नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
पछिल्लोपटक २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी दिएको छ ।
नयाँ संक्रमित मध्ये १४ जना बाँके, ३ जना कैलाली तथा मोरङका १, डडेल्धुराका १ र बैतडीका १ जना रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
बाँकेमा भेटिएका १४ संक्रमित १८ देखि ६१ वर्षसम्मका छन् ।
लोकान्तर संवाददाता