कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
दियेश रत्न शाक्य
धेरै पछि जब टेकें जन्मघर
उ अचम्मित भयो र सोध्यो मलाई
किन आयौ अब
जब रहेन यो घर
उभिन सकेन तिमी हुर्की बढेको
कोठा ,चोटा र बुईंगलहरू
केवल भुकम्पको स्मृति छोडेर
कता हराए यिनीहरू ?
गह्रुगो मन थाम्दै म बोलें
मेरो बालापनको सुगन्ध
टिप्न आएको हूँ यहाँ
जुन मैले धेरै पहिले
यतै छोडेर गएको थिएँ
अहिलेसम्म साक्षी उभिरहेको
-यो जमिनको पत्र पत्रमा
-यो हावाको कणकणमा
-यो घण्टीफूल रुखको पात पातमा
-यही घरछेउ
लामो सुस्केरा उनेर
सुक्दै उभिरहेको इनारमा
-यो घर उभिएको चोक वरपर
लुकामारी खेल्दै
छिपाएका मेरा बालसखाहरूको हाँसोमा
- 'घ्वाँय् कासा'खेलमा
किरिङमिरिङ कोरेका यो आँगनको माटोमा
-गुच्चा , खोपी र डण्डीबियो फ्याँक्दै नापेका
प्रत्येक गल्लीको बाटोमा
-एकपाङ्ग्रे साइकल गुडाउँदै नापेका
पुरा बजारभरिको सडकमा
जतिन्जेल म जन्मघरमा हुन्छु
स्वप्निल यादहरूले घेरिन्छु
अहिले पनि छिमेकीको तेलमिलबाट
हरर बास्ना
नाकैमा ठोक्किरहे जस्तो लाग्छ
चोटामा रहेका तानबाट
कपडा बुनेको आवाज
टहरामा रहेको
ओखलबाट चिउरा कुटेको आवाज
ढिकीबाट धान कुटेको आवाज
अनि बुईंगलबाट
जाँतोमा दाल पिसेको आवाज
फेरि पनि यी कानमा सुसेली हाल्न
आइरहे जस्तो लाग्छ
अलि पर
ढिक्का नुनको ससानो पहाड
मट्टितेलको ससानो पोखरी
कपडाको ससानो कोठी
सजिएको बजारमा
ढाकरहरूको भीड
र कोलाहलको पुरानो दृश्यचित्र
स्मृतिमा बलियोसंग टाँसिन आइरहेछ
र सम्झनामै तानिरहेछु
ती दिनहरू
जतिबेला हामी आमाको पछि लागेर
पर खोलासम्म
लुगाका पोकाहरूको जुलुस जान्थ्यौं
र डुब्दै रमाएर खेल्थ्यौं
जसै यो ठाउँमा उभिन्छु
मानौं यस्तो लाग्छ
यो गल्लीको सन्नाटा चिर्ने थिएन
यदि हाम्रो ज्यासलमा
हथौड़ाको आवाज नउब्जिएको भए
हुक्काको हुँकार नगर्जिएको भए
दूरदराजबाट आएर
आस्याङ -आङिहरू /बाजे -बज्यैहरू
पसलमा हुल बाँधेर नबसिदिएको भए
र टोलभरिको ठूलो हाम्रो परिवार
हरेक साँझ
अझ ठूलो कसरी हुन्थो र
उहाँहरू पाहुना नबनिदिएको भए
एउटा युग जस्तो लामो समय तानेर
सम्झिरहन्छु मेरा बा आमालाई
जसले कर्मको छिनाले खोप्दै
पहाड जस्तो दु:ख
हाम्रो लागि सम्याउन खोज्दा खोज्दै
जुनि कटाउनु भयो
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...