×

NMB BANK
NIC ASIA

बंगलादेशमा नेपालीको ‘डिजिटल अनशन’ : ९०० विद्यार्थीको स्वदेश फर्किने चाहना

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बंगलादेशमा सोमवारसम्म २२  हजार जनामा कोरोना संक्रमण भएको छ भने ३१४ जनाको मृत्यु भएको छ । लकडाउन आह्वान गरिएपनि खुला जस्तै छ । 

Sagarmatha Cement
Muktinath Bank

बंगलादेशमा रहेका ९०३ जना नेपाली विद्यार्थी समस्यामा परेका छन् । बंगलादेशमा रहेका नेपाली विद्यार्थीले खानपिनदेखि हिँडडुल गर्ने समस्यासँगै कोरोना संक्रमण हुनसक्ने डर र त्रासमा बाँच्नु परेको ढाकामा अध्ययनरत नेपाली विद्यार्थी डा. रामकिशोर गोइतले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु शेख मुजीम मेडिकल कलेजमा अर्थोपेडिक विभागमा एमएस गरिरहेका गोइत जनकपुरका हुन् । उनी बंगलादेशबाट नै एमबीबीएस उत्तीर्ण गरेर एमएसको फाइनल थेसिस गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार बंगलादेशमा ९०३ जना नेपाली विद्यार्थी छन्, जसमध्ये ५० जना विद्यार्थी एमडी/एमएस गरिरहेका छन् भने बाँकी अधिकांश एमबीबीएसका विद्यार्थी छन् । केही सीमित संख्यामा इन्जिनीयरिङका समेत विद्यार्थी छन् ।

Vianet communication
Laxmi Bank

बंगलादेशमा रहेका केही विद्यार्थी कलेजको छात्राबासमा बस्छन् भने केही बाहिर घर भाडा लिएर बस्ने गर्छन् । विद्यार्थीलाई कोरोना संक्रमण हुनसक्ने चिन्ताले सताएको छ । ‘यहाँ लकडाउन भनिएपनि शपिङ मल, बजार सबै खुला नै छन्,’ गोइतले भने, ‘खानेकुरादेखि तरकारीसहित अन्य अत्यावश्यक वस्तु किन्न बजारमा नै जानुपर्ने भएकाले कोरोना संक्रमणको खतरा बढेको छ ।’

बंगलादेशका कतिपय संक्रमितमा कोरोना रोगको लक्षण नै नदेखिएकाले विद्यार्थीमा कोरोना छ/छैन भन्ने परीक्षण गर्न नपाउँदा समस्या भएको उनले बताए ।

नेपाली विद्यार्थीसँग पैसाको समेत अभाव हुँदै गएको उनले बताए । ‘विद्यार्थीहरू २ देखि ३ महिनासम्मका लागि पैसा बन्दोबस्त गर्छन् तर अहिले विद्यार्थीसँग भएको पैसा सिद्धिएको छ, खाली हात भएका कारण खान, बस्न थुप्रै समस्या भएको छ,’ उनले भने, ‘नेपालबाट अभिभावकले पैसा पठाउन सक्ने वातावरण छैन । काठमाडौंको नेपाल राष्ट्र बैंकमार्फत मात्र पठाउन सकिने प्रावधान रहेकाले काठमाडौं बाहिरका विद्यार्थीले पैसा पाउन सकेका छैनन् ।’

कोरोना महामारीसँगै बंगलादेशसहित अन्य देशका विद्यार्थी आफ्नो देश फर्किसकेका छन् । ‘अन्य देशका सरकारले उद्धार गरेर आफ्नो देश फिर्ता लगेका छन् तर हाम्रो देशले वास्ता गरेको छैन,’ उनले भने, ‘एउटा होस्टेलमा ५०० जति विद्यार्थी हुने गरेकोमा ४–७ जनासम्म नेपाली मात्र रहेकाले बिद्यार्थीहरुमा डर पसेको छ । ४००–५०० विद्यार्थी बस्ने एउटा होस्टेलमा बढीमा १० जना नेपाली विद्यार्थी मात्र बस्नु परेपछि डर–त्रास हुनु स्वाभाविक नै हो ।’

भाडामा बस्ने विद्यार्थीलाई समेत घरधनीले तनाव दिएका छन् । ‘घरधनीले कि त भाडा देऊ कि त घर खाली गर भनेर भन्ने गरेका छन्,’ गोइतले भने, ‘त्यस्तो अवस्थामा विद्यार्थीहरू अलपत्र हुनुपर्ने, घर न घाटको अवस्था आएको छ ।’
कोरोना महामारीसँगै समस्यामा परेपछि विद्यार्थीले नेपाल सरकारसँग स्वदेश फिर्ताको माग गरेका छन् । विद्यार्थीले ५ देखि ८ मेसम्म ४ दिन डिजिटल रिले अनशन गरेका छन् । गोइतसँगै डा. निरज कार्की, डा. अनु गुरुङ, डा. नबिन यादव लगायतका विद्यार्थीले अनशन गरेका थिए ।

‘आफ्नो देशमा लगिदिनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन विद्यार्थीहरू ६–६ घण्टाको शिफ्टमा डिजिटल रिले अनशनमा पनि बस्यौं,’ उनले भने, ‘पछि हामीले अनशन फिर्ता लिएका थियौं ।’ विद्यार्थीले बंगलादेशमा रहेका नेपाली राजदूत बंशीधर मिश्रलाई सबै समस्या बताइसकेका छन् ।

‘कुन–कुन विद्यार्थी कहाँ–कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने सबै तथ्यांक सहितको जानकारी राजदूत मिश्रलाई हामीले दिइसकेका छौं तर अहिले देशमा फिर्ता लैजान अन्तर्राष्ट्रिय उडान नै नेपालमा बन्द भएका कारण कुनै उपाय नरहेको राजदूतले बताउने गर्नुभएको छ,’ उनले भने, ‘अहिले जो जहाँ जुन अवस्थामा हुनुहुन्छ, त्यहीँ अवस्थामा बस्न भनेर राजदूतले नेपाली विद्यार्थिलाई भन्ने गरेका छन् ।’

नेपालको परराष्ट्र मन्त्रालयमा सबै कुराको जानकारी गराइसकेको तथा उद्धारका लागि सरकारले छिट्टै निर्णय गर्ने भनेर राजदूतले नेपाली विद्यार्थीलाई आश्वासन दिने गरेका छन् । सरकारले छिट्टै उद्धार गर्ने र स्वदेश फर्किने विद्यार्थीलाई २१ दिन क्वारेन्टाइनमा राख्न स्थानीय सरकारले पहल गर्ने भनेर राजदूतले दिएको आश्वासनमा बसिरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x