कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
जनताको सुरक्षामा अग्रपंक्तिमा खटिने प्रहरी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् ।
कोरोनाको संक्रमण फैलिन नदिन लकडाउनको ५९ औं दिन चलिरहेको छ । लकडाउनलाई प्रभावकारी बनाउन र कोरोनाको संक्रमण फैलिन नदिन प्रहरी नै चोकचोक र गल्लीगल्लीमा खटिरहेका छन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी जवानलाई कोरोना पुष्टि भएसँगै वृत्त नजिकैको महानगरीय ट्राफिक प्रहरी प्रभाग, महिला सेल, बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सील गर्नु परेको छ । केही दिनअघि बारा र कपिलवस्तुमा प्रहरीका ३ जनामा कोरोना देखिएको थियो ।
अग्रपंक्तिमा खटिने प्रहरीलाई पनि कोरोनाको संक्रमण देखिन थालेको छ । उच्च जोखिममा रहेका प्रहरीलाई सुरक्षा सामग्रीका सामान पीपीई, चस्मा, पञ्जा र मास्कको राम्रो व्यवस्था भएको देखिँदैन, जसले गर्दा झन् जोखिम मोलेर फिल्डमा खटिएका छन् प्रहरीहरू ।
प्रहरीसँग रहेको सीमित स्रोत र साधन व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
डीआईजी पोखरेलले लोकान्तरसँग भने, ‘अग्रपंक्तिमा खटिने प्रहरीले मास्क, स्यानिटाइजर लगायतका न्यूनतम सुरक्षाका सावधानीहरू अपनाएका छौं ।’ सुरक्षा सावधानी अपनाउँदा–अपनाउँदै पनि ब्यारेकमा संक्रमण देखिएपछि अझ धेरै सावधानी अपनाएर ड्युटीमा खटिनुपर्ने अवस्था आएको डीआईजी पोखरेलले बताए ।
फिल्डमा खटिने ट्राफिक प्रहरीका सीमित प्रहरीलाई बाहेक अन्यसँग व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), चस्मा, मास्क लगायतका सुरक्षा सामग्री देखिँदैनन् । कोरोना संक्रमण फैलिँदै गएपछि सवारी चेकजाँच गर्न पनि डर लाग्न थालेको सोह्रखुट्टेमा कार्यरत एक ट्राफिक प्रहरीले लोकान्तरलाई बताए ।
‘कोरोना झन्झन् बढ्दै गयो । अहिले त सवारी चेक गर्न पनि डरलाग्ने अवस्था छ,’ ती प्रहरी जवानले भने, ‘आफ्नै प्रहरी साथीभाइलाई पनि कोरोना लाग्यो रे भन्दा झन् डरले सताउँछ ।’
ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा रहेका प्रहरीलाई मास्क, स्यानिटाइजर र कोरोनाबाट जोगिने चस्मा उपलब्ध गराएको तर त्यसले मात्र पर्याप्त नहुने ती ट्राफिक प्रहरीले लोकान्तरलाई बताए । ‘कमसेकम सबैलाई पीपीई भएको खण्डमा सबैभन्दा अगाडि काम गर्ने हामी जस्ता सुरक्षाकर्मी ढुक्कका साथ काम गर्ने थियौं,’ ती प्रहरीले भने ।
नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) निरज शाहीले कोरोना संक्रमणबाट जोगिन प्रहरीले पीपीई, मास्क, पञ्जा लगायतका सुरक्षा प्रबन्ध गरेको बताए । ‘हामीले प्रहरीलाई सुरक्षित रहनको लागि निर्देशन जारी गरेका थियौं । जसमा पञ्जा, मास्क, अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेका छौं,’ प्रवक्ता शाहीले भने ।
कोरोनाको संक्रमण फैलिनुअघि नै प्रहरी कार्यदिशा ल्याएको थियो । सबै प्रहरीलाई कार्यदिशा अनुसार नै आफ्नो सुरक्षा गर्न भनेको प्रवक्ता शाहीले लोकान्तरलाई बताए । ‘यदि प्रहरीलाई कोरोनाको संक्रमण भएको खण्डमा कसरी उपचार गर्ने, कसरी राख्ने भन्ने कुरा कार्यदिशामा स्पष्ट लेखिएको छ,’ उनले भने ।
सबैभन्दा जोखिम रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीको कोरोना परीक्षण समेत गरिएको छैन । भारतीय सीमा क्षेत्रमा खटिने प्रहरीलाई पनि सुरक्षाका सामग्री उपलब्ध गराइएको छैन । ठूलो समूहमा प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण भएमा कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा अन्योल रहेको प्रहरीका एक उच्च अधिकारीले बताए । ‘सीमामा खटिने प्रहरीलाई राम्रो पीपीई, मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्छ,’ ती अधिकारीले भने ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...