पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
भारतीय टेलिभिजनमा नेपालबारेको 'बडी खबर' प्रशारण भइरहेका छन् । सीमा विवादका सन्दर्भमा भारतीय टेलिभिजनमा आएका एकलौटी अन्तरवार्ताहरूमा नेपाली र भारतीय नागरिकहरूको एकप्रकारको 'भर्चुअल वार' भैरहेको छ । शायद भूकम्पपश्चात भारतीय मिडियामा नेपालबारेका सामग्रीहरू यतिधेरै प्रसारित भैरहेको यो नै पहिलोपटक हुनुपर्छ । भारतको मूलधारको पत्रिका हिन्दुस्तान टाइम्सले त 'नेपाल सुड रिकाउन्सिल टु रियालिटी' शीर्षकमा सम्पादकीय नै लेख्यो ।
भारतीय थिङ्क ट्याङ्क, दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका विशेष जानकार एसडी मुनी सदाजस्तै नेपालको आन्तरिक राजनीतिको खिचातानीलाई चिनियाँ कार्डको बिल्ला भिराउन आइपुगे । जबकि चीन भारतसँग व्यापार घाटा सहेर नेपाललाई बोक्न चाहन्न भन्ने कुरा मुनीलाई पनि अवगत नै छ । टेलिभिजनमै भारतीय सेनाका पूर्व जर्नेल जीडी बक्सी देखा परे । घाँटीको नशा फुलाउँदै आईवीपी न्यूज च्यानलसँग कुरा गर्दै बक्सीले समेत मुनीले जस्तै नेपाललाई चीनले उक्साइरहेको बताए । कांग्रेस आईको जमानमा माओवादीलाई उकासिएकाले यस्तो परिणाम आएको उनको कथन थियो ।
अचानक अर्को डाइलग आयो भारतीय मिडियामा । जुन डाइलगले पंक्तिकारलाई यो स्तम्भ लेखिन बाध्य गरायो । आक्रोशलाई शब्दमा बदल्यो भने मन शान्त हुन्छ । ओठभरी अत्यधिक लिपिस्टिक दलेकी प्रस्तोता भन्दै थिइन्- 'ए मनिषा कोइराला खाती हे भारत में, लेकिन गाना गाती हो नेपालको ।' उनी थप्दै गइन्, 'मनिषाको भारतीय जनताने प्यार दिया, नाम दिया, सुपरस्टार बनाया, पैसा दिया लेकिन मनिषाने ए क्या दिया ?' उनको यस प्रकारको संकीर्ण सोचका उपर भारतीय केही कट्टर राष्ट्रवादी युवाहरू कमेन्टमा लेख्दै थिए, 'मनिषाका फिल्म बहिस्कार करो, यिनको नेपाल भेजो ।'
यसप्रकारको भारतीय मिडियाको पारो ह्वात्तै बढ्यो । नेपाली मिडियाहरू हेरेकोहेर्यै भए । डिफेन्समा उत्रिन सकेनन् । बरु पाकिस्तानी मिडियाहरूले नेपालको साथ दिए । उनीहरूले टेलिभिजनमा भनेका छन् कि 'नेपालको बजरियाजमने भारतीय सीमा नाकामे फौज भेजा ।' नेपालको प्रधानमन्त्रीले फौज भेजे कि भेजेनन् त्यो अलग कुरा भयो । तर नेपालकी चेली, पूर्व प्रधानमन्त्री विपी कोइरालकी नातिनी एवं बलिउडकी लोकप्रिय अभिनेत्रीले गरेको एउटा रि-ट्वविट सीमा नाकामा मात्र हैन नेपालको फौज दिल्लीसम्मै पठाएजस्तो भयो ।
मनिषाको त्यो रि-ट्विटले सिंगो भारत नै हल्लायो । वान मेन आर्मीको रूपमा मनिषा अचानक नेपाली जनताको मनमा राहत बनेर आइपुगिन् । किनकी भारतीय मिडियाको हर्कत सुनेर नेपाली जनताहरूको 'मोरल डाउन' भएको थियो । जब मनिषाको इन्ट्री भयो, नेपाली युवाहरूको शिर ठाडो भयो । नेपाली मिडिया पनि तात्यो । सामाजिक सञ्जाल पनि तात्यो । सबैभन्दा धेरै त भारतीय मिडिया नै तात्यो । यसबाट थाहा हुन्छ, मनिषाको उपस्थिति कति गर्विलो भयो भन्ने कुरा । नेपालका प्रधानमन्त्रीको कुरा नसुन्ने भारतीय मिडियाले मनिषाको रि-ट्वविटलाई खुब महत्त्व दियो । यसबाट थाहा हुन्छ, यो देशको अस्मिता केवल नेताले मात्र हैन, कलाकारले पनि जोगाउनु पर्दछ ।
