नेपालको नयाँ नक्सा जारी भएको सन्दर्भमा संविधान संशोधनका लागि संघीय संसद्मा विधेयक दर्ता भएको छ ।
नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको हो ।
निशान छापमा नेपालको नक्सा अंकित छ । त्यसमा रहेको पुरानो नक्सा हटाएर नयाँ नक्सा अंकित गर्नका लागि संवधिान संशोधन गर्ने निर्णय शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
सोही निर्णयबमोजिम शुक्रवार दिउँसो ३ बजे विधेयक संसद् सचिवालयमा दर्ता भएको हो ।
गगन अर्याल
लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।