दशगजा क्षेत्रमा अलपत्र ६३ जनाको कोरोना परीक्षण

प्रतिकार्यात्मक तस्वीर।

कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकिएका ६३ जनाको कोरोना भाइरस परीक्षणका लागि आइतबार नमूना सङ्कलन गरिएको छ।

भारतबाट विभिन्न ठाउँबाट फर्केकाहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब लिइएको हो। सङ्कलित स्वाबका नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। 


Advertisement

भारतबाट शुक्रबार आएका महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा ३६ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा २७ जना रहेका छन्। भारतमा रोजगारीमा गएकाहरु बन्दाबन्दीका कारण रोजगारी गुमेपछि स्वदेश फिर्ता हुनका लागि सीमा क्षेत्रमा पुगेका हुन्। सीमा नाकाको दशगजा क्षेत्रमा रहेका सबै जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि सेती अस्पताल धनगढी पठाई सकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।

यसैबीच, कञ्चनपुरका नागरिक अगुवाहरुले सीमा क्षेत्र र भारतका विभिन्न भागमा अलपत्र परेका नेपालीलाई सुरक्षाका सबै उपाय अवलम्बन गरी उद्धार गर्न माग गरेका छन्। कञ्चनपुरका प्रजिअ नुरहरि खतिवडालाई ज्ञापनपत्र बुझाउँदै नागरिक अगुवाले भारतीय भूमिमा अलपत्र परेका नेपालीको सीमा नाकामा आरडिटी परीक्षण गरी सुरक्षित तरिकाले स्वदेश फिर्ता ल्याउन माग गरेका हुन्।  


Advertisement

 

कमेन्ट गर्नुहोस्