सुधिर चौधरीजस्ता ख्याती प्राप्त पत्रकारहरूले समेत एउटा कलाकारको देश हुन्छ, माटो हुन्छ, मातृभूमिको पहिचान हुन्छ भन्ने बिर्सेर अत्यन्तै भ्रमपूर्ण विश्लेषण गरे । उनको विश्लेषण थियो- 'मनिषा भारतमा बस्छिन्, भारतमा पैसा कमाउँछिन्, भारतका जनताले उनलाई नाम दिए तर नेपालको समर्थन् गर्छिन् ।' अध्ययनशील, भलाद्मी तथा एक अनुभवी पत्राकार समेत पहिचान बटुलेका चौधरीले यतिसम्म भ्रमपूर्ण प्रचारवादी गरे कि, 'अंग्रेजको फौज काठमाडौंसम्म पुगेको थियो' भनेर कुतर्क गरे । जम्मू काश्मीरमा गोर्खा सेना तैनाथ छन् र भारतलाई जोगाउन नेपालीहरूले धेरै रगत बगाएगा छन् भन्ने यथार्थ बिर्सेर उनले नेपाली सेना र भारतीय सेनाको शक्तिको तुलनासमेत गर्न भ्याए, र सबैकुरा चीनमा लगेर थोपार्न पुगे ।
एक महिला टेलिभिजन प्रस्तोताले बलिउड अभिनेत्री मनिषा कोइरालालाई 'खाती पिती हे भारतका लेकिन गाना गाती हे नेपालका (कतिले त चीनका)' सम्म भन्न भ्याए । यस्ता टिप्पणीहरूबाट थाहा हुन्छ, भारतीय पत्रकारिताको अन्धो राष्ट्रवाद । उनीहरूलाई थाहा हुनुपर्ने हो– संसारभरी छरिएर रहेका भारतीयहरूले अनेकौं क्षेत्रमा नाम कमाएका छन्, पैसा कमाएका छन्, तर जब भारतीय स्वाभिमानको प्रश्न उठ्छ, जम्मूकाश्मीरको प्रश्न उठ्छ उनीहरू एकजुट नै हुन्छन् । गूगलका सीईओ सुन्दर पिचाई पनि भारतीय नै हुन् भनिन्छ । के उनी गूगलमा सीईओ हुँदैमा, अमेरिकामा बसेर खाँदैमा, अमेरिकामा काम गर्दैमा भारतविरोधी हुन सक्छन् र ? के प्रियंका चोपडा हलिउड फिल्ममा अभिनय नगरेको हो र ? पक्कै पनि सक्दैनन् ।
बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला बलिउडका लागि चर्चित भएपनि उनी नेपाली थिइन् । उनको देश नेपाल थियो । उनको माटो नेपाल थियो । उनको मातृभूमि नेपाल थियो । उनको परिचान नेपाली थियो, हो र यसकारण नेपालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई रि–ट्विट गरेकी थिइन् । उनले बलिउड फिल्म जगतकी चर्चित अभिनेत्री मनिषाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई रि–ट्विट गरेकी थिइन् । उनले जम्माजम्मी क्याप्सनमा यति लेखेकी थिइन् कि ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं । हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद ! अब हामी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।' यहाँ बुझ्न नसकेको कुरा मनिषाको यस प्रकारको सामन्य देशभक्तिको कुरा भारतीय मिडियाहरूका लागि किन निको लागेन ?
