नेपाल राष्ट्र बैंकले ७ वटा विभागको नाम परिवर्तन गरेको छ ।
साउन १ देखि लागु हुने गरेर विभागको नाम परिवर्तन गरिएको हो । जसमा अनुसन्धान विभागको नाम परिवर्तन गरेर आर्थिक अनुसन्धान विभाग बनाइएको छ ।
यस्तै सामान्य सेवालाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षणलाई लघुवित्त संस्था सुपरिवेक्षण विभाग बनाइएको छ ।
संस्थागत योजनालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयलाई बैंकिङ विभाग, सूचना प्रविधि विभागलाई सूचना प्रविधि महाशाखा बनाएको छ ।
यस्तै उपत्यका बाहिरका कार्यालयलाई प्रादेशिक कार्यालयमा परिवर्तन गरिएको छ ।
लोकान्तर संवाददाता