×

NMB BANK
NIC ASIA

२ दिनसम्म पनि उठेन गुल्मीका कोरोना संक्रमितको शव, उपचारमा लापरवाही गरेको परिवारको दावी

अस्पताल भन्छ : उपचारमा कुनै कसर बाँकी राखिएन

जेठ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ (कोरोना भाइरस) बाट मृत्यु भएका गुल्मीका शिक्षकको मृत्यु भएको २५ घण्टा बितिसक्दा समेत शव उठ्न सकेको छैन । परिवारले शव व्यवस्थान गर्न सुरक्षा निकायलाई अनुमति दिन नमान्दा मृतकको शव रूपन्देहीको तिलोत्तमाको क्रिमसन अस्पतालको आइसियुमै छ । 

Sagarmatha Cement
Muktinath Bank

गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिया शिक्षकको उपचारको क्रममा बिहीवार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो । मृतकको परिवारले  बिरामीमा कोरोना देखिएपछि उपचार नपाएर मृत्यु हुन पुगेको आरोप लगाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृतका भाइ मिनबहादुर कुँवरले अस्पताल र चिकित्सकको लापरवाहीले दाजुको मृत्यु भएको आरोप लगाए । ‘कोरोना पुष्टि भएपछि बिरामी राखिएको भेन्टिलेटर बन्द गरियो । चिकित्सक नैं भित्र गएनन् । जसले गर्दा बिरामीको मृत्यु भयो । यसको निष्पक्ष छानविन र पीडितलाई न्याय दिने सहमति नहुदासम्म शव व्यवस्थापनका लागि अनुमति दिन सकिँदैन,’ कुँवरले भने ।  


Advertisment
Nabil box
Kumari

कुँवरले थपे, ‘बिरामी कसैको कोरोना संक्रमितको सम्पर्कमा गएकै छैन । कसरी कोरोना देखियो । अचम्ममा परियो । स्वाव फेरबदल भयो कि भन्ने आशंका पनि हाम्रो छ । अस्पतालबाट बिरामीको सम्पर्कमा रहेका २९ जनाको स्वाव संकलन गरेर लगिएको छ । जसमध्ये १९ जनाको रिर्पोट नेगेटिभ आएको छ । अन्यको १० जनाको रिर्पोट नआउँदासम्म शव उठाउन सकिँदैन ।’

Vianet communication
Laxmi Bank

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले परिवारले शव बुझ्न नमान्दा ढिलाई भएको बताए । ‘हामी परिवार, अस्पताल सँग छलफलकै क्रममा छौं । सुरूमा परिवारले शव बुझ्नुपर्‍यो । त्यसपछि बल्ल हामीले ‘डेथबडी’ लाई हामीले लगेर व्यवस्थान गर्ने हो,’ उनले भने ।

यस्तै प्रहरी प्रमुख हेमकुमार थापाले परिवारका कारण शव उठ्न नसकेको बताए । अस्पतालमा शव एम्बुलेन्स पुगिसकेको छ । 

अस्पतालका सञ्चालक सुरज भट्टराईले उपचारमा कुनै लापरवाही नभएको बताएका छन् । उनले चिकित्सक विरामीको अन्तिम अवस्थासम्म पनि उपचारमा खिटिएको दावी गरे । ‘अहिले आएर शवलाई र्‍यापिड गरेर तल एम्बुलेन्समा अस्पतालले ल्याउनुपर्छ भनेको छ । त्यो सम्भव छैन । सरकारले नै तयार गरेको फोर्सले ल्याउनुपर्‍यो । अस्पतालले शवलाई भवनको तल झार्न सक्दैन,’ भट्टराईले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x