कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन्। देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा सङ्क्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ।
सङ्क्रमित फेला नपरे पनि पछिल्लो समय भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिन लागेका नागरिकका कारण कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन्। यहाँका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडी नाकाबाट नागरिक भित्रिन थालेपछि सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा छ।
प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस सङ्क्रमणको पहिलो घटना फेला परेको थियो। त्यसपछि पाँच जना कोरोना सङ्क्रमित देखिएकामा सबै निको भएर घर फर्किसकेका कारण सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या शुन्य भएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए। कोरोना सङ्क्रमितको उपचारका लागि यहाँको सेती प्रादेशिक अस्पताल कैलालीलाई कोरोना ‘डेडिकेटेड’ अस्पतालका रुपमा सञ्चालन गरिएको उहाँले जानकारी दिए।
पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा ५६ जना कोरोनाको शङ्कास्पदलाई निगरानीमा राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पछिल्लो एक सातामा कैलाली र कञ्चनपुर हुँदै अरु जिल्ला गएका तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भइसकेकाले सुदूरपश्चिम भारतबाट आउनेका कारण उच्च जोखिममा रहेको छ। महेन्द्रनगर, अत्तरिया हुँदै दैलेख आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै कैलाली र कञ्चनपुरबाट अरु जिल्ला गएका व्यक्तिमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन पुगेको बताइएको छ।
त्यसैगरी कैलालीबाट बर्दिया फर्किएकी ११ वर्षीया एक बालिका र कञ्चनपुरबाट काठमाडौँ गएकी ३३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। बर्दियाकी कोरोना सङ्क्रमित ११ वर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन आफन्तको घरमा बसेर फर्किएकी बुझिएको छ। सम्पर्कमा आएका व्यक्तिको परीक्षण भइसकेको र सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कञ्चनपुरबाट काठमाडौँ गएकी कोरोना सङ्क्रमित महिला बेदकोट नगरपालिकाकी भएको खुलेको छ। उनको सम्पर्कमा आएका व्यक्तिको पनि परीक्षण भइसकेको र कसैमा पनि सङ्क्रमण नभएको बताइएको छ ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा एक हजार ६७९ जना क्वारेन्टाइनमा रहेका र १३ जनालाई आइसोलेसनमा राखिएको छ। जसमध्ये सेती प्रादेशिक अस्पतालमा तीन, टीकापुरमा चार, बझाङमा एक, डोटीमा एक, बाजुरामा तीन र डडेल्धुरामा एक जनालाई आइसोलेसनमा राखिएका छन्।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...