क्यानडामा सैनिक विमान घरमा गएर बजारियो, एक महिलाको मृत्यु (भिडियो)

क्यानडाको वायुसेनाको स्नोबर्ड्स एरोबेटिक टोलीको एक प्रशिक्षण विमान कामलूप्स शहरको एक भवनमा बज्रिएपछि एक महिला सदस्यको मृत्यु भएको छ । विमानका चालकलाई गम्भीर चोटपटक लागेको छ ।

आइतवार स्नोबर्ड्स नियमित उडानमा रहेको बेलामा अचानक नियन्त्रण गुमाउन पुगेको थियो । उडेको केही समयपछि नै विमान भुइँमा बजारिएको थियो । प्रत्यक्षदर्शीले रेकर्ड गरेको भिडियोमा दुर्घटनाको स्पष्ट दृश्य देख्न सकिन्छ । 


Advertisement

टोलीका दुईवटा सीटी–११४ ट्युटर विमानहरू कामलूप्स विमानस्थलबाट टेक अफ गरेर अलि तलतलै उडिरहेका थिए । अलिकति माथि पुगेर फनक्क घुमेपछि एउटा विमान चाहिँ नियन्त्रण गुमाएर फनफनी घुम्दै भुइँमा बजारियो ।

ड्यांग आवाजसँगै धूवाँ आएको देखिन्छ अनि विमान भुइँमा बज्रिन्छ ।


Advertisement

विमान नजिकैको घरमा ठोकिएको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्