बेरोजगारीविरुद्धको ठूलो आन्दोलनको शंखनाद हुने हो या त चोरी, डकैती र लुटमार । नचाहेर पनि पापी पेटका लागि त्यस्ता कार्य गर्न बाध्य हुनेछन्, युवाहरू ।
यस्तो अवस्थामा अहिलेको सरकारसँग सम्भावित बिकराल अवस्थाको व्यवस्थापन गर्न केही ठोस योजना रहेको छ जस्तो लाग्दैन । सरकार त आन्तरिक राजनीति र मौसमी राष्ट्रवादलाई प्राथमिकता दिइरहेको देखिन्छ । विकटम प्रतिकूलताका माझ राजशी शैलीमा राष्ट्रपतिको सवारीले निरन्तरता पाइरहेको छ ।
सरकार र देशको राजनीतिबारे जति चर्चा गर्यो त्यति तनाव हुँदो रहेछ, आजभोलि । तीन तहको सरकारमा दर्जनौं खाले लापारवाहीको चाङ निर्माण भइरहेको छ । यद्यपि सचेत नागरिकको हैसियतले सरकारलाई सक्दो दिशानिर्देश गर्नु आफ्नो धर्म ठान्नुपर्छ ।
यो सत्य हो कि नेपालको कृषि उत्पादन आत्मनिर्भर नभएर आयातमुखी रहेको छ । गत वर्षमात्र नेपालले दुई खर्बभन्दा बढीको खाद्य समग्री विदेशबाट आयात गरेको रहेछ ।
कृषिको हिसाबले नेपालको जलवायु अनुकूल छ । परम्परागत शैलीलाई कृषिका आधुनिक औजार र प्रविधिले धेरै हदसम्म विस्थापित गरेको छ । मधेशमा खेतीपाती गर्न पहाडको तुलनामा अनुकूलताको आयतन अधिक छ । कृषि कर्म आकर्षक नहुनुको कारण हो भूमिको असमान वितरण । वास्तविक किसानसँग त जमिनको लालपूर्जा नै छैन ।
युवा वर्ग कृषिबाट विमुख भई वैदेशिक रोजगारीतर्फ पलायन हुनु परेको छ । यी सबै अवस्थाका बावजुद पनि मधेशको भूमिलाई मात्र खेतीका लागि अग्रस्थानमा राखी अगाडी बढ्ने हो भने धेरै हदसम्म माथि उल्लेखित युवा वर्गलाई व्यस्त राख्न सकिन्छ । मजदुर वर्गले पनि आफ्नो २ छाक भोजन खेतीपातीमा लागेर आर्जन गर्न सक्छन् ।
समस्या के छ भने हामी कहाँ जमिनका मालिक खासखास व्यक्तिहरू मत्र छन् । बिघौं जमिनको लालपूर्जाधारी मालिक बनेर जमिन बाँझो राख्नुलाई आफ्नो पौरखसँग दाँज्नु गर्वको विषय ठान्छन् ।
सरकारले त्यस्ता जमिनका मालिकहरूलाई सम्झाउन सक्नुपर्छ, निश्चित समयका लागि भएपनि ती जमिनहरूलाई खेतीपातीयोग्य बनाई बेरोजगार युवा र मजदुर वर्गबीच सरकारले आफ्नो उपस्थितिमा खेती गर्न केही अवधिका लागि करार गराउन सक्नुपर्छ ।
करार अवधि सकिएपश्चात उक्त जमिन फेरि साविक मालिकले पूर्णरूपमा फिर्ता गरिनुपर्छ । कलान्तरमा फेरि सरकारले जमिन वितरणसम्बन्धी कानून ल्याएर उचित कदम चाल्नैपर्ने हुन्छ ।
मधेशमा अहिले धानको बिउ छर्न ढिलाइ भइरहेको छ । किसानहरू मजबूर छन्, तर स्थानीय सरकारलाई अहिले पनि अन्तहीन निर्माणे विकास गरी माल कमाउने सोचले जकडेको छ ।
अहिलेको अवस्थामा हरेक स्थानीय सरकारले बजारमा उपल्बध बिउ खरिद गरी किसानलाई सहयोग गर्नु मनासिव बुझिन्छ । नेपाल–भारत सीमा बन्द रहेको अवस्थामा किसानले मलको व्यवस्थापन कसरी गर्ने हो त्यतातिर सरकारले ध्यान केन्द्रित गर्नु समयको परम माग हो ।
प्रदेश सरकारहरूले तरकारी खेती, कुखुरा, बाख्रा पालनमा लागेका किसानहरूको ठहर गरी सक्दो अनुदान दिन सक्नुपर्छ । तर कार्यकर्ता पालनको परिपाटीमा चल्दै आएका सरकार यसमा कति सक्षम हुन्, भन्न कठिन छ ।
किसानलाई प्रदान गरिने हरेक सहयोग सहज र अर्थपूर्ण हुनु आवश्यक छ । अहिले बजार बन्द भएका कारण किसानले दूध फाल्नु परेको समाचार हेर्दा लाग्छ, हामी र हाम्रो सरकार कति अल्पदृष्टिका रहेछौं । किसानले बिक्री नभएका दूधबाट अन्य दुग्ध उत्पादन गर्नुपर्छ । सरकारले किसानको दूध उचित मूल्यमा खरिद गरी सहर र गाउँसम्म दूध बेचेर सहयोग गनुपर्छ ।
समाजवादी भनाउदा सरकारहरूको नियतिभित्र पनि पर्छ, यस्तो कदम । अलि पृथक लाग्न सक्छ । तर देशका पूँजीपतिवर्ग, उद्योगपतिहरूको पनि केही धर्म त होला नि ? किसानकै उत्पादनलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी आफ्नो धन्दा चलाउने उद्योगपतिहरूले कोरोनाको माझ कृषिमा टेवा पुर्याई देशको अर्थतन्त्रलाई टेको लगाउनुपर्छ । मधेशमा बाँझो रहेका बिघौं जमिन लिजमा लिई त्यसमा वैज्ञानिक तबरले सामूहिक खेती गर्नुपर्छ ।
कोरोनाले निमत्याएको कष्टदायी अवस्थालाई हामीले मौकाको रूपमा लिनुपर्छ । यही बेला हो हरेक जनता र सरकारले कृषि कर्मलाई प्रधानताका साथ लिऊन् । नेपालको भविष्य कृषि कर्ममै सुरक्षित छ । कृषिक्रान्तिका चर्का भाषण नगरिकन थोरै इमान्दारिता र दृढ संकल्पले नै नेपालको भविष्य निर्धारण गर्नेछ ।
भारतमा राष्ट्रकविका रूपमा चिनिने महान कवि रामधारी सिंह (दिनकर) को कविताको पंक्तिले बिट मार्दै छु, ‘तुझे फिक्र क्या, खेती को प्रस्तुत है कौन किसान नहीं ? जोत चुका है कौन खेत, किसको मौसम का ध्यान नहीं ?’
राज्यलाई के थाहा कि किसान खेतीपाती गर्न ललायित छन् । खेतीपातीका लागि समय अनुकूल छ, छैन । सिँचाइको प्रतिकूलतम अवस्थाबारे जानकारी राख्दाराख्दै पनि कृषि कर्मतर्फ तदारुकता देखाई नै रहेका हुन्छन् ।
Twitter: randhirJNK
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...