×

NMB BANK
NIC ASIA

जसले कोरोना जितिन्

जेठ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउनको अघिल्लो दिन चैत १० मा अफिसबाट बिदा लिएर उनी सुनसरीस्थित घर गएकी थिइन् । ३९ दिनपछि मोटरसाइकलमा काठमाडौं फिरिन् । कार्यालय जानुअघि आफैं कोरोना नभएको प्रमाणित गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । स्बाब दिएको भोलिपल्ट वैशाख ३० गते राति १० बजे आफ्नो रिपोर्ट पोजिटिभ भएको थाहा पाइन् ।

Sagarmatha Cement
Muktinath Bank

जुन बेला उनी ठिमीस्थित साथीको कोठामा सुत्ने तरखरमा थिइन् । त्यही राति टेकु अस्पतालमा भर्ना भएकी उनले दैनिक ६ लिटर पानी खाइन् । आफन्तसँग नियमित फोन सम्पर्क, व्यायाम, योगा गर्ने र कमेडी सुनेर दिन बिताइन् । दुईपटक पीसीआर र एकपटक आरटीडी परीक्षण गर्दा पनि नतिजा नेगेटिभ देखिएपछि उनी बिहीबार डिस्चार्ज भइन् । अस्पतालका निर्देशक सागर राजभण्डारीले उनीसहित अरू ३ जना पनि डिस्चार्ज भएको बताए । कोरोना पोजिटिभ देखिएपछि भर्ना भएकी उनले १० दिन अस्पतालको बसाइमा कोरोनालाई कसरी जितिन् ? उनको अनुभव :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेसनको कर्मचारी हुँ । घर गएको ३९ दिनपछि काठमाडौं फर्किएर अफिसमा फोन गरेँ । १५ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भनेर सुनाए । यसरी बस्नुभन्दा आफंै अस्पताल गएर कोरोना नभएको पुष्टि गरेको रिपोर्ट लिएर आउँछु भन्ने लाग्यो । कोठामा समेत नछिरी सिधै टेकु अस्पताल गए । स्वाब दिएँ । ठिमीमा रहेकी साथीले कोठामा बोलाइरहेकी थिइन् । यहाँ आउनुअघि पनि साथीलाई तपाईंको घरबेटीले के भन्ने हो ? म त बाहिरबाट आएको भनेर सोधेको थिए । केही भन्नुहुन्न भनेपछि गए । २९ गते एक रात र ३० गते दिउँसो साथीकैमा बसे ।


Advertisment
Nabil box
Kumari


रिपोर्ट नआएसम्म अफिस पनि जान्न भनेर बसेकी थिएँ । तर, रिपोर्ट चाहिँ कुन बेला आउने हो भन्ने सोधिखोजी गरिरहे । शंका लागेर परीक्षण गरेको भने थिइँन । कसैले कुरा नकाटोस् भनेर परीक्षण गराएको थिएँ । आफू तराईबाट आएको भए पनि कोरोना छैन भन्ने देखाउन पनि परीक्षण गर्न गएको थिएँ । नेगेटिभ आएको रिपोर्ट लिएर अफिस र कोठा छिर्छु भन्ने सोचेको थिएँ । तर, ३० गते राति १० बजे प्रयोगशालाबाट आएको त्यो फोनले मलाई अफिस र कोठा होइन कि अस्पताल पो पुर्‍याइदियो । हामी खाना खाएर सुत्ने तरखरमा थियौ । रिपोर्ट पोजिटिभ भएपछि के गर्ने ? अब कसलाई भन्नुजस्तो भयो

Vianet communication
Laxmi Bank

अस्पतालबाट पोजिटिभ देखिएको फोन आउनेबित्तिकै कहाँबाट सर्‍यो होला भन्न सम्झेँ । घर र वरिपरिको आफन्तभन्दा त कहीँ गएकै थिएन । पक्कै घरबाटै सर्‍यो होला भन्ने लाग्यो । परिवारको चिन्ता भयो । ८५ वर्षीया हजुरआमा, दमको बिरामी ममीलाई सम्झिएँ । आफू कहाँकहाँ गएँ भनेर सम्झेँ । काठमाडौंमा छँदा एमबीबीएस दोस्रो सेमेस्टरको परीक्षा पनि दिएको थिएँ, त्यो पनि सम्झिएँ । घरमा हुँदा वरिपरिको आफन्तकहाँ गएको थिएँ, यतातिर पनि सम्झेँ । तर, मलाई चाहिँ कोरोनाको संक्रमण लाग्दा हुने कुनै लक्षण नै थिएन । पुन: परीक्षण गरिदिनुुस् भन्न पनि सकिएन ।