जब कि, सीमा विवादबारे यथार्थलाई केलाउँदा तथ्य र प्रमाणहरूलाई अगाडि ल्याउँदा पनि नेपालले आफ्नो भू–भागको दाबी गरेको हो, जुन सामान्य हो । नेपाल र भारतबीच १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नै नेपालको पश्चिमी सीमाको रूपमा निर्धारित भएको छ । लिम्पियाधुराबाट उत्पन्न काली नदी सीमा भएकाले त्यसको निकै पूर्वतिर पर्ने लिपुलेक स्वतः नेपालको रहेको छ । नेपाल र चीनबीच १९६१ अक्टोबर ५ मा भएको सीमा सन्धिको दफा १ को उपदफा (१) मा लेखिएको छ– ‘नेपाल–चीन सीमा रेखा काली नदी र टिंकर नदीको पानी ढलो तथा कर्णाली (मापचू) नदीका सहायक नदीहरू र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ, त्यहाँबाट यो दक्षिण पूर्वतर्फ कर्णाली (मापचू) नदीका सहायक नदीहरू तथा टिंकर नदी र काली नदीका पानी ढलो हुँदै लिपुधुरा (न्यूमचिसा) हिमालको श्रृंखला र लिम्पियाधुरा (टिंकर लिपू) भञ्ज्याङसम्म जान्छ । यसरी लिपुलेक नेपालको हो भन्ने प्रस्ट देखिन्छ ।
युएस आर्मीले वासिंटनबाट १९५४ मा निकालेको नन्दादेवी–मानसरोवर शीर्षकको नक्सामा लिम्पियाधुराबाट निस्केको कुटीयाङ्दी लेखिएको छ । कुटीयाङ्दी भनेकै काली नदी हो । १९६७ मा सोभियत संघबाट प्रकाशित ‘वर्ल्ड एटलस’ द्वितीय संस्करणमा लिम्पियाधुराबाट उद्गम नदीलाई काली नदी लेखिएको छ ।
भारत, बेलायत, अमेरिका, रुसलगायतका अन्तर्राष्ट्रिय नक्साहरूलाई आधार मान्ने हो भने काली नदी नेपाल–भारतबीचको सीमा नदी भएकाले पूर्वतर्फ पर्ने लिपुलेक स्वतः नेपालभित्र पर्दछ ।
तर यो यथार्थ भारतलाई निको लागेन । भारतले नेपालले एकतर्फी रूपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रूपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘नेपालले आज एक संशोधित नक्सा सार्वजनिक गरेको छ । जसमा केही भारतीय भूमि पनि समेटिएको छ । यो एकतर्फी कदम हो र यो ऐतिहासिक तथ्य र प्रमाणमा आधारित पनि छैन ।' उनले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताएका छन् । तर के उनीहरूले नमान्दैमा हाम्रो भूमीमाथि हस्तक्षेप गर्न पाउँछन् ? पक्कै पाउँदैनन् । हामी आ-आफ्नो स्थानबाट भारतको त्यसप्रकारको हस्तक्षेपविरुद्ध खडा हुनुपर्छ ।
जस्तो कि मनिषा कोइरालाले आफ्नो कार्यका दौरान जहाँ भएपनि उनको रगतमा नेपालीपन छ, भन्ने आज प्रमाणित गरिन् । त्यसरी नै विश्वभरीका नेपालीहरू एकजुट हुनु आवश्यक छ । सैन्य शक्तिको दृष्टिले, आयात तथा निर्यातको कोणबाट, जीडीपीको दृष्टिले, जनसंख्या तथा भूगोलको क्षेत्रफलको हिसाबमा हामी भारतभन्दा सानो छौं होला तर हाम्रो स्वाभिमान सानो छैन । क्यान्सरसँग लडेर जितेकी देशभक्त मनिषालाई शायद भारतीय मिडियाहरूको छुद्र अपमानले छुँदैन किनकी उनी एक नायिका मात्र हैन, पूर्वप्रधानमन्त्री एक आदर्शवान राजनेता बीपी कोइरालाकी नातिनी पनि हुन् । मनिषालाई एक नायिकको रूपमा मात्रै चिन्नु भारतीय मिडियाको गल्ती हो । मनिषाको नशा-नशामा अभिनय मात्र हैन, राजनीति र देशप्रेम पनि बग्दछ भन्ने कुरा सम्पूर्ण भारतले बुझ्नु जरुरी छ । अनेकौं आलोचना सहेर पनि आफ्नो मातृभूमिको माटोलाई माया गर्ने प्रिय अभिनेत्री मनिषाको देशभक्तिपूर्ण भावनाबाट हामीले देशको माटोको महत्व कति छ त्यो बुझ्नुपर्छ ।
यु आर ग्रेट मनिषा !
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...