
अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित ग्रीनएकरमा रहेको एक हिजाब पसलमा बिहीवार एउटा कार लगेर जोतिँदा ११ जना घाइते भएका छन् ।
चालकले कारलाई अर्को कारसँग ठोकाए अनि आक्रामक तरिकाले पसलको अग्रभागमा लगेर जोते ।
चालकले असामान्य गतिविधि गरिरहेको खबर पाउनेबित्तिकै घटनास्थलमा तत्कालै प्रहरी आइपुग्यो र घटना रोक्न भ्याएन ।
घटना स्थानीय समयअनुसार सबा ३ बजे भएको हो । प्रहरीले तत्कालै घटनास्थलमा सुरक्षा घेरा स्थापना गरेको छ । यो दुर्घटना हो कि कुनै किसिमको आक्रमण हो भन्ने विषयमा उनीहरूले टिप्पणी गरिसकेका छैनन् ।
‘पुरुष चालक र ११ जना पैदलयात्रीहरू घाइते भएका छन् । उनीहरूलाई सामान्य चोटपटक लागेको छ,’ प्रहरीले बयान जारी गरेर जानकारी दियो ।
#BREAKING: Distressing footage of a car slamming into #HijabHouse days before Eid in Greenacre NSW. Numerous girls injured. pic.twitter.com/r8KjUfgCTG
— Rayane Tamer (@rayane_tamer) May 21, 2020