मलाई घरबाटै सरेको हुन सक्छ भन्ने भयो । साढे १० बजे त मलाई लिन एम्बुलेन्स आइपुग्यो । टेकु अस्पताल पुर्‍याए । अस्पतालमा ५ वटा आइसोलेसन कोठा थिए । त्यसमध्येमा मलाई एउटामा राखियो । त्यो रात त तनावले सुत्नै सकिएन । भोलिपल्ट बिहानदेखि आफ्नै बारेमा समाचार आउन थाल्यो । सिन्धुलीको माइतीमा सिल गरियो । नर्सलाई कोरोना लाग्यो रे भन्ने समाचार आउन थाल्यो । न म नर्स थिएँ, न त विवाहित नै । म अस्पताल प्रशासनको कर्मचारी थिएँ । म अविवाहित हुँ । घरबाट काठमाडौं आउँदा मैले खाना खाएको सिन्धुलीको भिमान ठूलीमामुकी छोरीको घर हो । समाचारमा मेरो माइती भनिएको थियो । सबै कुरा गलत हो भनेर कसलाई भन्नु ? म को हँु ? आफन्तलाई थाहा छँदै थियो । अनि घरमा सिल भयो, साथीको कोठा भएको ठाउँमा सिल भयो, मैले खाना खाएको सिन्धुलीमा सिल भयो भन्ने समाचारले झन् तनाव भयो । अनि आफ्नो बारेमा गलत समाचार आउँदा कोरोनाको लक्षण भएजस्तो हुन्थ्यो । घर, साथी, अफिस र सिन्धुलीमा दिदीकोमा सिल गर्‍यो भन्दा मेरो कारणले यस्तो भन्ने चिन्ता हुन्थ्यो । बिस्तारै भुल्दै गएँ ।

अस्पताल भर्नाको दोस्रो दिनदेखि तनाव लिनै छाडेँ । आफन्त र साथीहरुसँग फोन र च्याटमा गफिन थालेँ । सुनसरी घर भएका तर, विदेशमा भएका पनि कोरोना लागेर निको भएका रहेछन् । उहाँहरुले पनि तनावमुक्त हुन सल्लाह दिए । त्यसपछि कसरी हुन्छ ? समय कटाउन फुर्सद बस्दै बसिनँ ।

किन आएकी थिइन् काठमाडौं ?

म उता घरमा थिएँ । यता डाक्टर र अरू साथीहरु दोहोरो ड्युटी गरिरहेका थिए । तर, म नहुँदा उहाँहरुले तलब पाउनुभएको थिएन । एक सातामै फर्किहाल्छु भनेर चैत १० गते जहाजमा विराटनगरसम्म गएको थिएँ । लकडाउन थपिँदै गयो । गाडी बन्द भयो । आउनै सकिएन । मेरो कारणले अरूले तलब नपाएपछि तनाव पनि भयो । जिल्ला प्रशासनबाट पास बनाएर अंकलको मोटरसाइकलमा काठमाडौं आएँ । सिन्धुली भिमानमा ठूलीममीकी छोरी दिदीकहाँ खाना खाएँ । हामी त्यहाँ आधा घण्टा पनि बसेनौँ । यहाँ बस्दा पनि सचेत थियाँै । दूरी कायम गर्‍यौँ । आफूमा कोरोना भएको र कुनै लक्षण देखिएको भए घरबाट आउने नै थिइनँ ।


अस्पतालमा के सुविधा छ ?

कोठामा टेलिफोन छ । सीसी क्यामेरा छ । केही समस्या पर्‍यो वा आवश्यक परेको सामान माग्न फोन गर्दा ल्याइदिन्थ्यो । ब्लड प्रेसर दिनमा तीन पटकसम्म नाप्न आउँथे । १० दिनमा एकपटक चिकित्सक राउन्डमा आउनुभयो । आफूलाई केही समस्या पर्‍यो भने सिधै चिकित्सक र स्वास्थ्यकर्मीलाई सोध्न मिल्थ्यो । खाजा र खाना समयमै आउँथ्यो । बिहान ७ बजे दूध, बिस्कुट र अण्डा ल्याइदिन्थ्यो । १० बजे खाना हुन्थ्यो । दिउँसो २ बजे चिया बिस्कुट दिन्थ्यो । बेलुका ६ देखि साढे बजेसम्म खाना हुन्थ्यो । सुरुको दुई दिन बिहान मासु खाना आयो । म साकाहारी भएकाले मासु फिर्ता गरँे । तेस्रो दिनबाट चाहिँ भेज खाना आउन थाल्यो ।

अस्पताल भर्ना भए लगत्तै वाईफाईको पासवर्ड दिनुभएको थियो । परिवारसँग च्याट गर्थें । मलाई केही भएको छैन । ढुक्क हुनुस्, म चाँडै निको भएर आउँछु भनेर सम्झाउँथेँ ।

तनाव घटाएर भइयो निको

कोरोना लागेको भनेपछि तनाव हुन्छ । डर बेस्सरी हुन्छ । कोरोनाको लक्षण नभए पनि डरले कताकता लक्षण देखिएजस्तो हुँदो रहेछ । विश्व नै डराएको कोरोना लागेको छ भन्दा डर त लाग्थ्यो । तर, बिर्सन खोज्थें । पीडा भुल्न बिहान दुई घण्टा व्यायाम गर्थें । योगा गर्थें । दिनमा ६ लिटरसम्म तातोपानी पानी खाएँ ।

