×

NMB BANK
NIC ASIA

ह्वात्तै बढ्यो उपत्यकामा कोरोना परीक्षण गराउनेकाे संख्या

जेठ ६, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ।

Sagarmatha Cement
Muktinath Bank

वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महिनामा दैनिक झण्डै ७ सय परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परीक्षणका लागि आउनेमध्ये कतिपय सङ्क्रमित जिल्लाबाट आएका, सङ्क्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि सङ्क्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए। अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन् यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको हो। 


Advertisment
Nabil box
Kumari

दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ। केही महिनादेखि काठमाडौँ उपत्यका नछाडेका र सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्ति पनि त्रासका कारण आफूलाई कोभिड–१९ छ छैन भनी परीक्षण गराउन आइरहेका छन्। 

Vianet communication
Laxmi Bank

परीक्षणका लागि आउनेमा नेपालीसँगै विदेशी पनि रहेको डा राजभण्डारीले बताए। कतिपयमा आफूलाई सङ्क्रमण छैन भन्ने लागेपनि कागजातका लागि परीक्षण गराउन आइरहेका छन्। उनले भने, ‘आफ्नो देशमा फर्कनु पहिले परीक्षण गर्नुपर्ने भएकाले पनि उनीहरु आइरहेका छन्।’

कतिपय व्यक्ति भने उपत्यकाकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा पनि कतै आफू सङ्क्रमित भइहालेँ कि भनी जचाउन आइरहेका छन्। कतिपय व्यक्ति तरकारी पसल वा अरु कुनै पसल खोल्नका लागि आफूलाई सङ्क्रमण छैन भनि प्रमाणित गराउनका लागि आइरहेका छन्। बैङ्कलगायतका संस्था खुल्दा पहिले बिदाका बसेका कर्मचारी पनि कोभिड–१९ परीक्षण गर्न आएका छन्। बन्दाबन्दीको समयमा पनि भिडभाड भइरहेका कतिपय कार्यालयका कर्मचारी पनि परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ। 

अस्पतालमा अहिले झण्डै पाँचदेखि ७ सयसम्म कोभिड–१९ को परीक्षणका लागि आइरहेकामा धेरै व्यक्तिमा सङ्क्रमणको सम्भावना नरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए। उनका अनुसार जो व्यक्तिमा सङ्क्रमणको सम्भावना छैन भने उसलाई सबै विवरण सुनेर अस्पतालले हरियो कार्ड (सङ्क्रमण नभएको प्रमाणपत्र) दिएर घर फर्काउने गरेको छ । अस्पतालमा आएकामध्ये ४० प्रतिशत व्यक्तिमा सङ्क्रमणको सम्भावना नभएपनि उनीहरु डराएर जाँच गर्न आइरहेको उनले बताए। उनले भने, ‘अस्पताल आउनेमध्ये हामीले आवश्यकको मात्रै नमूना सङ्कलन गरिरहेका छौँ।’

वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म व्यक्ति कोभिड–१९ जाँचका लागि आउने गरेकामा गत मङ्गलबार काठमाडौँ र भक्तपुरमा सङ्क्रमित व्यक्ति फेला परेसँगै यो सङ्ख्या ह्वात्तै बढेको हो। बन्दाबन्दी खुकुलो भएपछि उपत्यका बारिहका जिल्लाबाट धेरै उपत्यका फर्किएका थिए। कतिपय सङ्क्रमित अहिलेसम्म नभेटिएका जिल्लाबाट आएका व्यक्तिसमेत परीक्षणका लागि आइरहेका उनले बताए। 

काठमाडौँ उपत्यका बाहिरका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको जिल्लाबाट आएका वा सङ्क्रमितको सम्पर्कमा आएका हुनसक्ने, सङ्क्रमण रोकथामका लागि अग्रपङ्तिमा रहेर काम गर्नेहरुको नमूना सङ्कलन भइरहेको डा राजभण्डारीले बताए। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका पेशामा रहेर काम गरिरहेका व्यक्तिको व्यक्तिगत रुपमा नमूना सङ्कलन भइरहेको छ। उनले भने, ‘कतिपयले समूहमा गर्न चाहनुहुन्छ तर हामीले जुन व्यक्तिमा सङ्क्रमणको बढी जोखिम छ उसैको परीक्षण गरिरहेका छौँ।’

यो महिनाको पहिलो दिनदेखि नै अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको छ । यहाँ आएकामध्ये कतिपयको आरडीटी र कतिपयको पिसिआर परीक्षण हुने गरेको छ। सङ्क्रमणको सम्भावना बढी भएका व्यक्तिको पिसिआर परीक्षण र जोखिम कम भएका व्यक्तिको आरडिटी परीक्षण भइरहेको उनले बताए। अहिले सुरक्षाकर्मीहरु पनि समूहमा कोरोना परीक्षणका लागि आइरहेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको परीक्षण उनीहरुकै अस्पतालमा गर्दा राम्रो हुने उनले बताए। 

अस्पतालले परीक्षण भएको दुई दिनपछि नतिजा दिने गरेको छ। व्यक्तिले सम्पर्क नम्बर र ठेगाना फरक लेख्ने गर्दा उसलाई सम्पर्क गर्न र पोजेटिभ आउँदा कन्ट्याक ट्रेसिङमा समस्या हुने उहाँको भनाइ छ । उनीहरु लामो समयदेखि काठमाडौँ बस्ने भएपनि आफ्नो जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको छ । 

अस्पतालमा आइसियू २० श्यया र आइसोलेशन ३० वटा रहेको छ । अस्पतालले दिँदै आएका अरु सबै सेवा अरु अस्पतालमा सारेपनि अहिलेसम्म रेबिजविरुद्धको खोप यहीँबाट लगाउने गरिएको छ । प्राविधि समस्याका कारण यो सेवा अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेशनमा अहिले १८ जना रहेका छन् । –सञ्चिता घिमिरे/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x