×

NMB BANK
NIC ASIA

पोखराका होटल असोजसम्म बन्द गर्ने निर्णय, बेतलबी कर्मचारी जोगाउनै मुस्किल !

जेठ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको महामारीसँगै जारी लकडाउनले सबैभन्दा नराम्ररी प्रभावित भएको क्षेत्र हो होटल व्यवसाय ।

Sagarmatha Cement
Muktinath Bank

अन्य व्यवसायको तुलनामा ठूलो लगानी रहने होटल व्यवसाय सञ्चालन हुन नसक्दा कार्यरत हजारौं मजदुरको रोजीरोटी गुमेको छ भने सञ्चालकको लगानी खेर गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटनको ठूलो हिस्सा प्रभावित बन्दा राष्ट्रिय अर्थतन्त्रमै ठूलो धक्का लाग्ने प्रारम्भिक अनुमान गरिँदैछ ।


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेशको राजधानी पोखराका होटलहरूले आगामी असोजसम्म बन्द हुने घोषणा गरेका छन् ।

Vianet communication
Laxmi Bank

कोरोना रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने अनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म पोखराका होटल पनि सञ्चालन गर्न नसकिने पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

संघका अध्यक्ष विकल तुलाचनले भने, ‘लकडाउन कतिसम्म जाने हो निश्चित छैन । लकडाउन खोलि हाले पनि कोरोना संक्रमणको प्रभाव सकिँदैन । तत्काल विदेशी पर्यटक आउँदैनन् । कहीँकतै आन्तरिक आएपनि फ्रन्टलाइनमै रहेर पाहुनालाई सेवा दिनुपर्ने भएकाले मापदण्ड कायम गर्न गाह्रो छ ।’

उनका अनुसार यही स्थितिमा सञ्चालन खर्च बढ्ने, सरकारले राहतका प्याकेज घोषणा नगरेको अवस्थामा पर्यटक आएपनि डुल्न जाने ठाउँ कहीँकतै छैन, समाजमा डर त्रास हटेको छैन ।

होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन कोरोना भाइरस अन्त्य भएपछि १–२ वर्ष लाग्नसक्ने अनुमान गरिएको छ । जसका कारण पोखरा क्षेत्रमा सञ्चालित होटलमा कार्यरत मजदुरको रोजीरोटी गुमेको छ । पोखरामा ठूला भनिएका पोखरा होटल ग्राण्ड, फिस्टेल, बाराही, टेम्पल ट्री, ल्याण्डमार्क लगायत होटलमा पहिलेको तुलनामा हाल १५ प्रतिशत मा कर्मचारी कार्यरत छन् । अन्य होटलले लगभग पूरै कर्मचारी घर फर्काएका छन् ।

‘नो वर्क, नो पे’को अवधारणामा कर्मचारीलाई बेतलबी राखेका छन् । होटलमा हाल शुन्य कारोबार हुँदा तलब दिनसक्ने अवस्था छैन ।

अबको बाटो के त ? पश्चिमाञ्चल होटल संघ अध्यक्ष तुलाचन भन्छन्, ‘सरकारले समग्र पर्यटन क्षेत्रको लागि राहतको प्याकेज दिन कञ्जुस्याइँ गर्नु हुन्न । गत शुक्रवार आएको सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई खासै सम्बोधन भएन । अब आउने बजेटमा भने यसलाई प्राथमिकतामा राखेर राहतका प्याकेज ल्याउनु जरुरी छ । सरकारले पनि एकखालको मापदण्ड ल्याउनुपर्दछ ।’

उनले अगाडि भने, ‘सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी लगानी थप्न लगाइयो । व्यवसायीले पनि सकी–नसकी ठूलो ऋण लिएर लगानी थपे । महामारीकै कारण देखाएर सरकार पन्छिन मिल्दैन । अपनत्व त लिनुपर्‍यो नि !’ 

हुन पनि होटल क्षेत्र भनेको संवेदनशील क्षेत्र हो । कुनै महामारी तथा विपत्ति निम्तिँदा होटल व्यवसाय छिटो प्रभावित हुने र ढिलो उठ्ने हुन्छ । होटलकै कारण कृषि र हाइड्रो क्षेत्रलाई समेत ठूलो टेवा दिएको छ । 

होटलमा कार्यरत मजदुरलाई तलब खुवाउन धौ–धौ छ । कारोबार नै शून्य भएको अवस्थामा कसरी तलब खुवाउने भन्नेमै होटल सञ्चालकलाई पिरलो थपिएको छ । होटल संघले नै भाडामा सञ्चालित होटललाई घरभाडा छुट गरिदिने व्यवस्था मिलाउन सरकारसँग अपिल समेत गरिसकेको छ । मजदुरलाई ६ महिना वा वर्ष दिनसम्म धान्नका लागि प्याकेज दिनुपर्ने माग संघले गरेको छ । होटलले रोजगारी सिर्जना समेत गरेको हुँदा सरकार पन्छिन नमिल्ने व्यवसायीको माग छ ।

पोखराको पर्यटन क्षेत्रमा समग्र ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको संघले जनाएको छ । पश्चिमाञ्चल होटल संघमा मात्र आबद्ध होटलको संख्या ४०० बढी छ । ती होटलमा ३० हजार बढी बेड छन् । होटल तथा रेस्टुरेन्टमा गरी पोखरामा हाल २५ हजार कर्मचारी कार्यरत रहेकोमा कोरोनाकै कारण ८० प्रतिशत कर्मचारी घर फर्काइएका छन् । 

कर्मचारीलाई होल्ड गरी राख्नुपर्ने पुराना पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको भनाइ छ । उनले अहिले कर्मचारीलाई जोगाउन नसके आवश्यक पर्दा फेरि समस्या पर्ने हुँदा जसरी पनि राहत प्याकेज ल्याएर कर्मचारी होल्ड गर्नुपर्ने उनको जोड छ । 

असोजपछि के गर्ने भन्ने सवालमा संघले कोरोनाको प्रभाव र सरकारको नीति अनुसार त्यसबेला मात्र भन्न सकिने जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x