चिसो पानी खाइनँ । बिहान लसुनपानी, दिउँसो कागती र नुन राखेको पानी पिउँथें । बेलुका खानापछि अदुवा, बेसारपानी खाएर सुत्थेँ । घाँटीमा समस्या नहोस् भनेर बोझो मुखमा राखेर सुत्थेँ । बेलुका तातोपानीमा लसुन काटेर भिजाउँथे । भोलिपल्ट बिहान एकदेखि दुई गिलास यही पानी खान्थेँ । दूध खान्थेँ । दुई घण्टा व्यायाम गर्थेँ । तातोपानीले नुहाउँथँे । खाना खाएर गीत सुन्थेँ । आफन्तसँग कुरा गर्थेँ । दिमाग खाली राखिनँ । अस्पताल बस्दाको मेरो रुटिन यही हो ।

कोठामा एक्लै हुन्छ । त्यही कोरोना मात्रै सम्झने हो भने डिप्रेसनमा जान्छ । अनावश्यक सोचाइका लागि दिमाग खाली हुन दिइनँ । कसरी हुन्छ पहिलो रिपोर्ट नै नेगेटिभ निकाल्छु भनेर सोच्थँे । दिउँसो खाजा खाएपछि म्युजिक लगाएर ध्यान गर्थेँ । थप व्यस्त हुन किताब मगाएको थिए । ल्याइदिने कोही भएन । फुर्सद हुनेबित्तिकै कमेडी हेर्थेँ । तातोपानी, व्यायामले शरीरको रोग प्रतिरोधको क्षमता बढ्दो रहेछ । आइसोलेसनमा बस्दा फेसबुक र समाचार हेर्दा चाहिँ दु:खी र चिन्तित मात्रै बनाउँछ । मलाई यस्तै भयो । धुलिखेलमा कोरोना लागेकी महिलाको मृत्यु भएको समाचार देखेपछि समाचार हेर्नै छाडेँ । फेसबुक डिएक्टिभ गरे । फेसबुक हेरिरहँदा त्यहाँ आउने अनेक सूचनाले अत्यासलाग्दो बनाउँछ । पावर घटाउँछ । अलि असहज हुँदा डाक्टरलाई फोन गरे । उहाँले समाचार र फेसबुक नहेर्न भन्नुभयो । कसरी हुन्छ आत्मविश्वास दह्रो पार्ने प्रयास गरेँ ।

साथीहरु आफन्तले आत्तिँदै फोन गर्थे । तर, मैले आत्तिएको भान पारिनँ । म आत्तिएको जस्तो कसैलाई भनिनँ । डाक्टर र सिस्टरलाई पहिलाका बिरामीले के गर्नुहुन्थ्यो भनेर सोध्थे ।

सबैको नेगेटिभ आएपछि ढुक्क

अस्पताल भर्ना भएको चार दिनपछि परिवारको रिपोर्ट नेगेटिभ आयो । मलाई मोटरसाइकलमा ल्याउने अंकलको रिपोर्ट पनि नेगेटिभ आयो । एक रात र दिउँसो सँगै बसेकी साथीको रिपोर्ट पनि नेगेटिभ । अनि मेरो मात्रै कसरी पोजिटिभ भयो ? त भन्ने लाग्यो । सबैको रिपोर्ट नेगेटिभ भएकाले मेरो पनि परीक्षण गरिदिन भनेँ किनभने मेरो रिपोर्टप्रति पनि विश्वास नै लाग्न छाड्यो ।

शनिबार ल्याब बन्द थियो । आइतबार मेरो पनि स्वाब निकालियो । मंगलबार रिपोर्ट नेगेटिभ आयो । अनि ढुक्क भए । नियमअनुसार २४ घण्टा भित्र दोस्रोपटक पनि नेगेटिभ आउनुपर्ने रहेछ । बुधबार फेरि स्वाब लियो । आज (बिहीबार) बिहान रिपोर्ट आयो । पीसीआर मात्रै नेगेटिभ होइन आरटीडीबाट हेर्नुपर्छ भन्नुभयो । यो पनि नेगेटिभ आयो । अनि खुसीको सीमा रहेन । घरमा फोन गरेर खुसी साटेँ । केही बेरमा त अस्पतालले डिस्चार्ज पनि गरिदियो । डिस्चार्जपछि अफिसले व्यवस्था गरेको कोठामा बसिरहेको छु ।

भक्तपुरमा कोठा छ तर, आफू संक्रमित भएको कुरा घरबेटीलाई पनि भनेको छैन । कोठामा जाउ घरबेटीले फिर्ता गर्ला ? आफ्नो रिपोर्ट पोजिटिभ भएको देखाउँदा अस्पताल बसेको थाहा पाएपछि के भन्ला ? त्यसैले अफिसले व्यवस्था गरेकै ठाउँमा बसेको छु । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x